22nd October 2018, Monday

E-budhabar

गतिशीलताको अपेक्षा



‘दिनको संकेत बिहानीले गर्छ’ यो चर्चित भनाइलाई सार्थक तुल्याउँदै छ, वर्तमान सरकारले । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको वाम गठबन्धन सरकारले सय दिनको यात्रा पूरा गरेको छ । सय दिनमा सरकारले चालेका पाइलाहरूले देशलाई समृद्धितिर उन्मुख गराउन र जनताका अपेक्षालाई सम्बोधन गर्न कत्तिको सफल वा असफल रह्यो भन्ने मूल्यांकन पनि गर्न थालिएको छ । ‘हनिमुन अवधि’ भनिने सय दिनमा कुनै पनि सरकारले जादु नै गर्न त सक्दैन, तर हनिमुन अवधि भनेको बिहानीजस्तै हो र त्यसले दिन शुभ वा अशुभ हुन्छ भन्ने संकेतचाहिँ निश्चय नै गर्छ । सरकारको सय दिनलाई नियाल्दा आगामी यात्रा शुभ दिशातिर उन्मुख रहेको स्पष्ट छनक पाइन थालेको छ ।
प्रायजसो सरकारको सय दिन अलमलमा नै बित्ने गरेको पाइन्छ । हुन पनि कुनै पनि सरकारको स्पष्ट यात्रा र गन्तव्य तय नहुँदा सय दिन मात्र होइन, सिंगो कार्यकाल नै बाटो भुलेको यात्रीझैं भएको विगत हामीसँग छ । तर, निर्वाचनको बेलादेखि नै देशलाई आर्थिक रूपले समृद्ध तुल्याउने गहकिलो नारा अघि सारेर पाइला चालेको तत्कालीन वाम गठबन्धन र अहिले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले चुनावको बेला जनतासामु बिसाएका प्रतिबद्धताहरूलाई सार्थक तुल्याउने हेतुले काम गरिरहेको छ । ‘हनिमुन अवधि’मा सरकारले चालेको केही कदमले वर्तमान सरकार देश र जनताको समृद्धिप्रति सकारात्मक र प्रतिबद्ध रहेको देखाएको छ ।
सामाजिक, राजनीतिक, आर्थिक, व्यावसायिक क्षेत्रमा देखिएका विकृतिका काला धर्साहरूलाई मेट्न सकियो भने त्यसले जनतालाई अपार राहत दिन्छ भन्ने बोध गराउन वर्तमान सरकार सफल देखिएको छ । त्यसको सुरुवात यातायात क्षेत्रमा वर्षौंदेखि जारी सिन्डिकेट प्रथालाई हटाएर गरिएको छ । सिन्डिकेटका हर्ताकर्ताहरूलाई गलाउन सरकार सफल भएपछि अरू क्षेत्रमा व्याप्त सिन्डिकेट र गलत प्रवृत्तिहरूलाई नामेट पार्न आगामी दिनमा कदम चाल्ने संकेत पनि सरकारले गरेको छ । सामाजिक बेथिति र विसंगतिका हाँगाहरू नछिमलेसम्म त्यसले सभ्य, सुसंस्कृत र अनुशासनमा बाँधिएको समाज र परिपाटी स्थापना गर्न सकिँदैन भन्ने मान्यतालाई सरकारले स्थापित गर्न चाहेको छ । र, त्यही दिशातिर क्रमशः प्रयत्न हुँदै गरेको महसुस गर्न सकिन्छ ।
छिमेकीहरूसँगको सम्बन्धलाई सुमधुर र गाढा बनाउनु कुनै पनि देशको राजनीतिक स्थिरता र विकासका लागि फलदायी हुन्छ भन्ने मान्यतालाई सरकारले पछ्याउन चाहेको छ । यो अवधिमा भारतसँगको सम्बन्धलाई अझ सुदृढ र विश्वासिलो बनाउन प्रयत्न भयो । दुवै देशका प्रधानमन्त्रीहरूको भ्रमणले पनि सम्बन्धलाई नयाँ उचाइ र गन्तव्य दिन सक्षम देखिएको छ । केही वर्षपूर्व भारतसँग बिग्रिएको सम्बन्धमा सुधार ल्याउन चाहनु नै सरकारको प्राथमिकतामा रह्यो । भारतसँगको सम्बन्धमा न्यानोपन भित्रिएसँगै सरकारले उत्तरी छिमेकी चीनसँगको सम्बन्धलाई पनि पूर्ववत् स्थितिमै राख्न चाहेको देखिएको छ । भारतपछि चीनको भ्रमणमा प्रधानमन्त्री ओली जाने तयारी सुरु भइसकेको छ । अप्ठेरो परेको बेला सहयोगका हात अघि बढाउने छिमेकीलाई सजिलो क्षणमा नसम्झिने कुरा हुँदैन । चीनसँगको सम्बन्ध झन् गाढा र सुमधुर हुने निश्चित छ ।
वर्तमान सरकारले सय दिनको अवधिमा मोटामोटा कार्यहरूतिर मात्र ध्यान दिएन । सामान्य जनताले अनुभूत गर्ने कार्यहरू पनि गरेको छ । देशभरिबाट लोडसेडिङ हटाउनु सरकारको अर्को महŒवपूर्ण उपलब्धि हो । सरकारले सुस्त अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूको कामलाई दु्रत रूपमा अघि बढाउन देखाएको सक्रियता पनि स्वागतयोग्य छन् । प्रधानमन्त्री भएकै दिनदेखि प्रम ओलीको सक्रियता हेर्नलायक त थियो नै, आफूसरह नै मन्त्रीहरूलाई पनि कामप्रति चुस्त, सजग र सक्रिय बन्न लगाइएको हुटहुटीले पनि सय दिनलाई सार्थक बनाउन मद्दत पु¥याएको छ ।
अधिकांश मन्त्रीहरूले आफ्नो मन्त्रालयको अल्प र दीर्घकालीन कार्ययोजना ल्याएर जनतामा समृद्धि र सुशासनको अनुभूति दिलाएका छन् । यो राम्रो पक्ष हो । तर, जनतालाई अनुभूति दिलाउने क्रमसँगै त्यसलाई कार्यान्वयनमा उतार्न पनि उत्तिकै आवश्यक देखिन्छ । केही मन्त्रीले त त्यस्तो अनुभूति दिलाउने गरी काम पनि अगाडि बढाइसकेका छन् । यद्यपि, सरकारले सय दिनको अवधिमा जुन गति समातेको छ, आगामी पूरै कार्यकालभरि नै त्यही गति कायम गर्न आवश्यक छ । अहिलेकै जस्तो गति पक्रने हो भने मात्र राजनीतिक स्थिरताका साथै आर्थिक समृद्धि, सुशासन कायम हुने र जनताले वामपन्थी शक्तिको सरकारको जादु देख्न पाउनेछन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा