21st September 2018, Friday

E-budhabar

प्रधानमन्त्रीको चीन भ्रमण ः नेपालको समृद्धिका लागि कोसेढुंगा



प्रधानमन्त्रीको चीन भ्रमण ः नेपालको समृद्धिका लागि कोसेढुंगा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालको विकास र समृद्धिका पक्षमा पूर्ण सफल देखिएको छ । विगतको १० बुँदे सम्झौता कार्यान्वयन गर्दै भ्रमणले नेपाललाई हिमालयवारपार बहुआयामिक सम्पर्क सञ्जालमा विस्तार गरेको छ । यसअन्तर्गत नेपाल उत्तर–दक्षिण रेल, सडक सञ्जालमा जोडिने मात्र होइन, ठूला विकासका परियोजनासमेत अघि बढ्ने भएको छ । ६ दिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली गत १० गते स्वदेश फर्किएका थिए ।
भ्रमणबारे मंगलबार संसद् बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले चीनसँगको महŒवपूर्ण सम्झौताले दुई देशबीचको सम्बन्ध बहुआयामिक रूपमा अघि बढेको बताए । आगामी दिनमा जनस्तरमा समेत सम्बन्ध थप प्रगाढ बन्ने उनको विश्वास थियो । नेपालको विकासका लागि चीनले करिब २ खर्ब लगानीसम्बन्धी प्रतिबद्धताले अहिले अन्तर्राष्ट्रिय रूपमा चर्चा पाइरहेको छ । खासगरी भ्रमणमा ओलीले नेपालको एक चीन नीतिप्रति देखाएको प्रतिबद्धताबाट आश्वस्त बन्दै नेपालमा ठूलो लगानी भिœयाउन चीन सहमत भएको अर्थमा यसलाई लिएको छ । भ्रमणका क्रममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा पनि धेरै विषय उल्लेख छन् ।
रेलमार्ग र सडक सञ्जालको विस्तार, प्रसारण लाइनलगायतका धेरै विषयमा महŒवपूर्ण सम्झौता भएको प्रधानमन्त्री ओलीेले सांसदहरूलाई जानकारी गराएका छन् । चिनियाँ अनुदानमा केरुङ–काठमाडौं रेलमार्ग अगाडि बढ्ने र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणसमेत अगाडि बढ्ने विश्वास बढेर गएको भन्दै प्रधानमन्त्री ओलीले स्थल तथा हवाई सञ्जालको विस्तार गर्न उत्तर–दक्षिण सम्पर्क सञ्जाल विस्तारमा सहमति भएको उल्लेख गरे ।
उनले कोसी, गण्डकी र कर्णाली आर्थिक करिडोर निर्माण गर्ने विषयमा सहमति भएको, रसुवागढी–गल्छी ४ सय केभी प्रसारण लाइन निर्माण, सन् २०१९ को मेसम्म तातोपानी नाका खोल्ने, रसुवागढी सडकखण्डको विस्तार, पेट्रोलियम पदार्थको खोज तथा अनुसन्धानमा सहयोग गर्नसमेत चीन सहमत भएको संसद्लाई जानकारी गराए । त्यस्तै, कृषिउपजको निर्यातका लागि अत्याधुनिक क्वारेन्टाइन स्थापना, चीनका विभिन्न सहरमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति भएको तथा थप छात्रवृत्ति उपलब्ध गराउने र मानवस्रोतको विकासमा समेत सहयोग गर्न चीन सकारात्मक उनको भनाइ थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाल भ्रमणको निम्तो दिइएको जानकारी दिँदै उनले आफ्नोतर्फबाट प्रधानमन्त्री लीलाई समेत नेपाल भ्रमणको निम्तो दिइएको बताए । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने लक्ष्य राखेको सम्बन्धमा चीन सरकारले सो कार्यका लागि सहयोग उपलब्ध गराउने र चिनियाँ पर्यटकलाई नेपाल भिœयाउने विषयमा महŒवपूर्ण कुराकानी भएको प्रधानमन्त्रीले स्पष्ट पारे ।
त्यस्तै, नेपाल र चीनबीच भएका सहमतिको कार्यान्वयनका लागि तिब्बत सरकारले सबै तरहले सहयोग गर्ने आफूलाई तिब्बत सरकारका प्रमुखले प्रतिबद्धता जनाएको, नेपाल र चीनको परराष्ट्र मन्त्रालयबीच उच्चस्तरीय संयन्त्र स्थापना र तीन अर्ब युयान सहयोग उपलब्ध गराउने सम्बन्धमा भएको विगतको सहमतिका आधारमा थप एक अर्ब युयान उपलब्ध गराउने सहमति भएको उनले जानकारी दिए ।
चीन भ्रमणअघि पनि आफूले सदनलाई जानकारी गराएको भन्दै प्रधानमन्त्रीले सोचेभन्दा बढी सफलताले आफू उत्साही रहेको उनको भनाइ थियो । यसपटकको भ्रमणमा सरकारी तवरमा १४ र निजी तवरमा आठ गरी २२ वटा विषयमा सहमति भएको छ । नेपाल र चीनले संयुक्त रूपमा जारी गरेको संयुक्त वक्तव्यमा समेत पारवहनसम्बन्धी प्रोटोकलमा हस्ताक्षर हुने उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालको सीमाको उल्लंघन हुन नदिइने स्पष्ट पारे ।
नेपालमा अर्को दक्षिण छिमेकी मुलुक भारतीय नाकाबन्दीको कठिन घडीमा अघिल्लोपटक चीन भ्रमण गरेर पारवहन यातायातसम्बन्धी ऐतिहासिक सम्झौता गर्ने उनै प्रधानमन्त्री ओली दोस्रोपटक चीन भ्रमणमा गएकाले पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा भ्रमणलाई धेरै महŒवका साथ हेरिएको थियो । पुराना सम्झौता कार्यान्वयन मात्रै होइन, नेपाललाई अन्तर्राष्ट्रिय कनेक्टिभिटीमा जोड्ने महŒवपूर्ण सम्झौता भएकाले पनि यो भ्रमणलाई पूर्ण सफल रहेको विश्लेषण गरिएको छ । नेपालको इतिहासमा पहिलोपटक कम्युनिस्टहरूको दुई तिहाइ बहुमतको स्थिर सरकार निर्माण भएको तथ्यलाई चीनले गहिरोसँग आत्मसात् गरेको छ ।
प्रधानमन्त्री ओलीलाई गरिएको न्यायो स्वागत मात्र होइन, पार्टी कार्यालयमै स्वागत गर्दै चिनियाँ कम्युनिस्ट पार्टीले नेपाली कम्युनिस्ट आन्दोलनको अनुभवलाई समेत आत्मसात गरेको छ । त्यति मात्र होइन, कम्युनिस्ट पार्टीको अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीले चीनले सी विचारधाराअनुसार बढाइरहेको समाजवादी समृद्धिको नीतिलाई पूर्ण ऐक्यबद्धतासमेत गरेका छन् । यी सबै पृष्ठभूमिमा आगामी दिनमा नेपालको समृद्धिमा नेपालले पूर्ण साथ दिने विश्वास व्यक्त गरिएको छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा