21st September 2018, Friday

E-budhabar

यिनलाई पनि राजदूतको रहर



यिनलाई पनि राजदूतको रहर

काठमाडौं । सेवानिवृत्त उच्चपदस्थ कर्मचारीहरूले संवैधानिक निकाय र राजदूतमा आँखा लगाउने आमचलन नै भइसक्यो । सेवानिवृत्त भएलगत्तै कुन संवैधानिक निकायमा खाली छ, कुन देशको राजदूत खाली छ भनेर कर्मचारीहरूको दौडधुप चल्ने गरेको पाइएको छ । तर, सेवानिवृत्त नहुँदै राजदूतका लागि आँखा गाड्ने कर्मचारी पनि भेट्टिएका छन् ।
अचेल कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत पर्ने कित्ता नापी महाशाखाका महानिर्देशक साविर हुसेनको ध्यान रिक्त रहेको र केही महिनापछि नै रिक्त हुने देशहरूको राजदूततिर सोझिएको छ । हिजोआज उनी सत्तारूढ दलका कुन नेतालाई समाते राजदूत बन्न सकिन्छ भन्ने ध्याउन्नमा नै लागेका छन् । आगामी भदौमा सेवानिवृत्त हुन लागेका हुसेनले खाडी मुलुकका लागि राजदूत बन्न अहिलेदेखि नै शक्तिकेन्द्रहरूमा धाउने क्रम सुरु गरेका छन् । आफ्ना निकटस्थहरूसँग उनले ‘अब जागिरबाट चाँडै नै रिटायर्ड हुँदै छु, मुस्लिम देशहरूमा राजदूत बनेर जानुप¥यो, म त्यसकै लागि लागिरहेको छु’ भन्न थालेका छन् ।
राजदूतको लबिइङका लागि उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसम्म पुग्ने सूत्र खोजिरहेका छन् । तर, अहिलेसम्म उनले मन्त्री ज्ञवालीलाई भने भेटिसकेका छैनन् । विचारले नेपाली कांग्रेससँग निकट रहे पनि उनले नेकपाका केही नेतालाई समेत आफ्नो कुरा भन्न भ्याइसकेका छन् । नेकपाका केही नेताको घरदैलोमा पुग्ने र आफूलाई राजदूतका लागि उच्च तहका नेताहरूकहाँ सिफारिस गरिदिन अनुरोधसमेत गर्न थालेका छन् ।
अहिले चार देशमा राजदूत खाली छ । भारत, मलेसिया, युनाइटेड अरब इमिरेट्स (यूएई) र राष्ट्रसंघीय नियोग, न्युयोर्कमा राजदूत पद खाली छन् । यीमध्ये हुसेनले खाडी मुलुक यूएईको राजदूत बनाउन लबिइङ गरेको बुझिएको छ । यसैगरी, फ्रान्स, कुवेत, क्यानडा, दक्षिण अफ्रिका, ब्राजिल, थाइल्यान्ड र राष्ट्रसंघीय नियोग, जेनेभामा पनि राजदूत खाली हुँदै छ । यसबाहेक पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको केही देशका राजदूतलाई फिर्ता बोलाएर नयाँलाई नियुक्ति गर्ने तयारी पनि सरकारले गरिरहेको छ । खासगरी, कांग्रेसको कोटामा परेको ओमान, इजरायल, स्पेन, बंगलादेश, जापान, श्रीलंका र दक्षिण कोरियाका राजदूतहरूलाई फिर्ता बोलाएर नयाँ नियुक्ति गर्ने सरकारको तयारी रहेको बुझिएको छ ।
खाली रहेका, केही महिनापछि खाली हुने र फिर्तासमेत बोलाइँदा अब करिब १८ मुलुकमा राजदूत नियुक्त गर्नुपर्ने हुन्छ । यति ठूलो संख्यामा एकैपटक राजदूत नियुक्त हुने भएको हुँदा राजदूत बन्न इच्छुकहरूले आँखा लगाउनु स्वाभाविक हो । तर, सरकारी जागिरको अवधि नसकिँदै महानिर्देशक हुसेनले आँखा लगाउनुलाई भने धेरैले आश्चर्यका रूपमा हेरेका छन् ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा