13th December 2018, Thursday

E-budhabar

मर्यादित टे«ड युनियन आन्दोलन र एकताको सन्दर्भ



मर्यादित टे«ड युनियन आन्दोलन र एकताको सन्दर्भ

दुई ठूला कम्युनिस्ट पार्टीहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीचमा भएको एकतासँगै पार्टीनिकटस्थ टे«ड युनियनहरूका बीचमा पनि एकताको प्रक्रिया आरम्भ भएको छ । पार्टी निकटस्थ टे«ड युनियनहरू भएका कारण पार्टी विभाजन हुँदा टे«ड युनियन आन्दोलन पनि विभाजित हुने र पार्टी एकतामा जाँदा टे«ड युनियन पनि एकीकृत हुने टे«ड युनियन आन्दोलनभित्रको विशेषता बनेको छ । एउटा कोणबाट टे«ड युनियनहरूचाहिँ स्वतन्त्र ढंगले परिचालन हुनुपर्दछ भनेर पनि अपेक्षा गर्ने गरेको पाइन्छ । तर, टे«ड युनियनहरू पार्टी निकटस्थ हुने वा स्वतन्त्र रहने भन्ने विषय टे«ड युनियनको कारणले हुने पनि होइन, हरेक राजनीतिक दलले आफ्नो–आफ्नो भ्रातृ संस्था वा जनसंगठनका रूपमा संगठनहरू निर्माण गर्ने भएकै कारण पनि टे«ड युनियनहरूले चाहेर पनि स्वतन्त्र ढंगले सञ्चालन हुने स्थिति रहँदैन । यसैगरी टे«ड युनियनहरूले पनि एक्लै आफ्नै स्वतन्त्र तागतले मात्र आन्दोलनका सन्दर्भमा नीतिगत हस्तक्षेप गर्न राजनीतिक दलमार्फत नै लबिइङ गर्नु अत्यावश्यक हुने हुँदा नेपालको सन्दर्भमा टे«ड युनियनहरू स्वतन्त्र ढंगले सञ्चालन हुने स्थिति छैन् । स्वतन्त्र ढंगले सञ्चालन हुने टे«ड युनियनहरूले खास प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अनुभव अन्य देटशहरूमा पनि पाईन्छ ।
टे«ड युनियनहरूको एकीकरणबाट अपेक्षित परिणाम के हुने ? अर्थात् अबको टे«ड युनियन आन्दोलनको मूल कार्यदिशा, कार्यशैली कस्तो हुनुपर्दछ ? विगत तीन दशकको टे«ड युनियन आन्दोलनको अनुभव कस्तो रह्यो ? टे«ड युनियन आन्दोलनलाई मर्यादित बनाउन के कस्ता विधि, नीति, पद्धतिमा सुधार आवश्यक छ ? जस्ता अहं सवालमा यतिखेर टे«ड युनियनहरूभित्र एकीकरणको सन्दर्भमा विषद् ढंगले छलफल र बहस गर्न आवश्यक छ । यदि टे«ड युनियनहरू यस विषयमा गम्भीर र जिम्मेवार बन्न सके भने नेपालको टे«ड युनियन आन्दोलन मर्यादित बन्न सक्ने प्रचुर सम्भावना देखिएको छ । साथसाथै आर्थिक, सामाजिक रूपान्तरणमा टे«ड युनियनहरू महŒवपूर्ण संवाहक शक्ति बन्न सक्छन् । तर सरकारबाट टे«ड युनियनहरूको व्यवस्थापन गर्नुको सट्टा टे«ड युनियन अधिकार कटौती गर्ने गरी संघीय निजामती सेवा ऐनमा प्रावधान राखी मस्यौदा गरिएको विषय सार्वजनिक भएको छ । श्रमिक कर्मचारीहरूले आन्दोलनबाट प्राप्त गरेको टे«ड युनियन अधिकारलाई वर्तमान सरकारबाट कटौती गरिए यसले सरकारको छविमा नै गम्भीर प्रकारको आँच पुग्दछ ।
मुलुकमा बहुदलीय व्यवस्थाको पुनःस्थापना भएयताको २८÷३० वर्षको अनुभवलाई नियाल्दा टे«ड युनियनहरूले लोकतान्त्रिक आन्दोलनमा महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । सँगसँगै असंगठत अवस्थामा रहेका लाखौं श्रमिकहरूलाई संगठित गरी श्रमिक वर्गका बीचमा संगठित शक्तिको विकास गरेका छन् । मुलुकको आर्थिक–सामाजिक विकास गर्न संगठित श्रमिक शक्तिलाई सही ढंगले परिचालन गर्ने हो भने आर्थिक–सामाजिक रूपान्तरण र सवृद्धि हासिल गर्न सहज हुने देखिन्छ । टे«ड युनियनहरू निर्माण भएपछि श्रमिकहरूको सेवा सुरक्षा, वृत्ति विकास, आर्थिक सुविधा वृद्धि, सामाजिक सुरक्षाका विषयमा महŒवपूर्ण उपलिब्ध पनि भएका छन् ।
तर टे«ड युनियनहरूको संरचनामा विशेषतः प्रतिष्ठान स्तरमा मात्र सामूहिक सौदाबाजी गर्ने कानुनी व्यवस्था भएका कारण राष्ट्रिय संघ र महासंघहरूको भूमिका अपेक्षाकृत प्रभावकारी बन्न सकेको छैन । विश्व साम्राज्यवाद र पुँजीवादी अर्थनीतिले अवलम्बन गरेको श्रमिकविरोधी नीति र गतिविधिविरुद्ध टे«ड युनियनहरूले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेका छैनन्, यसो हुनुमा प्रमुख दुई कारण रहेका छन् । पहिलो, टे«ड युनियन आन्दोलनको लक्ष्य, ध्येय र उद्देश्यलाई टे«ड युनियनहरूले सही ढंगले आत्मसात् गरेका छैनन् । ‘पेसागत हत हित’का लागि क्रियाशील रहने सीमित खालका उद्देश्यलाई टे«ड युनियनहरूले आफ्नो उद्देश्य बनाएका छन् । वास्तवमा पुँजीवादी अर्थनीतिमा श्रमिकहरूको काम र जीवनलाई मर्यादित बनाउन समान कामका लागि समान ज्यालाको मूल्यलाई स्थापित गर्न र श्रमिकमाथि हुने शोषणको अन्त्य गर्न समाजवादी व्यवस्था अपरिहार्य छ भन्ने लक्ष्य र ध्येयका साथ पुँजीवादी अर्थनीतिको माध्यमबाट श्रमिक माथि गरिएको शोषण, भेदभाव, सेवा असुरक्षा, न्यून तलब सुविधा पारिश्रमिक, टे«ड युनियन अधिकारको कटौतीविरुद्ध सुस्पष्ट योजनाका साथ टे«ड युनियन आन्दोलन अगाडि बढ्न सकेको छैन । दोस्रो, टे«ड युनियन आन्दोलनभित्र वैचारिक स्खलन र अवसरवादी प्रवृत्ति हावी हुँदै गएको छ । खासगरी टे«ड युनियन आन्दोलनभित्र अन्तर्राष्ट्रिय सम्बन्ध र आबद्धताको विषयमा देखा परेको वैचारिक स्खलन र अवसरवादी प्रवृत्तिका कारण विश्व साम्राज्यवाद र पुँजीवादले एकपछि अर्काे गर्दै श्रमिक वर्गमाथि शोषण गर्दै आएको छ तर प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरूको टे«ड युनियनहरू, जो कम्युनिस्ट पार्टीका जनसंगठनको रूपमा रहँदै आएका छन्, उनीहरूमध्ये कतिपय कम्युनिस्ट पार्टीनिकटका टे«ड युनियनहरूले साम्राज्यवाद र पुँजीवाद निकटस्थ अन्तर्राष्ट्रिय टे«ड युनियन केन्द्रसँग आवद्ध भई सम्पर्क र सम्बन्ध गर्दै आएका छन् । पुँजीवादीहरूले श्रमिक पक्षीय टे«ड युनियन आन्दोलनलाई कमजोर बनाउन पुँजीवादी देशका सरकारहरूले सोसल डेमोक्रेट पक्षधर अन्तर्राष्ट्रिय टे«ड युनियन केन्द्रबाट यस किसिमका प्रगतिशील टे«ड युनियनहरूलाई ठूलो आर्थिक सहयोग गर्दै आएको छ । यसरी टे«ड युनियन आन्दोलनभित्र विभिन्न परियोजनामा रकम प्रदान गरेर ‘डलराइजेसन’को जुन गतिविधि बढ्दै गएको छ यसले साम्राज्यवाद र पुँजीवादविरोधी आन्दोलन कमजोर बन्दै गएको छ । यो कम्युनिस्ट आन्दोलन र श्रमिक पक्षीय टे«ड युनियन आन्दोलनका लागि पनि गम्भीर चुनौतीको विषय हो । तसर्थ, टे«ड युनियनहरूको एकताको वर्तमान सन्दर्भमा साम्राज्यवाद एवं पुँजीवाद विरोधी प्रगतिशील एवं समाजवादी विचार पक्षधर अन्तर्राष्ट्रिय टे«ड युनियन केन्द्रसँगको आबद्धता, सम्पर्क, सम्बन्धलाई अगाडि बढाउने नीति अवलम्बन गर्न जरुरी छ ।
यसैगरी, टे«ड युनियनहरूको एकताको विषयअगाडि बढी रहँदा टे«ड युनियनहरूलाई सञ्चालन गर्ने सन्दर्भमा पनि नयाँ ढंगले सोच्न जरुरी देखिएको छ । टे«ड युनियनको नेता भएपछि दैनिक काम पनि गर्नुनपर्ने, पदीय हैसियत देखाएर लाभ अवसर पनि प्राप्त गर्न अपहत्ते गर्ने र यसका लागि जेजसरी भए पनि मानिसहरू नेतृत्वमा बस्न लालायित हुने तर जिम्मेवारी लिएपछि परिभाषित काम र जिम्मेवारी पूरा नगर्ने, कमिटीहरूभित्र पदाधिकारी तथा सदस्यहरूको संख्या ठूलो हुने, नियमित बैठक नबस्ने, ठूलो कमिटी भएका कारण ठोस छलफल बहस पनि नहुने, बैठक व्यवस्थापनमा अनेकन् समस्या उत्पन्न हुने, बैठक व्यवस्थापनमा नै युनियनहरूको ठूलो खर्च हुने गरेको पाइन्छ । टे«ड युनियन कानुनमा पनि कमिटीको संख्या कति हुने भन्ने स्पष्ट व्यवस्था नहुँदा टे«ड युनियनहरूले आफूखुसी कमिटीको संख्या निर्धारण गर्ने गरेका छन् । वास्तवमा कमिटीको संख्या जति सानो हुन्छ, त्यति नै टे«ड यिुनयनहरूको काममा प्रभावकारिता आउँछ र टे«ड युनियन बारे जेजति आलोचना भइरहेको छ, त्यसलाई अन्त्य गर्न पनि अब टे«ड युनियनहरूको केन्द्रीय संरचनाभित्र कमिटीको आकार सानो बनाउने र प्रदेश र स्थानीय तहमा धेरै भन्दा धेरै सदस्यलाई संगठित र परिचालित गर्न सकियो भने तलैदेखि योग्य र क्षमतावान् नेतृत्व निर्माण गर्न मद्दत पुग्दछ ।
टे«ड युनियनहरूको काम गहन र असाध्यै चुनौतीपूर्ण पनि छ । निश्चित संख्यामा पूर्णकालीन ढंगले टे«ड युनियनहरूको काममा नेतृत्वको व्यवस्थापन गरेर टे«ड युनियनको कामलाई नियमित र व्यवस्थित गर्नुपर्दछ । टे«ड युनियनका मुख्यमुख्य नेतृत्व दैनिकी कामबाट फुर्सद लिने, कुनै लाभ, अवसर, पदोन्नति र पुरस्कार प्राप्त गर्नेतर्पm नलाग्ने, पूर्णकालीन ढ्रगले काम गरेबापत टे«ड युनियनले व्यवस्थापन गर्ने नीति बनाउन सक्दा मात्र टे«ड युनियनको काम व्यवस्थित हुने देखिन्छ ।
टे«ड युनियनलाई आत्मनिर्भर बनाउने कि परनिर्भर बनाउने भन्ने अहं सवाल अहिले उठिरहेको छ । सदस्यहरूको हितका लागि सदस्यहरूको सहयोग र विश्वासमा स्थापना भएको टे«ड युनियनको आर्थिक व्यवस्थापनचाहिँ सदस्यहरू भन्दा बाहिरका व्यक्तिको चन्दा, सहयोगबाट चल्ने स्थितिले टे«ड युनियनहरूको स्वतन्त्रता र आत्मनिर्भरतामा प्रश्नचिह्न खडा हुन्छ । टे«ड युनियनका भेला, अधिवेशनदेखि अन्य कार्यका लागि अरूले होइन सदस्यहरूकै सदस्यता शूल्क, लेबी र विशेष आर्थिक सहयोगबाट सञ्चालन गर्नुपर्दछ भन्ने ‘स्कुलिङ’सँगै नीति र विधानमा उल्लेख गर्न आवश्यक छ र तदनुरूप नै सदस्यता शुल्क र लेबी रकम निर्धारण गर्न सके टे«ड युनियनहरू आर्थिक रूपले आत्मनिर्भर र सबल बन्न सक्छन् ।
टे«ड युनियन आन्दोलनभित्र विकृति, विसंगति नराम्रोसँग हुर्किएको छ । अवसरवाद, अराजकतावाद र अर्थवाद (३ ‘अ’) को चुनौतीले टे«ड युनियन आन्दोलनलाई कमजोर बनाउँदै लगेको छ । खासगरी नेतृत्व वर्गबाट विकसित यस किसिमका गतिविधि र व्यवहारबाट टे«ड युनियन आन्दोलन मर्यादित ढंगले अगाडि बढाउन प्रश्नचिह्न खडा भएको छ । तसर्थ, टे«ड युनियन आन्दोलनलाई मर्यादित बनाउन जरुरी छ । यसका लागि टे«ड युनियनका नेतृत्व तथा अन्य सदस्यहरूले के गर्न हुने ? के गर्न नहुने ? के–के कार्य गर्नु पर्दछ भन्ने बारेमा एउटा आचारसंहिता बनाएर कार्यशैली र जीवनशैलीमा लागू गर्नुपर्दछ र एउटा असल टे«ड युनियन संस्कृतिकै रूपमा विकास गर्न जरुरी छ ।
टे«ड युनियन आन्दोलनलाई मर्यादित बनाउन माथि उल्लिखित विषयहरूलाई एकताको अभियानसँगै व्यवस्थित गरी नीतिगत रूपमा आत्मसात गर्नुपर्दछ । यसो गर्न सकियो भने मात्र टे«ड युनियन आन्दोलन मर्यादित र व्यवस्थित हुने विश्वास लिन सकिन्छ । टे«ड युनियनहरूको एकताका लागि नीतिगत रूपमा वैचारिक सुस्पष्टता कायम गर्दै आ–आफ्नो संगठनको सामथ्र्यता, नेतृत्वको क्षमता, वरिष्ठताका साथै एकताको भावनालाई आत्मसात् गरेर सन्तुलित ढंगले एकिकरणको कार्यलाई व्यवस्थित गर्न आवश्यक छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जनाको मझेरीमा उपेक्षित किसान

ShareTweet – मधेस सदैव उर्वर भूमि रहँदै आयो । अन्नबालीको प्रचुरता रहेको मधेसका जनताले चिनी कारखाना खुल्न थालेपछि उखु खेतीलाई प्रश्रय दिए । नगदे बालीका रूपमा परिचित- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

उज्यालोको एउटा गीत

ShareTweet अक्सर कविहरूसामु विषयवस्तुको छनोट र बिम्बविन्यासको क्रममा उज्यालो या अँध्यारोमध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ ।- ...
पूरा पढ्नुहोस्

छोटकरीमा