21st September 2018, Friday

E-budhabar

ललितपुरका यौन अखडामा प्रहरी रमिते



काठमाडौं । पछिल्लोपटक ललितपुर क्षेत्रमा प्रहरीको संरक्षणमै यौन धन्दा खुलेआम भइरहेको छ । तर, प्रहरीले भने थाहा नपाएझै गरेर कुनै कारबाही चलाएको छैन । काठमाडौं प्रहरीले केही दिनअघि केही स्थानमा छापा मारेर यौन क्रियाकलापमा संलग्न जोडीलाई पक्राउ गरे पनि ललितपुरले भने वर्षौंदेखिको यौन अखडा नदेखेझैं गर्नुलाई रहस्यमय तरिकाले हेरिएको छ ।
प्रहरीको नियमित सेटिङ र लेनदेनमै अवैध यौनधन्दा हुने भएकाले पछिल्लो समय ललितपुर प्रहरी रमिते बनेको स्थानीयको आरोप छ । आफूहरूले तथ्य र प्रमाणसहित पटकपटक प्रहरीमा सिकायत गरे पनि प्रहरीहरूकै लामो समयदेखिको सेटिङमा यौनधन्दा भइरहेकाले नियन्त्रणमा आउन नसकेको उनीहरूको गुनासो छ । दिउसो खुलेआम यौनधन्दा र राति जुवाखाल चल्ने भएकाले वरपरको वातावरण नै बिथोलिएको स्थानीयको गुनासो छ । ललितपुरमा अहिले प्रहरीको नेतृत्व एसपी गणेशबहादुर ऐरले सम्हालेका छन् । उनी डीएसपी भएर सिन्धुपाल्चोक बस्दा अर्काको श्रीमतीमाथि आ“खा लगाएको भन्दै उजुरी परेको थियो ।
पछिल्लोपटक एसपी ऐरको ठाडो निर्देशनमा सातदोबाटो प्रहरी र घुमुवा प्रहरीहरूको मिलेमतोमा यौनधन्दा मौलाएको स्थानीय बताउँछन् । प्रहरीका हाकिमहरूले छापा मार्न निर्देशन दिए पनि यौन अखडामा नियमित सम्पर्क हुने घुमुवाहरूले पहिल्यै सूचना दिने र सोका आधारमा यौनकर्मीहरूलाई प्रहरी आउ“दा पहिल्यै भगाउने काम गर्दै आइरहेका छन् । यस्तो धन्दा खासगरी हात्तीवन, ग्वार्को, मानभवनलगायतका क्षेत्रहरूमा भइरहेको बताइन्छ । हात्तीवनको हात्तीवन रेसोर्ट वीथ कटेज एन्ड रुफटप, टायल घर मिनी रिसोर्टलगायतका अन्य स्थानहरूका दिँउसै खुलेआम यौन धन्दा हुने गरेको देखिन्छ ।
खासगरी डान्स रेस्टुरेन्ट, दोहोरी र क्याबिनहरूमध्ये ग्वार्कोको दोहोरी साँझ, मानभवनको ललितपुर दोहोरी, एकान्तकुनाको ओखरबोटे दोहोरी साँझ, महालक्ष्मी स्थानको तीनपाने भन्ज्याङ दोहोरी साँझलगायतका स्थानहरूमा पनि यस्तो धन्दा हुने र सोही आधारमा प्रहरीहरूले रकम उठाइरहेको बताइन्छ ।
यस्ता अखडाहरूका नियमित ग्राहकहरूमा जग्गा दलाल, गाडी दलाल, घर र प्लटिङको काम गर्नेहरू तथा ठेकेदारहरू जाने गरेका छन् । ललितपुरका केही स्थानमा रहेका अपार्टमेन्टहरूमा घर पुरै भाडामा लिएर गरुड सेक्युरिटिजको गार्ड राखेर भीआईपीहरूको यौन धन्दा चलाउने र सो सुरक्षित स्थानमा राजनीतिक तहका उच्च व्यक्तित्व, ठूला व्यापारी तथा निजामतीका उच्च ओहदाका कर्मचाीहरूसमेत जाने गरेका छन् ।
यता, यौन व्यवसाय हुने गरेको विशेष सूचनाका आधारमा प्रहरीले केही दिनअघि एकै दिन विभिन्न होटल तथा रेस्टुरेन्टबाट ६ युवतीलाई पक्राउ गरेको छ ।
प्रहरीले गौशाला, मित्रपार्क, चाबहिल क्षेत्रमा रहेका विभिन्न होटल तथा रेस्टुरेन्टहरूमा छापा मारी वेश्यावृत्तिमा संलग्न रहेको ती युवतीहरूलाई पक्राउ गरेको हो । अनैतिक क्रियाकलापमा संलग्न आरोपमा तीनवटा होटलबाट प्रहरीले ती युवतीहरूलाई पक्राउ गरेको हो । बत्तीसपुतलीस्थित न्यु जनकपुर रेस्टुरेन्टबाट धनुषाकी रञ्जु कुमारी साहलाई पक्राउ गरेको छ भने मित्रपार्कस्थित विजय खाजा घरबाट दोलखाकी सुनीता भुजेल र ऋतु तामाङलाई पक्राउ गरेको थियो । यस्तै, सद्भावना रेस्टुरेन्ट तथा खाजा घरबाट सुनसरीका सन्जु राई, सर्लाहीकी बबिता राम र झापाकी ममता गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा