21st February 2019, Thursday

E-budhabar

बैंकिङ कसुरका अभियुक्तलाई ‘सेटिङ’मा छुटाइयो



काठमाण्डौं । बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले घुस लिएर छोडेको छ । बैंकिङ कसुरको उजुरी परेका रूपेन्द्रबहादुर बानियाँलाई प्रहरीले पक्राउ गरेको भोलिपल्ट नै छोडेपछि यो रहस्य बाहिर आएको हो । १० लाख रुपैैयाँको चेक अनादर मुद्दाका फरार अभियुक्त बानियाँलाई महानगरीय प्रहरी प्रभाग गोंगबुका इन्सपेक्टर मोहनविक्रम केसीको कमान्डमा केही दिनअघि पक्राउ गरेका थियो । शिवज्योति इलेक्ट्रो एन्ड इन्जिनियरिङ सञ्चालकसमेत रहेका ६५ वर्षीय रूपेन्द्रबहादुर बानियाँविरुद्ध काठमाडौं महानगरपालिका–१६ बस्ने सीता उप्रेतीले बैंकिङ कसुर (ठगी) को मुद्दा दायर गरेकी थिइन् । तर, महानगरीय प्रहरी परिसर टेकुस्थित मुद्दा शाखाका डीएसपी मोहनकुमार थापा र प्रहरी निरीक्षक यमलाल बन्जाडेको मिलेमतोमा पीडकलाई मुद्दा नचलाई २ लाख रुपैयाँ रकम लिएर उसै छाडिएको स्रोतको दाबी छ । उप्रेतीले महानगरीय प्रहरी परिसरमा चढाएको अपराधको सूचनामा भनिएको छ, ‘म अपराधको सूचनाकर्ता र विपक्षीबीच विगत ६ महिनादेखि चिरपरिचत भएको र यस्तै अवस्थामा विपक्षी प्रतिवादीले आफूलाई १० लाख रुपैयाँ आवश्यक परेको र उक्त रकमले घरजग्गा खरिदबिक्री गर्नुपरेको, जग्गा खरिद गर्दा बैनाबापतको रकम अपुग भएको भन्दै विपक्षीले मबाट १० लाख रुपैयाँ एक महिनाको भाखा राखि लिई जानुभएको थियो । उक्त रकम एक महिनाभित्र फिर्ता नगरेको हुँदा मैले विपक्षीलाई सञ्चारमाध्यमबाट जानकारी गर्दा तपाईं चेलिबेटी हुँदा तपाईंलाई मेरो संस्थाको नाउँको सिद्धार्थ बैंकमा खाता छ, म सो संस्थाको सञ्चालक हुँ तपाईं आफैं गई उक्त रकम झिकी लिएर आउनुहोला भनी शिवज्योति इलेक्ट्रो एन्ड कम्पनीको नाउँमा चेक काटिदिए । तर, उक्त चेकमा बानियाँले दुई ठाउँमा हस्ताक्षर गरिदिएका रहेछन्, तर उक्त चेक बाउन्स भयो ।’
सो मुद्दामा बानियाँ पक्राउ परेपछि प्रहरीले मिलेमतोमा छाडेको आरोप पीडितहरूले लगाएकाछन् । पीडितले घटनाबारे यसरी सुनाए, ‘यही असार २९ गते शुक्रबार बा८३प ८१६८ नम्बरको स्कुटरमा बेलुकी अन्दाजी ७ः३० बजे केही आसेपासे व्यक्तिहरूलाई अगाडिपछाडि लगाएर रूपेन्द्र बानियाँ भागेको देखेपछि पीडित पक्ष बानियाँको टोलीलाई पिछा गरेको थियो । पछि गोंगुबको बिजिमल अगाडि पुगेपछि बानियाँले फोन गरेजस्तो गरी बानियाँ मनमैजुुको मानसिंह स्कुलनजिकैको घरमा छिरेका थिए । उनी त्यही घरमा लुकेर बस्ने गरेको आधारमा सोही ठाउँमा बानियाँ पसेको भन्दै पीडितले महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी चिरञ्जीवी कोइरालालाई फोन गरी बैंकिङ कसुरको एउटा फरार अभियुक्त बानियाँ यहाँ लुकेर बसेको र उक्त स्थान आफूले देखेको भन्दै तुरुन्तै प्रहरी पठाइदिन पीडित पक्षले आग्रह गरेको थिए ।’
पीडित पक्षले यसो भनिरहँदा डीएसपी कोइरालाले सो क्षेत्र आफ्नो इलाका नभएको र आफूसँग खटाउन अन्य प्रहरीहरू पनि नभएको भन्दै ठाडो जवाफ दिएका थिए ।
सोपश्चात् प्रहरी कन्ट्रोलको सहायता लिएर महानगरीय प्रहरी प्रभाग गोंगबुका प्रमुख मोहन बिक्रम केसीको कमाण्डमा ४०÷५० जना प्रहरीको दस्ता गई बानियाँलाई पक्राउ गरी गोंगबु ल्याएको थियो । पक्राउ परेका बानियाँलाई महानगरीय प्रहरी परिसरको कार्यालय टेकुमा लिएर प्रहरी निरीक्षक यमलाल बन्जाडेको जिम्मा लगाइएको थियो ।
तर त्यसयता त्यहीका एक प्रहरी हवल्दारले जाहेरवालालाई फोन गरी तपाईं तुरुन्तै यहाँ आउनुप¥यो, होइन भने तपाईंको पैसा भुस भयो भनेको पीडितले बताइन् । तर, निवेदकले आफू तालिममा भएकाले तत्काल आउन नसक्ने ४÷५ बजे आउँछु तर बानियाँको मुद्दा चलाइदिनुप¥यो, ऐनले जे ठहर्छ, त्यही गर्छु भनेर जवाफ फर्काएकामा सोपश्चात् उक्त प्रहरी हवल्दारले तँलगायत तेरो सबै परिवारलाई थुनिदिन्छु भनेर धम्की दिएको उनको आरोप छ ।
त्यसपछि प्रहरी निरीक्षक यमलाल बन्जाडेसँग सम्पर्क गर्दा ‘यो फोन नम्बरमा फोन गर्ने अधिकार तपाईंलाई छैन, कसको आदेशले फोन गरेको’ भनी थर्काएको उनको गुनासो छ । सोपश्चात डीएसपी मोहन थापालाई अर्को नम्बरबाट फोन गरी बानियाँ अहिले त्यहाँ रहेको र उक्त मुद्दा अगाडि बढाइदिनुहोस् भन्दा ‘तपाईं कि मुद्दा फिर्ता लिनुहोस् वा मेलमिलाप गर्नुहोस्, तपाईंले भनेअनुसार गर्न सकिँदैन’ भन्ने जवाफ प्रहरीबाटै पाएपछि न्यायको आशामा तुषारापात भएको उनले बताइन् ।
उक्त जानकारी कार्यालय प्रमुखलाई पनि गराउँदा समेत मुद्दा फिर्ता लिन दबाब दिएर होइन भने तपाईंको मुद्दा भुस हुन्छ भनिएको उप्रेतीको गुनासो छ । बैंकिङ कसुरको मुद्दालाई आफंै छाड्ने, आफैं मुद्दा नचलाउने भनेर प्रतिवाद गर्दा तथानाम गाली गरी आफूलाई समेत थुनिदिने धम्की प्रहरीबाटै आएको उनी बताउँछिन् । सोपश्चात् पनि विभिन्न नम्बरबाट आफूलाई फोन गरी ‘मोहन थापा हाम्रो मान्छे हो, चेकको मुद्दालाई धोती लगाइदिऊँ, ज्यानको माया भए मुद्दा फिर्ता लिनू, होइन भने तँलाई पनि रामहरि श्रेष्ठको हालत बनाइदिन्छु’ भनेर हेरक दिन दबाब आउने गरेको पीडितको गुनासो छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

लेखापढी व्यवसायीलाई मर्यादित बनाउनुपर्ने

ShareTweet काठमाडौं । ललितपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीले लेखापढी व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताएका छन् । नेपाल लेखापढी कानुन व्यवसायी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

एउटा समृद्ध गीतको इतिवृत्त

ShareTweet २०४६ सालमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जनजागृत तुल्याउन त्यही गीतलाई रोजियो । २०६२–०६३ सालको जनआन्दोलनलाई सफल तुल्याउने हेतुले जनतालाई सडकमा ओराल्न–जगाउन- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

परिवेश खोतल्ने कथाहरू

ShareTweet हामी बाँचिरहेको समाज ढोंग, आडम्बर र देखासिकीको जगमा उभिएको छ । भित्र खोक्रो भए पनि बाहिर सम्पुष्ट देखिनुपर्ने संस्कृति सामन्ती समाजले हामीलाई उपहारस्वरूप- ...
पूरा पढ्नुहोस्

छोटकरीमा