22nd October 2018, Monday

E-budhabar

नेकपाको विधान र नियमावली पारित



महाधिवेशन प्रतिनिधि बन्न ओली र प्रचण्डले पनि चुनाव लड्नुपर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन र अधिवेशनमा प्रतिनिधिमा भाग लिन अनिवार्य निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ ।
नेकपा केन्द्रीय सचिवालयको मंगलबार सम्पन्न बैठकले जुनसुकै तहको महाधिवेशन र अधिवेशनमा प्रतिनिधि बन्न सबै कमिटीका पदाधिकारी र सदस्य अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्थासहितको विधान र नियमावली पारित गरेको हो । प्रकाशनपछि विधान र नियमावली दुई दिनभित्रै जिल्लाहरूमा पठाउने नेकपाको तयारी छ ।
यो व्यवस्थासँगै अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आगामी महाधिवेशनमा भाग लिन सदस्यता रहेको भूगोलबाट प्रतिनिधि निर्वाचित हुनुपर्नेछ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भएपछि बनेको केन्द्रीय कमिटीका ४ सय ४१ सदस्य तथा मातहतका प्रदेश, जिल्ला कार्यसमितिका सदस्यले सम्बन्धित कमिटीमा रहेका संगठित सदस्यबीच प्रतिस्पर्धा गरी प्रतिनिधि निर्वाचित हुनुपर्नेछ । विगतमा एमालेले प्रतिनिधि निर्वाचन चयनको प्रणाली अभ्यास गर्दै आए पनि माओवादी केन्द्रमा आवधिक र नियमित महाधिवेशन÷अधिवेशन नभएकाले यस्तो अभ्यासको कार्यान्वयन भएको थिएन । महाधिवेशन प्रतिनिधि बन्न चर्को प्रतिस्पर्धा हुने भएकाले अब केन्द्रदेखि जिल्ला तहसम्मका सबै नेता जनता र कार्यकर्ताबीच लोकप्रिय रूपमा स्थापित हुने गरी काम गर्नुपर्नेछ ।
महासचिव विष्णुप्रसाद पौडेलका अनुसार सम्पादनका क्रममा रहेको विधानलाई सचिवालयको छैटौं बैठकले प्रकाशन गर्न अनुमति दिएकाले अब चाँडै विधान र नियमावली सार्वजनिक गरिने बताए । एकतापछिको पहिलो महाधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने आन्तरिक समझदारी शीर्ष नेताबीच भएको बताइए पनि प्रतिनिधि चयनमा पराजित भए ती नेताले महाधिवेशनमा चुन्न र चुनिन पाउनेछैनन् ।
बैठकले आधारभूत तहसम्मको एकतालाई एकता घोषणामा उल्लेख भएको तीन महिनाभित्र पूरा गरिसक्ने गरी काम हुने महासचिव पौडेलले जानकारी दिए । विधान र नियमावली प्रकाशनपछि तल्ला कमिटीको एकताका लागि यसअघि पार्टी सचिवालयले गठन गरेका सम्बन्धित कार्यदलले प्रतिवेदन बुझाउनेछन् र पार्टीले कहाँ कहिले एकता गर्ने भन्ने कार्ययोजना तय गर्नेछ । प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त कार्ययोजनाबारे आज छलफल सुरु भएको र आगामी बैठकले टुंगो लगाउने जानकारी दिए । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकारले गरेका काम र विभिन्न निर्णयबारे अवगत गराएका थिए ।
बैठकमा डा. गोविन्द केसीको माग र सरकारको आर्थिक वर्षको कार्ययोजनालगायतका विषयमा अध्यक्ष केपी ओलीले ब्रिफिङ गरेका थिए ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा