21st February 2019, Thursday

E-budhabar

हाउजिङको नाममा ठगी धन्दा



काठमाडौं । भक्तपुर क्षेत्रमा पछिल्लो समय हाउजिङ र घरजग्गा व्यवसायका नाममा बढिरहेको कारोबारसँगै ठगी धन्दा पनि मौलाएको छ । केही व्यक्ति तथा हाउजिङहरूले एउटै जग्गा १० जनासम्मलाई देखाएर बैना गरिदिने र वर्षौंसम्म झुलाएर राख्ने गरेको पीडितहरूको गुनासो छ । त्यति मात्र होइन, अधिकांश जग्गाका मामिलामा किर्ते धन्दा हुन थालेको बताइएको छ ।
एउटै जग्गा देखाएर खड्का हाउजिङका राजु खड्काले त्यसरी वर्षौंसम्म धेरै व्यक्तिलाई झुलाएको पीडितहरूले गुनासो गरेका छन् । उनले अहिलेसम्म एउटै जग्गा देखाएर प्रितम अधिकारी, यशोदा केसी, पूर्वसंविधानसभा सदस्य ललिता किङरिङलगायतलाई पनि ठगी गरेको उनीहरूका गुनासो छ । एक पीडित भन्छन्, ‘पोहोर भदौमा १८ लाख रुपैयाँ दिएर बैना गरेको हो, एक वर्ष हुँदा पनि न पैसा फिर्ता दिन्छन्, न त जग्गा ।’ त्यसो त खड्काले एउटै जग्गा देखाएर धेरैसँग पैसा संकलन गर्ने र सो रकम अन्यत्र फेरि जग्गामै लगानी गर्ने र त्यहाँका ग्राहकहरूलाई भने विभिन्न बहाना देखाएर आलटाल गर्ने गर्दै आएका छन् । प्लटिङको पैसा जम्मा गरेर अन्यत्र लगानी गर्दै हिँड्ने खड्का वास्तवमा दोहोरी रेस्टुरेन्टका सञ्चालकसमेत रहेको बताइएको छ । उनले उक्त रकमबाट विभिन्न व्यक्तिहरूलाई मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको समेत बताइएको छ ।
सो गिरोहले नापी र मालपोतका कर्मचारीको समेत मिलेमतोमा भक्तपुरतिर रहेका धेरै सार्वजनिक जग्गाहरूमा आँखा लगाएको बुझिएको छ । पछिल्लो समय केही सार्वजनिक जग्गाहरू भूमाफिया र कर्मचारीहरूको मिलेमतोमा व्यक्तिका नाममा नामकरण हुँदै गएकामा आमभक्तपुरवासी चिन्तित छन् । पछिल्लोपटक खड्का हाउजीङले लालपुर्जाको फोटोकपी देखाएर फिल्डमा नभएको जग्गासमेत मान्छेहरूलाई पास गर्ने प्रपञ्च गर्दै आएको बुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

लेखापढी व्यवसायीलाई मर्यादित बनाउनुपर्ने

ShareTweet काठमाडौं । ललितपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीले लेखापढी व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताएका छन् । नेपाल लेखापढी कानुन व्यवसायी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

एउटा समृद्ध गीतको इतिवृत्त

ShareTweet २०४६ सालमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जनजागृत तुल्याउन त्यही गीतलाई रोजियो । २०६२–०६३ सालको जनआन्दोलनलाई सफल तुल्याउने हेतुले जनतालाई सडकमा ओराल्न–जगाउन- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

परिवेश खोतल्ने कथाहरू

ShareTweet हामी बाँचिरहेको समाज ढोंग, आडम्बर र देखासिकीको जगमा उभिएको छ । भित्र खोक्रो भए पनि बाहिर सम्पुष्ट देखिनुपर्ने संस्कृति सामन्ती समाजले हामीलाई उपहारस्वरूप- ...
पूरा पढ्नुहोस्

छोटकरीमा