18th October 2018, Thursday

E-budhabar

को बन्लान् कानुनमन्त्री ?



काठमाडौं । मेडिकल शिक्षाका विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादर तामाङले राजीनामा दिएको आज नौ दिन बितिसकेको छ । नयाँ संविधान कार्यान्वयनका लागि पनि दर्जनौं ऐनकानुन निर्माण गर्नुपर्ने चटारो सो मन्त्रालयलाई छ । तर, यतिका दिनसम्म पनि सो मन्त्रालय मन्त्रीविहीन छ ।
तामाङले राजीनामा दिएलगत्तै नेकपाका नेता भानुभक्त ढकाल, कृष्णभक्त पोखरेललगायतको नाम सम्भावित कानुनमन्त्रीका रूपमा प्रचारमा आएको थियो । कानुन पृष्ठभूमि भएकाले पनि ती नाम चर्चामा आएका थिए । तर, प्रधानमन्त्रीलाई कानुनका विषयमा बाहिरबाट सबैभन्दा बढी सहयोग गर्ने संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमकै कानुनी सल्लाहकार अग्नि खरेललगायतको समूहले चर्चामा आएका ती व्यक्तिलाई मन्त्री नबनाउन चलखेल बढाएको स्रोतको दाबी छ । तामाङजस्तै कानुन पृष्ठभूमिकै व्यक्ति कानुनमन्त्री भयो भने सरकारमा आफ्नो भूमिका खुम्चिने भएकाले पनि अन्य पृष्ठभूमिको व्यक्तिको खोजी गरिएको बताइन्छ । त्यसका लागि जनजातिको अर्को हौवा पिटाउने काम पनि भएको स्रोतको दाबी छ । बाहिर जनजाति नै ल्याउने भन्ने तर भित्री तयारी आफूअनुकूलको व्यक्तिलाई ल्याउने भएको बताइन्छ । स्रोतका अनुसार उनीहरुले वसन्त नेम्वाङ र लीलानाथ श्रेष्ठमध्ये एकलाई बनाउने गरी वातावरण निर्माणको काम गरिरहेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना तामाङजस्तै कानुनको ज्ञातालाई नै उक्त मन्त्रालयको जिम्मेवारी सुम्पिनेछ । मन्त्रालयगत काममा मन्त्री तामाङले अरू मन्त्रालयको तुलनामा धेरै राम्रो काम पनि गरेका थिए । त्यति मात्र होइन, सरकारको डिफेन्स गर्ने मामिलामा पनि उनी अरू मन्त्रीभन्दा एक कदम अगाडि नै थिए । सरकारको डिफेन्स गर्ने क्रममा बोली चिप्लेकै कारण उनलाई राजीनामा गर्न लगाइएको थियो । आर्थिक मामिलामा अरू मन्त्रीका कमजोरी बारम्बार सार्वजनिक भइरहेका बेला उत्कृष्ट कार्य सम्पादन गर्दागर्दै मन्त्री तामाङलाई भने राजीनामा गर्न लगाउनमा पनि प्रमनिकटका तिनै कानुनी सल्लाहकारको विशेष भूमिका रहेको बताइन्छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा