18th October 2018, Thursday

E-budhabar

जिम्मेवारी टुंगिएपछि त्रिपाठी नेकपामा भित्रिने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहलाई पार्टीमा भिœयाउने अन्तिम तयारी गरेको छ । नेकपा केन्द्रीय सचिवालयको पछिल्लो बैठकले निर्णय नै गरेर त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहलाई पार्टीमा भिœयाउने अन्तिम तयारी अघि बढाएको हो ।
त्रिपाठीसँग नेकपाका महासचिव विष्णु पौडेल, उपनेता सुवास नेम्वाङलगायतले उनीसहित समूहका नेताहरूलाई दिइने जिम्मेवारीका सन्दर्भमा कुराकानी गरिरहेका छन् । पछिल्लोपटक त्रिपाठीले उपनेता नेम्वाङसँग सोमबार छलफल गरेका थिए । त्यसअघि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव पौडेलसँग त्रिपाठी समूहको छलफल भएको थियो । संघीय संसदको निर्वाचनअघि गत असोज १६ मा त्रिपाठी नेतृत्वको समूहसँग तत्कालीन एमालेले दुईबुँदे सहमति गरेको थियो । सोही सहमतिअनुसार सूर्य चिह्नबाट त्रिपाठी र ब्रजेश गुप्ताले संघीय संसद्मा चुनाव जितेका थिए भने प्रदेश नम्बर ५ मा दुई सांसद प्रदेशसभामा विजयी भएका थिए । चुनाव चिह्नका कारण उनीहरू अहिले नेकपा संसदीय दलको सदस्य छन् । कानुनी रूपमा एउटै दलमा भएका कारण नेकपाले पार्टीको विधान र नियमावलीको टुंगो लाग्नेबित्तिकै औपचारिक रूपमै प्रवेश गराउने प्रक्रिया अघि बढाएको हो । स्रोतका अनुसार त्रिपाठीलाई पहिले केन्द्रीय कमिटीको जिम्मेवारी दिने र पछि स्थायी समिति, संसदीय समितिको नेतृत्व या सरकारको जिम्मेवारीमध्ये कुनै न कुनै महŒवपूर्ण जिम्मेवारी दिने विषयमा केन्द्रित रहेर अहिले छलफल चलिरहेको छ । स्वतन्त्र समूहसँग अहिले राजपाका तत्कालीन आठ जना केन्द्रीय तहका नेता छन् । सहमतिअघि त्रिपाठी उपाध्यक्ष र गुप्ता महामन्त्री थिए ।
स्वयं त्रिपाठीले पनि पछिल्ला दिनमा नेकपा नेतृत्वमा छलफल चलिरहेकको स्वीकार गरे । छलफल चलिरहे पनि निष्कर्ष आउने चरणमा प्रवेश नभएको उनले दाबी गरे । उता, नेकपाका सचिवालय सदस्य वामदेव गौतमले पचि छलफल जारी रहे पनि कुन दिन एकता गर्नेबारे निष्कर्ष आइनसकेको बताए । ‘त्रिपाठीजीको समूहसँग एकीकरण गर्नेबारे छलफल अघि बढाउनेबारे सचिवालयबाटै निर्णय भएको छ,’ गौतमले भने, ‘तर, कसरी, कहिलेसम्म भन्ने कुरा टुंगो लागिसकेको छैन ।’
यस्तो थियो असोज १६ को सहमति ?
तत्कालीन एमाले र त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबीच गत असोज १६ गते दुईबुँदे सहमति भएको थियो । पहिलो नम्बरमा भनिएको थियो– स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ताहरू आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुनुहुनेछ । स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील रहनेछ ।’
दोस्रो बुँदामा भनिएको छ, तराई–मधेससमेतका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी हो । हामीहरू संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै जान, तराई मधेसका साथै समग्र राष्ट्रमा आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न र सम्पूर्ण नेपालीको सुखी र समृद्ध जीवनका लागि सहकार्य गर्न सहमत भएका छौं ।’

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा