4th June 2020, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

माक्र्स मेरो मनका पर्दामा उच्च कोटिका मानव हरेक कोणबाट उच्च कोटि मानव कोई हुनै सक्दैन

उनीजस्तो अर्को महान् (सेक्सपियरको हेम्लेट)
१. म कार्ल माक्र्ससँग सबभन्दा पहिले फरवरी १८६५ मा भेट भएको थिएँ । उनलाई २८ सेप्टेम्बर १८६४ मा लन्डनको सेन्ट मार्टिन हलमा भएको एउटा सभामा देखेकोसम्म थिएँ । अहिले लन्डन आउनुको मुख्य कारण पेरिसको एउटा नयाँ संगठनको निर्माण र त्यसको विकास प्रक्रियाबारे खबर दिनु थियो । त्यतिबेला स्रितोलैले (जुन अब पुँजीवादी जनतन्त्रका सिनियर हुन्) माक्र्ससँग भेट हुने परिचयपत्र दिएका थिए ।
त्यतिबेला म २४ वर्षको थिएँ । यो पहिलो भेटमा नै ममाथि जुन प्रभाव प¥यो, त्यसलाई मैले आजीवन बिर्सन सकिनँ । माक्र्स त्यतिबेला ‘पुँजीको पहिलो खण्डमाथि काम गरिरहेका थिए, जुन त्यसको दुई वर्षपछि १८७६ मा प्रकाशित भएको थियो । उनी त्यतिबेला केही बिमारजस्ता थिए । उनलाई यस कुराको डर भएजस्तो लाग्यो कतै यो ग्रन्थ पुरा गर्न सक्दिनँ कि ? त्यसबेला उनी युवाहरूसँग भेट हुन पाएका खण्डमा धेरै खुसी हुन्थे । उनी यो कुरा पनि सधैं भनिरहन्थे, ‘पछि कम्युनिस्ट विचारको प्रचारप्रसारका लागि मैले नयाँ नौजवानहरूलाई अवश्य नै प्रशिक्षित गर्नुपर्छ ।’
कार्ल माक्र्स त्यस्ता एक्का दुक्का मानिसहरूमा पर्दथे, जसले विज्ञान र सार्वजनिक जीवन दुवैको एकसाथ नेतृत्व गर्न सक्थें । यी दुवै पक्ष उनमा आपसमा घुलमिल भएर रहेका थिए । उनलाई विद्वान् माक्र्स र समाजवादी योद्घा माक्र्स यी दुवै पक्ष कोही आपसमा मिलाएर मात्र जान्न र बुझ्न सकिन्थ्यो ।
माक्र्सका विचारमा यो कुनै पनि अनुसन्धानको अन्तिम फलको चिन्ता नगरीकन विज्ञानको अनुशीलन गर्नुपर्दछ, तर यसो गरिरहँदा सार्वजनिक जीवनमा चाहिने सक्रिय सहभागितालाई परित्याग गरेर होइन भन्ने थियो । अथवा, यसो पनि भन्न सकिन्छ कि जसरी एउटा मुसो आफ्नो प्वालभित्र बस्दछ, त्यसरी नै आफ्नो अध्ययन कक्ष या प्रयोगशालामा बन्द भएर बस्नाले समकालीन सार्वजनीक जीवन तथा राजनीतिक संघर्षबाट तटस्थ बस्ने वैज्ञानिक भनिएकाहरूले आफूलाई तुच्छ नै बनाउनेछन् ।
उनी यो पनि भन्ने गर्थे, ‘विज्ञान आत्मानन्दका लागि हुुनुहुँदैन । जसले आफूलाई वैज्ञानिक अनुष्ठानहरूका लागि समर्पित गरिदिने सौभाग्य प्राप्त गरेको छ । त्यसले सबभन्दा पहिले आफ्नो ज्ञानलाई मानव जातिको सेवामा समर्पित गरिदिनुपर्छ ।’ ‘मानव जातिको सेवामा समर्पित गरिदिनुपर्छ’ यो नै उनको सबैभन्दा प्रिय कथन थियो ।
श्रमजीवी वर्गले प्राप्त गरेको अथवा भोग्नुपरेको दुःखदर्दप्रति माक्र्सको गहिरो सहानुभूति थियो, तर कुरा कोरा भावुकतावश नभएर इतिहास तथा राजनीतिक अर्थशास्त्रको गहन अध्ययनपश्चात् मात्र कम्युनिस्ट विचारमा पुगेका थिए । उनको प्रस्ट दाबी थियो निजी हितको प्रभाव र वर्गीय पूर्वागृहको अन्धोपनाबाट मुक्त भएको कुनै पनि व्यक्ति निश्चित रूपमा यसै निष्कर्षमा अवश्य पुग्नेछ ।
तर, कुनै पनि अग्रणी खालको सिद्घान्तबिना मानवसमाजको आर्थिक र राजनीतिक विकासको अध्ययन गर्दागर्दै पनि माक्र्सले आफ्नो विशाल अनुसन्धानको परिणामलाई प्रचारप्रसार हेतुले त्यस समयको समाजवादी आन्दोलनका लागि वैज्ञानिक आधार खडा गर्ने प्रबल इच्छाले गर्दा नै उनी लेखन कार्यमा प्रवृत्त रहेका थिए, त्यसबेलासम्मको लेखन कार्य भनेको त कल्पना लोकमा रमाउँदै सघन कुहिरोमा कतै हराइरहेको थियो । उनले मजदुर वर्गलाई विजयी बनाउन जसको ऐतिहासिक ध्येय समाजको आर्थिक तथा राजनीतिक नेतृत्व गर्दै कम्युनिस्टको स्थापनाका लागि आफ्ना विचारहरूको प्रचारप्रसार गर्दै रहे ।
माक्र्सले आफ्नो क्रियाशीलतालाई आफ्नो जन्मभूमिसम्ममा मात्रै सीमित गरेनन् । उनी भन्दथे, ‘म विश्व नागरिक हुँ । म जहाँकहीँ बसूँ, सक्रिय नै भएर बस्नेछु ।’ वास्तविक रूपमा उनी फ्रान्स, बेल्जियम, ब्रिटेन चाहे जुनसुकै देशमा पनि बसेका बेला त्यहाँका घटनाहरू र राजनीतिक अत्याचारहरूद्वारा बाध्य पारिएका हुनाले ती ठाउँहरूमा उठेका क्रान्तिकारी आन्दोलनहरूमा प्रमुखताका साथ सहभागी बन्न पुगे ।
मैले लन्डनको मैटलेन्ड पार्क रोडमा अवस्थित उनको अध्ययन कक्षमा सर्वप्रथम उनलाई भेट्दा एउटा कहिल्यै नथाक्ने अतुल्य समाजवादी विचारको प्रचारक मात्रलाई नभएर एउटा वैज्ञानिकलाई देखेको थिएँ । उनको यो अध्ययन कक्ष नै त्यस्तो केन्द्र थियो, जहाँ सभ्य संसारका सबै ठाउँबाट समाजवादी चिन्तनका महान् आचार्यको रायसल्लाह र सुझाव प्राप्त त्यहाँ आउने गर्थे । त्यस ऐतिहासिक कक्षमा पुगेर अवलोकन गरेपछि मात्र माक्र्सका अन्तरंग जीवनको भावनात्मक पक्षका विषयमा बुझ्न सकिन्थ्यो ।
त्यो अध्ययन कक्ष दोस्रो तल्लामा थियो । बगैंचातिर खोलिने एउटा फराकिलो झ्यालबाट त्यस कोठामा उज्यालो प्रवेश गथ्र्यो । झ्यालको विपरीत दिशातर्फ आगो ताप्ने मकल राखिएको थियो । त्यसका दुवैतिर भित्तामा अङ्याएर राखिएका ठूलाठूला आल्मारीहरू पुस्तकले भरिएका थिए । ती आल्मारीका माथिमाथिसम्म पनि अखबार र म्याग्जिनहरूले भरिभराउ थिए । मकलको अर्कोतिरको झ्यालनजिकै दुईवटा टेबुलमा एकातिर कागजपत्र, पुस्तक र अखबार राखिएका थिए । त्यस कोठाका मध्यभागमा उज्याले छिर्ने ठाउँमा एउटा तीन फिट लामो र दुई फिट चौडाइ भएको सानो टेबुल र हात टेकाउन मिल्ने खालको कुर्सी राखिएको थियो । कुर्सी र आल्मारीका बीचको झ्यालबाट उज्यालो पर्ने गरी एउटा छालाले बनेको सोफा थियो, जसमा बेलाबेलामा माक्र्स त्यसमा सुत्दथे र आराम गर्थे । मकलको एउटा खापामा अरू केही पुस्तक, सिगर र सलाईका डिब्बाहरू, तमाखुका डिब्बाहरू, पेपरवेट र माक्र्सको आफ्नो र श्रीमती माक्र्स र छोरीहरूसँगको फोटो, अर्कोतिर विल्हेमवोत्फ र फ्रेडरिक एङ्जेल्सका फोटाहरू राखिएका थिए ।
माक्र्स धेरै धूमपान गर्थे । उनले मसँग एकपटक भनेका थिए, ‘पुँजी ग्रन्थको रोयल्टीबापत त्यति पैसा पाउन सक्दिन होला, जति यसको लेखन गर्दा सिगारको धुँवा उडाइयो होला ।’ त्यसमाथि सलाईमा खर्च हुन्थ्यो । खाँदै गरेको पाइप (चिलिम) या सिगर एकछिनका लागि राखेपछि बिर्सिन्थ्यो, फेरि त्यसलाई सलकाउनुपर्दा सलाई चाहिन्थ्यो, त्यसैले पनि होला ? माचिसका डिब्बाहरू धेरै जम्मा भएका थिए ।
उनी आफ्ना पुस्तक र कागज सबै ठीकठाक मिलाएर राख्थे । अथव,ा यसो पनि भन्न सकिन्छ जथाभावी न मिलाईकन राख्न कसैलाई पनि दिँदैनथे । खालि बाहिरबाट हेर्दा पुस्तक, पत्रपत्रिका छरपस्ट देखिए पनि त्यसैमा एउटा क्रमबद्धता थियो । जुन टिपोट या पुस्तक जतिखेर आफूलाई चाहिएको हुन्थ्यो, त्यतिबेला तुरुन्तै प्राप्त हुन सकोस् । कुराकानीका बेला कुनै पुस्तकको उद्धरण वा लाइन देखाउनुप¥यो भने तुरुन्तै पाउन सकियोस् भन्ने रहन्थ्यो । आफ्नो अध्ययन कक्षका वस्तुहरूसँग उनको निकै तालमेल थियो । त्यहाँका अध्ययन सामग्रीहरूमा पनि त्यति नै नियन्त्रण थियो, जति आफ्नो शरीरका अंगहरूमा नियन्त्रण हुन्थ्यो ।
माक्र्सका लागि पुस्तक, पत्रपत्रिकाहरू राम्रोसँग मिलाएर राख्ने कुरा त्यति महŒव थिएन, जति तिनको उपयोगिता । विभिन्न आकारका पुस्तकहरू विषयगत हिसाबले राखिएका हुन्थे । उनका लागि पुस्तकहरू भनेका मनोरञ्जनका साधनहरू नभएर एकप्रकारका साधनहरूजस्ता थिए र उनी भन्दथे, ‘यी ग्रन्थ सम्पदाहरू मेरा लागि मेरो इच्छानुसार सेवा गरिदिने सेवकहरू हुन् ।’ उनी तिनीहरूको आकार, गाता र भित्रका अक्षरहरूमा त्यति ध्यान दिँदैनथे । उनले पढ्दै गरेका पुस्तकका पाताहरू छेउतिर यसो मोड्ने काम पनि गर्थे । कतिपय प्याराग्राफहरूमा पेन्सिलले रेखांकन पनि गरिदिन्थे, तर पुस्तकमा लेख्ने काम भने गर्दैनथे । कहिलेकाहीँ कुनै उद्धरण चित्तबुझ्दो नभए त्यसमा प्रश्न वाचक चिह्न वा विस्मयादिवोधक चिह्न भने लगाइदिन्थे । यस प्रकारको रेखांकन पद्धतिले गर्दा खोजेको समयमा भेट्टाउन सकिन्थ्यो । उनले आफ्नो टिपोट गरिएका डायरीहरूमा लेखिएका कुराहरू पछिसम्म पनि कण्ठस्थ भन्न सक्दथे । एउटा राम्रो कुरा कतै पढिएको रहेछ भने त्यसलाई पछिसम्म पनि दोहो¥याएर पढ्दथे । किनभने, त्यो कुरा सधैंभरि सम्झनामा आइरहोस् । उनको स्मरण शक्ति असाधारण खालको थियो । जसलाई उनले आफ्नो युवावस्थामै हेगेल (सन् १७७०–१८३१) का परामर्शमा आफू परिचित नभएका भाषाहरूका कविताहरू पनि कण्ठस्थ गरिरहनुपर्दछ भन्ने अभ्यास गरेका थिए ।
उनलाई हाइने र गेटेका कविताहरू त कण्ठस्थ नै थिए । कुराकानीका सन्दर्भमा अधिकांश रूपमा ती कविताहरूलाई उद्धरणका रूपमा प्रस्तुत गर्थे । उनी लगभग सबैजसो युरोपियनभाषी कविहरूका कविताका निष्ठावान् पाठक थिए । उनले हरेक वर्ष एस्किलसलाई त मूल युनानी भाषामै पढ्न सक्थे । माक्र्सले एस्किल्स र सेक्सपियरप्रति उनको ठूलो आदर सम्मान थियो । उनले सेक्सपियरका कृतिहरूको सिलसिलेवार हिसाबले समग्र अध्ययन गरेका थिए । उनलाई नाटकका नगण्य किसिमका पात्रहरूका विषयमा समेत जानकारी थियो । अंग्रेजी भाषाका यी महान् नाटककारप्रति माक्र्सको पुरै परिवार उत्तिकै अनुरक्त थियो । उनका तीनवटै छोरीहरूलाई पनि सेक्सपियरका कतिपय कृतिहरू कण्ठस्थ थिए । सन् १८४८ पछि जब माक्र्सलाई अंग्रेजी भाषामा पारंगत हुन मन लाग्यो र अब अंग्रेजी भाषा पढ्न पनि सिकिसकेका थिए, त्यस पछि उनले सेक्सपियरका सारा मौलिक उक्तिहरूलाई अलगअलग विषयगत रूपमा वर्गीकरण गरेर नोटसमेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...