20th October 2018, Saturday

E-budhabar

नेपालचाहिँ सधैं असफल नै भइरहला र ?



नेपालचाहिँ सधैं असफल नै भइरहला र ?

चियापसल, सार्वजनिक यातायात, सरकारी वा गैरसरकारी कार्यालयहरू जताततै मानिसहरूको भनाइ हुने गर्छ– यो देश यस्तै हो, बन्दैन । यस्तो निराशा सर्वसाधारणबाट मात्रै नभएर देशका अगुवाहरूको मुखबाट पनि बेलाबेला सुन्ने गरिन्छ । उनीहरूमध्ये केहीचाहिँ यो देश बनाउन निकै गाह्रो छ भन्दै नेपाल विश्वका अरू देशहरूजस्तो समृद्ध बन्न नसक्ने नै निष्कर्ष निकाल्छन् । त्यसो हो भने उनीहरूले भनेजस्तो साँच्चै यो देश समृद्ध बन्न असम्भव नै छ त ? असम्भव छ भने किन र के कारण छ ?
नेपाल प्राकृतिक स्रोत, साधनको हिसाबले विश्वका अरू देशभन्दा पछि रहेको मानिँदैन । उब्जाउ भूमि छ, त्यसलाई सिञ्चित गर्न पानीको स्रोत छ । मौसम पनि मानिस, पशुपन्छी, बोटबिरुवा हुर्किन र फैलन प्रतिकूल छैन । उत्खनन नगरिएका कैयौं खनिज पदार्थ यहाँको जमिनमुनि रहेको विभिन्न अध्ययनले देखाएका छन् । देशलाई अघि बढाउन पुग्ने मानिसहरू छन् तथा नेपालीहरू अल्छी हुन् भनेर कतैबाट प्रमाणित छैन । विश्वका कतिपय देश गएर कोहीभन्दा कम मिहिनेती नरहेको नेपालीहरूले प्रमाणित पनि गरिसकेका छन् ।
देश समृद्ध बन्न आवश्यक यति तŒवहरू हुँदाहुँदै पनि नेपाल किन समृद्ध बन्न सकेन त ?
भारत सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि तथा चीन सन् १९४९ मा जनवादी गणतन्त्र बनेपछि राजनीतिक प्रणालीको विवादमा परेनन् । अहिले हामीले समृद्ध देखेको दक्षिण कोरिया सन् १९५३ मा कोरिया युद्ध सकिएपछि तथा जापान सन् १९४८ मा दोस्रोयुद्धको समाप्तिपछि आ–आफ्ना तर उही राजनीतिक प्रणालीमा क्रियाशील छन् । पछिल्लो समय तीव्र आर्थिक वृद्धिदर साथ अघि बढिरहेको भियतनाम पनि सन् १९७५ मा अमिरिकी आक्रमणलाई परास्त गरेपछि समाजवादी ढाँचाको राजनीतिक स्थायित्वमा छ । नेपाल भने संविधान निर्माण र संविधानअनुसार तीन तहका चुनावहरू सम्पन्न गरेपछि भर्खरै राजनीतिक स्थायित्वको युगमा प्रवेश गरेको छ । त्यसो भए नेपाल अहिलेसम्म समृद्ध बन्न नसकेको यही नै कारण हो त ?
२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकारलाई बर्खास्त गरी एकदलीय पञ्चायती व्यवस्था सुरु गरेपछि २०४७ सालमा बहुदल नआउँदासम्म मुलुक त्यसैमा हिँडिरह्यो । त्यस हिसाबले नेपालमा पनि त्योे ३० वर्षमा राजनीतिक स्थिरता नै रहेको मान्नुपर्छ । तर, त्यो तीन दशकमा मात्रात्मक परिवर्तन ल्याउने विकास निर्माणका केही काम भए पनि मुलुकले समृद्धिको बाटो तय गर्न सकेन । जबकि, चीनले पछिल्लो चार दशकमै संसार चकित हुने गरी आर्थिक रूपमा फड्को मारेको मानिन्छ ।
त्यसो भए हामी किन पछि प¥यौं र समृद्धिको दिशामा किन अघि बढ्न सकेनौं त ?
संसारका अरू विकसित र विकास हुँदै गरेको देशहरू हे¥यौं भने कुनै देश राजनीतिक प्रणालीको निरन्तरताका कारण समृद्ध भएको देखिन्छ भने कुनै देश चामत्कारिक नेतृत्वका कारण अघि बढेको देखिन्छ । सिंगापुरले आफ्नै खालको राजनीतिक प्रणाली विकास गरेको तथा त्यही प्रणाली विकास गरेर लागू गर्ने चामत्कारिक नेतृत्व लि क्वानका कारण ऊ यहाँसम्म आइपुगेको मानिन्छ । मलेसियालाई अघि बढाउने महाथिर लामो समय सत्ताबाहिर रहेर फेरि नेतृत्वमा आइपुगेका छन् । यता, हाम्रोभन्दा भीषण तथा लामो गृहयुद्ध झेलेर पनि श्रीलंका हामीभन्दा अघि पुगेको छ । क्षेत्रफलमा हामी जत्रै भएर पनि कैयौं गुणा धेरै जनसंख्या तथा प्राकृतिक विपत्तिहरू झेल्न बाध्य बंगलादेशसमेत हामीभन्दा अघि लागिसकेको छ । शताब्दीअघि विकासको स्वाद चाखिसकेका युरोप र उत्तर अमेरिकाको कुरा नगरौं, केही दशकसम्म हामीभन्दा पछि वा हामीसरहकै अफ्रिकी मुलुकहरूले समेत हामीलाई छाडिसकेका छन् । ती देशका सफलताका कथाहरू पढ्ने हो भने एउटै कारण वा एकै ढंगले अघि बढेको देखिँदैन ।
त्यसो हो भने सफलताको सूत्र के हो र त्यस्तो सूत्र कतै पाइएला कि हामीले नै बनाउनुपर्ला ?
राजनीतिक स्थिरता, कम्तीमा पाँच वर्षको स्थिर सरकार र मुलुकलाई समृद्धिको सपना देखाइरहेको नेतृत्व पाएको यो अवसरमा यी र यस्ता प्रश्नहरू अहिले हाम्रा वरिपरि घुमिरहेका छन् । विकास र समृद्धिको अगुवाइ नेतृत्वले गर्नेमा कुनै विवाद छैन, तर त्यसलाई जनताले साथ दिनैपर्छ । दशकौं आपसमा भिडेका कयौं देशका जनता त नेतृत्वले ठीक बाटो देखाएपछि हिँडेको देखिएको छ भने नेपाली जनता नेतृत्वले डो¥याएको बाटोमा नहिँड्ने प्रश्नै आउँदैन ।
निराशा व्याप्त रहेको बेला आशाको किरण कतै देखिँदा पनि सुरुमा धेरैले नपत्याउनु अस्वाभाविक होइन । कामले परिणाम नल्याउँदासम्म त्यसो हुनु स्वाभाविक पनि हो । परिणाम देखिन समय लाग्छ, तर मुख्य कुरा हाम्रो दिशा ठीक छ कि छैन भन्ने हो । दिशा ठीक छ र वस्तु गतिमा छ भने गन्तव्यमा पुगिन्छ । अहिले हामीसँग राजनीतिक प्रणाली ठीक छ, किनभने यसमा जनसहभागिता सुनिश्चित छ । जनताले आफ्नो नेतृत्व आफैं चुन्न पाउँछ । अस्थिरताले देशलाई अघि बढ्न दिएन भन्ने निष्कर्षका साथ जनताले स्थिर सरकार निर्माण गरेका छन् । र, नेतृत्वमा मुलुकलाई समृद्धिमा पु¥याई छाड्ने हुटहुटी छ । त्यसकारण, परिणाम आउन समय लाग्ला तर अब निराशालाई निरन्ता दिनुपर्ने अवस्था छैन भनेर विश्वास गर्नैपर्छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा