21st September 2018, Friday

E-budhabar

दुई वर्षपछिको आईजीका लागि यत्रो षड्यन्त्र !



काठमाडौं । अढाइ वर्षपछि हुने आईजीपीका लागि नेपाल प्रहरीभित्र अहिलेका एसएसपीहरूबीच अस्वस्थ प्रतिस्पर्धा सुरु भइसकेको छ । केही दिनअघि निकालिएको एसएसपी सरुवाबाटै यो खेलको पर्दाफास भएको छ । यही अस्वस्थ खेलका कारण काठमाडौं परिसर आएको ६ महिना नबित्दै एसएसपी विश्वराज पोखरेल दिल्ली दूतावास पु¥याइएका छन् ।
परिसरमा पोखरेलका ठाउँमा वसन्त लामालाई ल्याइएको छ । त्यहाँ आउन हरि पाल र उत्तम सुवेदीले निकै दौडधुप बढाएको भए पनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’को चाहनामा जनजाति पृष्ठभूमिका लामाले परिसरमा बाजी मारेका छन् । उनलाई त्यहाँ ल्याउनुको पछाडि सनम शाक्य हत्या प्रकरण र ३३ किलो सुन प्रकरणमा छानबिन समितिमा रहेर मन्त्रालयमा मन्त्री बादलसँगै काम गरेको पुरस्कार दिइएको चर्चा प्रहरी वृत्तमा व्याप्त छ । त्यसअघि उनी अपराध अनुसन्धानअन्तर्गतको विशेष ब्युरोमा थिए । त्यहीबेला गृहमा बोलाएर अनुसन्धान समितिमा राखिएको थियो ।
यो सरुवाको पछाडि अढाइ वर्षपछि यो ब्याजीबाट को आईजी हुने भन्ने विषय पनि जोडिएको बताइन्छ । ३० वर्षे सेवा अवधि नहटे अहिलेका आईजीपी सर्वेन्द्र खनाल अबको १७ महिनापछि बिदा हुन्छन् । उनी पछि शैलेश थापा, निरजबहादुर शाही, गणेश ऐर, रवीन्द्र धानुकको टिमबाट आईजीपी हुनेछन् । जो भए पनि झन्डै एक वर्षमा त्यो टिमको आईजी पनि बिदा हुन्छन् । त्यसपछि पालो आउँछ, विश्व पोखरेल, उत्तम सुवेदी, हरि पाल, वसन्त लामा, धिरजप्रताप सिंहको ब्याजीको । अहिले मुख्य प्रतिस्पर्धा यही ब्याजीको छ । आगामी कात्तिकको अन्तिमतिर यो ब्याजीबाट डीआईजी बढुवा हुने भएकाले अहिलेबाटै एकले अर्कोलाई सिध्याउने खेल सुरु भएको बताइन्छ ।
विश्वस्त स्रोतका अनुसार यो खेलमा एसएसपीहरू लामा, सुवेदी, पाल र सिंहको स्वार्थ भने अहिले मिलेको छ । स्रोतले भन्यो, ‘उनीहरूको मुख्य स्वार्थ पोखरेल र दिवेश लोहनीलाई कसरी हुन्छ पछि पार्ने हो । लोहनीलाई सुन प्रकरणमा सिध्याए, अब पोखरेलसँग आत्तिएका छन् ।’ पोखरेलविरुद्ध एक हुनुको अर्को पनि कारण छ । त्यो हो, उपेन्द्रकान्त अर्याल आईजीपी भएका बेला डेढ वर्षअघि उनीहरू एसपीबाट एसएसपीमा बढुवा भएका हुन् । त्यो बढुवामा त्यो ब्याजी मात्र होइन, अघिल्लो ब्याजमा ६ जनालाई पनि पछि पारेर पोखरेल पहिलो नम्बरमा बढुवा भएका थिए । त्यसबाट उनको ब्याजका सबै सशंकित भएका थिए । अब डीआईजी बढुवामा पनि यस्तै भयो भने त हामी सिद्धिन्छांै भनेर उनीहरूकै चलखेलका कारण अहिले पोखरेललाई दिल्ली पु¥याइएको एकथरीको विश्लेषण छ । त्यसो त प्रहरीको क्यारिअरमा दिल्ली दूतावासलाई राम्रै ठाउँका रूपमा लिइन्छ । आर्थिक पाटो हेर्ने हो भने पनि महिनाको करिब तीन लाख नियमित कमाइ हुन्छ । स्रोत भन्छ, ‘तर राम्रो ठाउँ भनेर अहिले पठाउनुको अर्थ यहाँ बसेरजस्तो चलखेल गर्न नपाओस् भनेरै हो ।’ कात्तिक, मंसिरसम्म चलखेल गर्न नपाए डीआईजी बढुवामा पछि पर्ने अरु प्रतिस्पर्धीहरूको ठम्याइरहेको बताइन्छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा