13th December 2018, Thursday

E-budhabar

मानवीय गरिमाको प्रश्न



मानवीय गरिमाको प्रश्न

अझै पनि नेपाली समाजमा स्त्रीलाई हेर्ने दृष्टिकोण र व्यवहार पुरुष–वर्चस्ववादी नै रहेको छ । हुन त, पछिल्लो समय समाज र पारिवारिक रूपरेखामा ठूला परिवर्तन आएका छन् । तर, समाजले स्त्रीलाई हेर्ने दृष्टिकोण अझै बदल्न नसकेको कटु यथार्थलाई भने बाध्य भएर स्विकार्नुपर्ने अवस्था विद्यमान छ । कथाकार खेमराज पोखरेलले नेपाली समाजमा व्याप्त यही विसंगत तस्बिरलाई आफ्नो लेखनको फ्रेममा अटाउन चाहेका छन् ।
‘आफ्नै जीवन बाँच आमा’ एउटी नारीको संघर्ष गाथा अंकित छ । नेपाली समाजको विदु्रपतालाई नियाल्न सक्षम यो कथाले पुरुष प्रधान समाजको मनोवृत्तिाई एक एक गरी केलाएको छ । जब कुनै महिलाबाट छोरा जन्मिँदैनन्, तब ‘वंश धान्ने’ नाममा पुरुषलाई दोस्री महिलासँग विवाह गर्ने लाइसेन्स प्राप्त हुन्छ, सहज रूपमा । कुनै पनि नैतिक मूल्य, सामाजिक अड्चन र पारिवारिक विमतिले त्यसमा अर्थ राख्दैन । पुरुषको त्यस्तो चाहना र क्रियालाई समाजले स्वीकृत नजरले हेर्छ । तर, एक्लो जीवन जिइरहेकी महिलाले अर्कै पुरुषसँग सम्बन्ध विस्तार गर्ने चाहना पाल्दा भने त्यसमा मर्यादा र संस्कारगत प्रश्नले फँणा उठाउन थाल्दछ । यो कथा स्त्री–विमर्शवादी लेखनको धरातलमा उभिएको छ ।
‘बात’ पनि स्त्री विमर्शकै वरिपरि घुमेको कथा हो । बाल र बहुविवाहका कारण स्त्रीले आफ्नै पति र परिवारको प्रताडना कतिसम्म झेल्नुपर्छ भन्ने मार्मिक पक्षलाई उतार्न खोजिएको छ । एउटी अशिक्षित स्त्रीले सानै उमेरमा शारीरिक र मानसिक यातना कतिसम्म झेल्छिन् र त्यसले उसको सिंगो जीवनलाई कुन हदसम्म प्रभावित तुल्याउँछ ? कथाको केन्द्रीय विषय यही रहे पनि ती स्त्रीलाई दुःख र यातनाको सिकार बनाउने पतिको पछिल्लो कालखण्डको पीडा र पश्चात्तापलाई उजिल्याउनसमेत कथा केन्द्रित देखिएको छ । यी दुवै कथाले पुरुष सत्तावादी समाजमा स्त्रीको अवस्था केकस्तो परिस्थिति झेल्दै गुज्रिन्छन्, त्यही पक्षलाई प्रष्ट पार्न चाहेका छन् । साथै, उनका कथाहरूले एउटा गहन प्रश्न पनि उठाएको छ, आखिर महिलालाई सत्ता, सम्मान र आत्मनिर्णयको अधिकार कहिले प्राप्त हुन्छ ?
‘पगाहा’ भने मानिसको नियतिलाई उजागर गर्ने कथा हो । ग्रामीण भेगमा गाईभैंसीले बालीनाली नचरोस् भनेर पगाहा लगाउने चलन छ । पगाहा अर्थात् एक किसिमको बन्धन । पगाहामा बाँधिएको पशुले एउटा निश्चित, नियमबद्ध र संकुचित जीवन जिउनुपर्छ, अरू विकल्प रहँदैन । कथा सर्जकले पनि मानिसको जीवनलाई त्यही पशुलाई लगाइएको पगाहासँग तुलना गर्न खोजिएको छ । उनका ‘म यही मर्न पाऊँ’, बेगलकाँटे’, ‘नजन्माएको छोरा’, ‘म आत्माराम नेपाल’जस्ता सिर्जनाहरू उत्कृष्ट रहेका छन् ।
मूलतः कथासर्जकले आफ्ना सिर्जनामा मानवीय सरोकार र गरिमाको प्रश्नलाई गहन रूपले उठाउन खोजेका छन् । मान्छेका स्वप्न, पीडा, संघर्षशील कथा, तुच्छपनजस्ता पक्षलाई उनले अर्थपूर्ण रूपमा टिपेका छन् र त्यसैलाई नै लेखनको विषय बनाएका छन् । र त सर्जकलाई मान्छेको कथा कसरी वाचन गर्नुपर्छ भन्ने राम्ररी हेक्का रहेको देखिन्छ ।
कृति ः पगाहा
विधा ः कथा
कथाकार ः खेमराज पोखरेल
प्रकाशक ः बीएन पुस्तक संसार
पृष्ठ ः २००
मूल्य ः ३००।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जनाको मझेरीमा उपेक्षित किसान

ShareTweet – मधेस सदैव उर्वर भूमि रहँदै आयो । अन्नबालीको प्रचुरता रहेको मधेसका जनताले चिनी कारखाना खुल्न थालेपछि उखु खेतीलाई प्रश्रय दिए । नगदे बालीका रूपमा परिचित- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

उज्यालोको एउटा गीत

ShareTweet अक्सर कविहरूसामु विषयवस्तुको छनोट र बिम्बविन्यासको क्रममा उज्यालो या अँध्यारोमध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ ।- ...
पूरा पढ्नुहोस्

छोटकरीमा