4th June 2020, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

बालुवाटारबाटै कसले गर्दै छ प्रधानमन्त्रीको बदनाम ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै तर्फबाट भइरहेका कतिपय काम आफूलाई जानकारी नहुने खुलासा गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक तथा अनलाइनका सम्पादकहरूसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले यस विषयमा तीनवटा प्रसंग सुनाएका थिए । एउटा महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई पक्राउ गरी बालुुवाटार पु¥याइएको घटना, दोस्रो पूर्वमाओवादी जनसेनाका अयोग्य लडाकू लेनिन विष्टलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको प्रसंग र अर्को ट्रमा सेन्टरका चिकित्सकलाई अस्पतालबाट उठाएर गृह मन्त्रालय पु¥याएको प्रकरण ।
यी तीनै सन्दर्भमा आफू बेखबर मात्र होइन, विष्टलाई फर्काइएको प्रसंग भोलिपल्ट मिडियाबाट थाहा पाएको स्पष्ट पारेका थिए । कोइरालालाई गत असार अन्तिम साता कोलम्बियाको एक कार्यक्रममा भाग लिन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी प्रधानमन्त्री निवास बालुवाटार पु¥याइएको थियो । कुलपति प्रधानमन्त्रीलाई जानकारी नै नदिई शिक्षासम्बन्धी कार्यक्रममा भाग लिन जान लागेकाले कोइराला पक्राउ परेको र उनलाई प्रधानमन्त्रीको आदेशमा बालुवाटार पु¥याइएको समाचार तत्काल अनलाइन सञ्चार माध्यमहरूमा भाइरल भएको थियो । तर, प्रधानमन्त्रीले आफूले त्यस्तो गलत आदेश दिने सम्भावना नै नरहेको र भोलिपल्ट मात्र आफूलाई जानकारी भएको भनेपछि सम्पादकहरू आश्चर्यचकित भएका थिए । त्यसो त बालुवाटारभित्रकै कतिपय सल्लाहकारहरूसमेत कोइरालालाई त्यसरी निवासमै पु¥याइएपछि मात्र झस्किएका थिए । स्रोतका अनुसार कोइरालालाई त्यसरी बालुवाटार पु¥याएर एक घण्टासम्म बन्दीसरि केरकारसम्म गराउने कामको तारतम्य प्रधानमन्त्रीका एक अघोषित सल्लाहकारले गरेका थिए । नेपाल–भारत प्रबुद्ध समूहका सदस्यसमेत रहेका ती अघोषित सल्लाहकारकै आदेशमा कोइरालालाई बालुवाटार पु¥याएर केरकार गरिएको थियो ।
उनले कानुन र नियमावली उल्लंघन गरेकाले फर्काउने घटनासम्म त ठीकै थियो । तर, प्रधानमन्त्री निवासमै उपकुलपतिलाई पु¥याइएको घटनाबाट कम्युनिस्ट अधिनायकवाद यस्तो हुन्छ भन्दै हौवा पिटाइएपछि सरकार प्रतिरक्षात्मक बन्न बाध्य बनेको थियो । उता, विष्टका सन्दर्भमा भने आफूले घटना केहो भन्ने विषयमा जानकारी मागेको जानकारी गराएका थिए ।
प्रधानमन्त्री मुलुकको कार्यकारी प्रमुख भएकाले अतिव्यस्त रहनु स्वाभाविक छ । तर, उनकै नाममा यसरी बदनाम गर्ने घटना भने उनकै नाममा घोषित र अघोषित सल्लाहकारहरूबाट भएपछि सतकर्ता अपनाउन थालिएको बुझिएको छ ।
कोलम्बियामा एक कार्यक्रममा भाग लिन जान लागेका कोइरालालाई गत असार अन्तिम साता प्रहरीले विमानस्थलमा पक्राउ गरी प्रधानमन्त्री निवास बालुवाटार पु¥याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...