16th October 2018, Tuesday

E-budhabar

जनसंगठन कि टे«ड युनियन अधिकार सहितको जनसंगठन ?



श्रमजीवी वर्गको अग्रदूत पार्टी कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्र साँचो अर्थमा श्रमिक वर्गको मुक्ति सम्भव छ । कम्युनिस्ट पार्टी एक्लैले मात्र आफ्ना घोषित लक्ष्य उद्देश्य हासिल गर्न सक्दैन । यसै भएर आमसमुदायलाई गोलबन्द गर्न पार्टीले विभिन्न पेसागत÷समुदायगत जनसंगठनहरू निर्माण गरेको हुन्छ । कतिपय स्थितिमा समुदाय÷पेसामा आबद्धहरूले आफ्नै सचेत पहलबाट पेसागत÷सामुदायिक संगठन बनाएका हुन्छन् र उनीहरूको कम्युनिस्ट पार्टीमा सामीप्य हुन्छ । पार्टीको नीति विचारलाई आत्मसात् गर्नेहरू पार्टीको जनसंगठनको हैसियतमा क्रियाशील हुन्छन् । यस्ता जनसंगठनहरूले परोक्ष रूपमा पार्टीका नीतिहरूलाई आत्मसात् गर्दै सञ्चालनमा भने स्वायत्त हुन्छन् । आफ्नै विधानबाट संगठन सञ्चालन हुने, आफैंले पार्टी नीतिअनुरूप संगठन नीति निर्माण गर्ने र नेतृत्व निर्माण गर्ने कार्य गर्दछन् । पार्टी र जनसंगठनबीच ‘नीतिमा सारमा एकरूपता तर सञ्चालनमा स्वायतता’का आधारमा सञ्चालन हुन्छन् । तर, प्रत्यक्ष रूपले पार्टी नीति अनुशरण नगर्ने साझा, स्वतन्त्र खालका सामुदायिक संगठनहरूभित्र पनि त्यहाँ पार्टीका सदस्यहरू कार्यरत रहे, पार्टी सदस्यहरूले त्यस्ता संगठनहरूभित्र पनि पार्टीका नीतिलाई अपरोक्ष रूपमा स्थापित गर्न पहल प्रयत्न गर्नुपर्दछ । यो पार्टी सदस्यहरूको दायित्व नै हो ।
विश्व कम्युनिस्ट आन्दोलनमा प्रायः कम्युनिस्ट पार्टीअन्तर्गत युवा, महिला, किसान, विद्यार्थी, श्रमिक पेसाकर्मी, बुद्धिजीवी र सांस्कृतिककर्मीहरूका संगठनहरू जनसंगठनका रूपमा क्रियाशील भएको पाइन्छ । तर, नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीभित्र दुई÷तीन दर्जनभन्दा बढी जनसंगठन आबद्ध भएको पाइन्छ । श्रमिक वर्गीय पक्षपोषण र दृष्टिकोणमा विश्वास गर्ने कम्युनिस्ट पार्टीमा ‘जातीय’ संगठनहरूले पनि जनसंगठनको हैसियत पाएर क्रियाशील रहेको पाइन्छ । अझ अहिले त जनसंगठनको हैसियत पाउन÷लिन विभिन्न पेसागत संगठनहरू निर्माण गर्ने आमप्रवृत्ति बढ्दै गएको पाइन्छ ।
पेसागत क्षेत्रमा कलमजीवी पेसाकर्मीहरू र शारीरिक श्रमिक पेसाकर्मीहरू (ब्लु कलर र ह्वाइट कलर) हरूका त थुप्रै संगठन हुन्छन्, विषयगत हिसाबले, क्षेत्रगत हिसाबले र सेवागत हिसाबले पनि पार्टीले यी सबै संगठनलाई सोझै जनसंगठनका रूपमा मान्यता दिँदै जाने हो भने अन्ततः नेपालको किसान आन्दोलन । सांस्कृतिक आन्दोलन र श्रम आन्दोलन भित्र शारीरिक र मानसिक श्रमिक कलमजीवी पेसाकर्मीहरूले निर्माण गरेको महासंघीय ढाँचाका संगठन ट्रेड युनियनहरूको औचित्यमा प्रश्न चिन्ह उठ्छ नै । यस सन्दर्भमा कार्य प्रकृति मिल्ने समस्त कलमजीवीहरू एकै ठाउँमा भेला हुने र साझा सरोकारका विषयमा एकीकृत संगठन (बोर्डर एलायन्स) निर्माण गरेर सिंगो पेसाकर्मीहरूको प्रतिनिधित्व गर्ने र पार्टीले पनि यस्तो खाले एकीकृत संगठनहरूलाई जनसंगठनका रूपमा स्वीकार गर्ने नीतिका साथ अगाडि बढ्न आवश्यक हुन्छ । यसो हुँदा कलमजीवी श्रमिक पेसाकर्मीहरूका बीचमा ठूलो र सानो भन्ने, तल्लो पद र माथिल्लो पदको छुट्टाछुट्टै संगठन बनाउने खालको विभेदकारी बुर्जुवा सामन्ती संस्कृति र व्यवहारको पनि क्रमशः हटेर जानेछ, सिंगो संगठनभित्र हार्दिकता, एकता र कमरेडली भावनाको विकास भएर जानेछ र सबै एउटै मिसनमा हातमा हात मिलाउँदै अगाडि बढ्ने स्थितिको विकास हुन्छ, तसर्थ संगठन निर्माण र सञ्चालनका सन्दर्भमा यस्ता विषयहरूलाई ध्यान दिनु जरुरी हुन्छ ।
अहिले एकीकृत संगठन निर्माणका सन्दर्भमा कम्युनिस्ट पार्टीको जनसंगठनको हैसियत प्राप्त गर्ने लक्ष्यका साथ गतिविधि अगाडि बढिरहेका छन् । यो सकारात्मक विषय पनि हो । तर, श्रम क्षेत्रमा कार्यरत प्राध्यापक, डाक्टर, इन्जिनियर, पत्रकार, कर्मचारीलगायत श्रमिक पेसाकर्मीका ज्वलन्त मुद्दाहरू सेवा सुरक्षा, वृत्ति विकास, समयोचित आर्थिक सुविधा वृद्धि, अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुरूपका विषयलाई श्रम क्षेत्रमा लागू गर्ने, गराउने विषय यही क्षेत्रकै संगठनहरूले नै गर्ने हो । श्रमिक पेसाकर्मीका यस्ता ज्वलन्त सवाललाई सरकार÷व्यवस्थापन समक्ष माग, आन्दोलन र ध्यानाकर्षण गर्न÷गराउन यस्ता संगठनहरू ट्रेड युनियन अधिकार प्राप्त संगठन हुनैपर्दछ । अब कानुनी शासन भएको हाम्रोे जस्तो देशमा, हरेक संगठनहरूले वैधानिक सीमाभन्दा बाहिर गएर गरिएका गतिविधि अवैधानिक हुन्छन् । ट्रेड युनियन अधिकारले लैस नभएका पेसागत संगठनहरूले आफ्ना सदस्यहरूका हितका लागि माग अगाडि सारी संघर्ष÷आन्दोलन सञ्चालन गर्न र सामूहिक सौदाबाजी गर्न सक्दैनन् ।
तसर्थ, यतिखेर पेसागत क्षेत्रमा संगठन निर्माण र सञ्चालन गरिरहँदा केवल पार्टीको जनसंगठनका रूपमा मात्रै कि ट्रेड युनियन अधिकारसहितको जनसंगठन । संगठन निर्माण गर्ने र सञ्चालन गर्ने भन्ने विषयमा ठन्डा दिमागले सोच्न जरुरी छ । यदि श्रमक्षेत्रमा क्रियाशील पेसागत संगठनहरूले ट्रेड युनियन अवधारणालाई आत्मसात् नगरी केवल ‘प्रोफेसनल संगठन’को मात्रै कुरा गरेर हिँड्ने हो भने आफ्ना वरिपरि संगठित र गोलबन्द भएका सदस्यहरूको हक हितका लागि काम र जीवनलाई मर्यादित बनाउन सकिन्न । आज प्रत्येक श्रम क्षेत्रमा कार्यरत श्रमिक पेसाकर्मीहरूको कामलाई मर्यादित बनाउने, दिशामा नै पेसागत संगठनहरूले आफ्नो भूमिकालाई स्थापित गर्दै प्रभावकारी बनाउनुपर्दछ । यसका लागि समस्त, शिक्षक, प्राध्यापक, स्वास्थ्यकर्मी, इन्जिनियरीङ्ग एवं सार्वजनिक कर्मचारीका क्षेत्रमा विश्वव्यापी रूपमा प्राप्त ट्रेड युनियन अधिकारको निर्बाध उपयोग गर्दै मर्यादित एवं वैधानिक तवरले वर्गसंघर्ष केन्द्रीत आन्दोलनको अगुवाइ गरेर श्रमजीवी वर्गीय आन्दालनको विकास गर्नु पर्दछ । यसो गर्दा मात्र पार्टीको सम्पर्क, सम्बन्धलाई समुदायबीच स्थापित गर्न सकिन्छ । श्रमजीवी वर्गीय पक्षधरताको कोणबाट संगठन निर्माण र सञ्चालन गर्न सकिएन भने पेसागत संगठनहरू केवल नाम मात्रका हुन्छन् । संगठनका टाठाबाठाहरूका लागि संगठन भ¥याङ मात्र बन्न पुग्दछ र संगठनहरू केवल नेतृत्वका लागि लाभ, अवसर र राजनीतिक नियुक्ति दिलाउने गोलचक्करमा फस्न पुग्दछन्, यस्तो स्थितिमा समुदायका बहुसंख्यक सदस्यहरूको हक र हितको सवाल गौण बन्न पुग्दछ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा