13th December 2018, Thursday

E-budhabar

आर्थिक पाटो उधिन्न अग्रसर



आर्थिक पाटो उधिन्न अग्रसर

औद्योगिक क्रान्तिको लहरसँगै सिंगो युरोपले विकासको दिशामा फड्को मारिरहेको बेला नेपाल भने त्यो प्रक्रियाबाट बेखबरजस्तै रह्यो । औद्योगिक क्रान्तिको हावा नेपालमा भित्रिन एक शताब्दी नै लाग्यो र पृथ्वीको एउटा कुनामा भइरहेको आर्थिक चमत्कारलाई देख्न र आत्मसात् गर्न युगौं कुर्नुप¥यो । यसरी, नेपालले औद्योगिक क्रान्तिलाई तत्काल ग्रहण गर्न नसक्नुको मुख्य कारण थियो, तत्कालीन शासकहरूमा अन्तर्निहित दूरदृष्टिको अभाव । अझ, राणाकालीन समयमा समाजलाई बन्द अवस्थामै राखी राख्ने नियत र सोच तत्कालीन शासकहरूले राखेपछि त अर्थतन्त्रको विकासले उल्लेख्य फड्को मार्न सम्भव नै देखिएन । एउटा पछौटे र गतिहीन समाजको रूपमा नेपाल अल्झिरह्यो र त्यसको तीखो असर अर्थतन्त्रको विकासमा पर्न पुग्यो ।
आर्थिक मामिलाका लेखक एवं टिप्पणीकार सुजीव शाक्यको सद्यः प्रकाशित कृति ‘अर्थात् अर्थतन्त्र’ले नेपाली अर्थतन्त्रले भोग्नुपरेका उल्झनहरूबारे ऐतिहासिक पृष्ठभूमिदेखि वर्तमानसम्मका विस्तृत पक्षहरूलाई कोट्याउन खोजिएको छ । ‘नेपाली इलम र उद्यमको यात्रा’ नाम दिइएको उक्त किताबमा पृथ्वीनारायण शाहको राज्यकालदेखि अहिलेसम्मको आर्थिक विकासको यात्रालाई समेटिएको छ । मूलतः राजनीतिक परिवर्तनपछि कतिपय मुलुकहरूले आर्थिक समृद्धिको दिशामा पाइला चाले पनि नेपाल भने विभिन्न परिवर्तनबाट गुज्रिँदै अघि बढे पनि आर्थिक रूपमा पछौटे बन्नुका मूल कारण के हो ? भन्ने चुरो पक्ष खोतल्ने कार्यमा पुस्तक अग्रसर रहेको छ । र, मुलुकलाई पछाडि धकेल्ने कार्यमा शासकहरूकै खराब दृष्टिकोण र नियत नै प्रमुख रूपमा जिम्मेवार रहेको पनि यो किताबको मुख्य निचोड रहेको देखिन्छ ।
पृथ्वीनारायण शाहले आफ्नो शासनकालको अधिकांश समय राज्य विस्तारमा नै खर्चिए । उनको देहावसानपछि पनि राज्य विस्तारको क्रमलाई उनका छोराहरूले तन्काए । तर, राज्य विस्तारपछि मुलुकको आर्थिक कमजोर बन्न पुगेको शाक्यको ठम्याइ छ– ‘बेलायतजस्तो साम्राज्यसँग बिनासुझबुझ युद्ध लड्ने मुख्र्याइँ गर्नु तत्कालीन शासकको कमजोरी थियो । दूरदृष्टिको कमी थियो ।’ उनी जंगबहादुर राणाप्रति त पूरै नकारात्मक देखिएका छन् । जंगबहादुरले बेलायतसँग सम्बन्ध सुधारेर केही तरक्की गर्न खोजे पनि उनको शैली भने आलोचनात्मक रहेको शाक्यको बुझाइ देखिन्छ, ‘सामान्य परिवार (कुँवर) बाट आएका उनले उद्दण्डता र मुख्र्याइँको भरमा आफूलाई स्थापित गरे । जंगबहादुर धेरै हिसाबले नेपालको नेपोलियन थिए ।’
नेपाली अर्थतन्त्रलाई गहिराइमै पुगेर बुझेका र आर्थिक क्षेत्रमा लामो अनुभव सँगालेका प्रवुद्ध व्यक्तिहरूसँग भएका छलफललाई पनि उनले पुस्तकका उद्घृत गरेका छन् । सरकारको गलत नीति–नियम, ढिलासुस्ती, दूरदृष्टिको अभावलगायत कारण आर्थिक क्षेत्रमा विसंगतिको बाक्लो पर्दा लाग्न पुगेको निष्कर्ष निकाल्न समक्ष शाक्यले रिपोर्टिङको शैलीमा पुस्तक लेखेका छन् । अतः विगतमा आर्थिक क्षेत्रको विकासका बाधक तŒवहरू के–के हुन् र त्यसले नेपाललाई समृद्धिको मार्गमा अग्रसर हुन कसरी छेक्यो भन्ने विषय बुझ्न चाहनेहरूका निम्ति यो किताब उपयोगी देखिन्छ ।
कृति ः अर्थात् अर्थतन्त्र
विधा ः लेख
लेखक ः सुजीव शाक्य
प्रकाशक ः नेपालय
पृष्ठ ः ३४०
मूल्य ः ४७५।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जनाको मझेरीमा उपेक्षित किसान

ShareTweet – मधेस सदैव उर्वर भूमि रहँदै आयो । अन्नबालीको प्रचुरता रहेको मधेसका जनताले चिनी कारखाना खुल्न थालेपछि उखु खेतीलाई प्रश्रय दिए । नगदे बालीका रूपमा परिचित- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

उज्यालोको एउटा गीत

ShareTweet अक्सर कविहरूसामु विषयवस्तुको छनोट र बिम्बविन्यासको क्रममा उज्यालो या अँध्यारोमध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ ।- ...
पूरा पढ्नुहोस्

छोटकरीमा