16th January 2019, Wednesday

E-budhabar

लागूऔषधमुक्त जिल्लाका लागि यस्तो छ एसपी रजौरेको अभियान



लागूऔषधमुक्त जिल्लाका लागि यस्तो छ एसपी रजौरेको अभियान

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई अशोज महिनावाट मासिक रुपमा पुरस्कृत गर्ने भएको छ ।  जिल्लालाई लागूऔषधमुक्त बनाउनका लागि मासिक रुपमा एक जना प्रहरीलाई पुरस्कृत गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले बताए । प्रहरीको मनोवल उच्च राख्न र सभ्य समाज निर्माण गर्नका लागि  पनि यस्तो अभियान संचालन गर्न लागिएको हो ।’ लागूऔषध, कारोवारी र सेवनकर्ता पक्राउ गर्दा मानव अधिकारको उल्लंघन गर्न नहुने, कुटपिट गर्न नहुनेलगायतका शर्तहरु राखिएको छ ।
एसपी रजौरे यहाँ प्रमुख भएर आएपछि जिल्लालाई लागुऔषधमुक्त बनाउन विशेष अभियानका साथ प्रहरीले सक्रियता बढाएको छ । गत मंगलबार मात्रै १५.६ ग्राम लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले सुब्बाकुना चेकपोष्टबाट उक्त परिणामको लागूऔषध ब्राउनसुगर बरामद गरेको हो ।
एसपी रजौरेका अनुसार सुब्बाकुनामा चेकजाँचका क्रममा तीन घण्टाको अवधीमा पाँच जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार वीरेन्द्रनगर–३ तातापानीका २९ वर्षीय रमेशकुमार मल्लको साथबाट दुई ग्राम ७८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको हो । मल्लले भे४प ३४२१ नम्वरको मोटरसाइकलको लुकिङ ग्लासमा लुकाएर ल्याएका थिए । यस्तै वीरेन्द्रनगर–३ का २४ वर्षीय समिर थापा र २३ वर्षीय यज्ञ सुनारलाई तीन ग्राम १३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले पनि भे८प ३७०६ नम्वरको मोटरसाइकलको लुकिङ ग्लासमा ब्राउनसुगर लुकाएर ल्याएका थिए । यस्तै वीरेन्द्रनगर–४ का २३ वर्षीय सन्तोष बस्याल, २८ वर्षीय डम्वरबहादुर भण्डारीलाई नौ ग्राम ६९० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले नेपालगञ्जबाट स्ल्याक्स (कट्टु) मा लागूऔषध लुकाएर ल्याएको प्रहरीको भनाई छ । एकै दिन ठूलो परिणाममा लागूऔषध ब्राउनसुगर बरामद गरिएको यो पहिलो घटना हो ।
प्रहरीका अनुसार पक्राउ परेका सबै लागूऔषध कारोवारी हुन् । ‘नेपालगञ्जबाट लागूऔषध ल्याएर सुर्खेतमा विक्री–वितरण गर्ने कार्यमा उनीहरुको संलग्नता रहेको पाइएको छ’ एसपी रजौरेले भने, ‘थप कारोवारीहरुको खोजी भइरहेको छ ।’

Leave a Reply

... र यो पनि ...

चक्रपथ

आगलागीमा कर्मचारीकै लापरबाही

ShareTweet काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण त्रिशूली जलविद्युत् आयोजनाको विद्युत् गृहमा एक वर्षमै तीनपटक आगलागी हुन पुगेको छ । तर, पटकपटक आगलागी भएर भौतिक क्षति- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नायक कि खलनायक ?

ShareTweet ‘इतिहास एक संवाद हो,’ आर्थर मारविकले भनेका थिए । तर, अब इतिहास संवादमा मात्र सीमित छैन । संवाद, विवाद, अन्तर–आवाजहरूका घेरा नाघिसकेको छ इतिहासले । केही दिनपूर्व- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कृषिवनको उपयोगिता

ShareTweet जनसंख्या वृद्धिसँगै परिवार टुक्रिने क्रम बढ्दो छ । परिवार टुक्रिएसँगै जग्गा–जमिनहरू खण्डीकृत हुने क्रम पनि उत्तिकै तन्किँदो छ । एकातिर जमिनको खण्डीकरणसँगै- ...
पूरा पढ्नुहोस्

छोटकरीमा