19th March 2019, Tuesday

E-budhabar

कानुन र सामान्य मन्त्रीबीच चिसियो सम्बन्ध



काठमाडौं । आफूले दिएको सुझाव र सहमतिलाई काटेपछि कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितबीच सम्बन्ध चिसिन पुगेको छ । एउटै जिल्ला मोरङबाट जितेका ढकाल र पण्डितबीच संघीय निजामती सेवा ऐन २०७५ को विषयलाई लिएर सम्बन्ध बिग्रिन पुगेको हो ।
नयाँ विधेयक ल्याउँदा कानुन र अर्थ मन्त्रालयसँग सुझाव र सहमति लिने नियमानुसार निजामती सेवा ऐन २०७५ ल्याउनुअघि सामान्य मन्त्रालयले कानुनमन्त्रीको सुझाव मागेको थियो । कानुनमन्त्री ढकालले ‘ट्रेड युनियनहरू यथास्थितिमा रहने’ गरी आफ्नो सुझाव दिएका थिए । तर, केही दिनअघि मन्त्री पण्डितले सो विधेयक मन्त्रिपरिषद्मा पेस गर्दा राष्ट्रिय स्तरका टे«ड युनियनहरू खारेज हुने गरी विधेयक पेस भएपछि मन्त्री ढकाल र पण्डितबीच सम्बन्ध चिसिएको बताइन्छ ।
विद्यमान निजामती ऐनमा राष्ट्रिय स्तरका टे«ड युनियनहरू र आधिकारिक ट्रेड युनियनमा शाखा अधिकृतसम्मका कर्मचारीहरूले सदस्य लिन पाउने व्यवस्था रहेको छ । तर, नयाँ विधेयकमा भने राष्ट्रिय स्तरको टे«ड युनियन खारेजी गर्ने गरी आधिकारिक टे«ड युनियनको प्रावधान मात्रै राखिएको छ । आधिकारिक टे«ड युनियनमा नासुसम्मका कर्मचारीहरू सदस्य बन्न पाउने प्रावधान राखिएको छ ।
त्यस्तै, नयाँ निजामती ऐनमा सेवा समूह पनि घटाउने प्रस्ताव ल्याइएको छ । अहिले सामान्य प्रशासन, कृषि, परराष्ट्र, वन, विविध गरी १० वटा सेवा समूह रहेका छन् । तर, नयाँ ऐनमा भने १० वटा सेवा समूहलाई आठमा झार्ने प्रस्ताव गरिएको छ । विविध, आर्थिक तथा तथ्यांक र शिक्षा सेवा समूहलाई गाभेर प्रशासन सेवा बनाउने गरी प्रस्ताव गरिएको छ । तर, सेवा समूह गाभ्ने कुराको अधिकांश कर्मचारीहरूले विरोध जनाएका छन् । तीनवटा सेवा समूहलाई गाभ्दा कर्मचारीहरूको बढुवामा समस्या पर्ने देखिएको हुँदा विरोध भएको हो । कतिपय कर्मचारीहरूले त सेवा समूह घटाएर गाभ्ने कार्यलाई कर्मचारीहरूबीचमै फुट ल्याउने नियत लुकेको आशंका गरेका छन् ।
त्यसो त सेवा परिवर्तन विद्यमान कानुनी व्यवस्थाको समेत विपरीत रहेको बताइन्छ । लोकसेवा आयोगद्वारा तोकिएको परीक्षा लिएर मात्र सेवा परिवर्तन गर्न सकिने व्यवस्था रहेको छ । तर, यस्तो कानुनी प्रावधान हुँदाहुँदै पनि सेवा परिवर्तनको प्रस्ताव नयाँ विधेयकमा राखिएको हुँदा त्यसले कर्मचारीहरूलाई आक्रोशित तुल्याएको हो । यसरी नै विद्यमान निजामती ऐनमा सय प्रतिशत शाखा अधिकृत खाली हुँदा ७० प्रतिशत खुला प्रतिस्पर्धाबाट र बाँकी ३० प्रतिशत ज्येष्ठताका आधारमा नासुबाट पदपूर्ति गर्ने व्यवस्था रहेको छ । तर, नयाँ विधेयकमा भने ३० प्रतिशतलाई ज्येष्ठताका आधारमा नासुबाट बढुवा गर्ने प्रावधानलाई घटाएर १० प्रतिशतमा सीमित पारिएको छ । नयाँ विधेयकलाई अफिसरमुखी बनाउन खोजिएको भन्दै निजामती कर्मचारीहरूले तीव्र विरोध जनाएका छन् ।
यसैबीच, मन्त्री पण्डितलाई प्रधानमन्त्री कार्यालयले समेत ‘केही प्राविधिक विषय नमिलेको हुँदा सच्चाएर ल्याउनुस्’ भनेर निर्देशन दिइसकेको बताइन्छ । मन्त्रिपरिषद्ले फिर्ता पठाउँदा अर्कै अर्थ लाग्ने भएपछि सुटुक्कसँग नै केही प्रावधान सच्याएर ल्याउन मन्त्री पण्डितलाई त्यसरी निर्देशन दिएको बताइन्छ । नयाँ विधेयक नसच्याईकन अब बस्ने मन्त्रिपरिषद्को बैठकमा पेस गर्दा सामान्य प्रशासन र अरु मन्त्रीबीच रस्साकस्सी पर्ने भएपछि त्यसलाई सच्चाएर ल्याउन प्रधानमन्त्री कार्यालयले मन्त्रीलाई निर्देशन दिएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

आजाद–स्मृति दिवसमा प्रधानमन्त्रीले भने, ‘अब हामी द्रुत गतिमा जान्छौं’

ShareTweet काठमाडौं । गणतन्त्रका ल्याउन लडेका सिन्धुलीका ऋषिराज देवकोटा ‘आजाद’लाई भिमानको जंगलमा पञ्चायत सरकारले क्रूरतापूर्वक हत्या गरेको खबर वर्तमान प्रधानमन्त्री- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा