23rd March 2019, Saturday

E-budhabar

श्यामलाई राखेपछि मन्त्रीकै आलोचना



श्यामलाई राखेपछि मन्त्रीकै आलोचना

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको ‘पूर्वजनमोर्चा’ मोहका कारण झनै आलोचना बढ्दै गएको छ । पूर्वजनमोर्चाको पृष्ठभूमि भएका मानिसहरूलाई काखी च्याप्ने र अरूलाई बेवास्ता गर्ने मन्त्री पोखरेलको कार्यशैलीको नेकपाभित्रै आलोचना बढ्न पुगेको हो ।
अरू त ठीकै थियो । तर, मन्त्री पोखरेलको अध्यक्षतामा करिब दुई महिनाअघि गठन भएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा गैरशिक्षाविद्हरूलाई समेत पूर्वजनमोर्चा भएकै कारण समावेश गरेपछि उनको आलोचना बढ्न पुगेको हो । मन्त्री पोखरेलले आफूसँग लामो समयदेखि निकट रहेका पत्रकार श्याम श्रेष्ठलाई पनि उच्चस्तरीय शिक्षा आयोगमा राखेपछि ‘पत्रकारलाई किन राखियो ?’ भन्ने प्रश्न उठ्न पुगेको थियो । आयोगमा रहेका पत्रकार श्रेष्ठले अहिले आयोगभित्रको विभिन्न समूहमध्ये आधारभूत शिक्षा समूहको जिम्मेवारी लिएर काम गरिरहेका छन् ।
मन्त्री पोखरेलले पत्रकार श्रेष्ठलाई ‘जागिर खुवाउनैका निम्ति’ मात्र आयोगमा राखिएको देखिएको छ । उच्चस्तरीय शिक्षा आयोगमा श्रेष्ठलाई राख्दा ‘हाँसको बथानमा बकुल्ला’ भनेर चर्चा भए पनि आयोगका सदस्यले विशिष्ट श्रेणी (सचिवसरह) को सुविधा पाउने भएको हुँदा श्रेष्ठलाई आयोगमा राखिएको बताइन्छ । आयोगको कार्यावधि चार महिनालाई तोकिएको छ र कात्तिक मसान्तभित्र आयोगले प्रतिवेदन तयार पारिसक्नुपर्छ ।
तर, मन्त्री पोखरेलले भने डा. गोविन्द केसीको आमरण अनशनमा ऐक्यबद्धता जनाउन सडकमा उत्रिएका बुद्धिजीवीहरूको अग्रपंक्तिमा बसेका पत्रकार श्रेष्ठलाई आयोगमा राखे पनि बचाउ गर्दै आएका छन् । श्रेष्ठलाई आयोगमा राखिएको विषयमा मन्त्री पोखरेलले ‘शिक्षा क्षेत्रको सुधार र पुनःसंरचनाका लागि बनेको आयोगमा शिक्षा क्षेत्रभन्दा बाहिरका मानिसलाई पनि राख्न सकिन्छ, शिक्षा क्षेत्रभन्दा बाहिरका मानिसले पनि शिक्षाको बारेमा बुझेका हुँदा योजना बनाउन सुझाव दिन सक्छन्’ भनेर भन्दै आएको बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा