21st May 2019, Tuesday

E-budhabar

मानवीय आस्थाको रेखांकन



मानवीय आस्थाको रेखांकन

समाज बुझ्नलाई समाजका अवयवहरू चहार्नैपर्छ । सामाजिक रीतिथिति, चालचलन र मानिसहरूका आचरणलाई छेउबाट ननियाली कुनै पनि समाजलाई चिन्न सकिँदैन । नेपाली कविता÷निबन्ध लेखनमा परिचय बनाइसकेका भीष्म उप्रेतीले प्रथम उपन्यास ‘पाइला पाइला’मा सुदूर, मध्यपश्चिम र कर्णाली भेगको बदलिँदो जीवनशैलीलाई सूक्ष्म ढंगले अध्ययन गर्न चाहेका छन् । कुनै समय भौगोलिक विकटता र चेतनाको प्रसार नहुँदा ‘बिरानो मुलुक’ लाग्ने कर्णाली भेगमा आएको परिवर्तनसँगै मध्य र सुदूर पश्चिमको फेरिँदो समाज वरिपरि उनको लेखन वृत्त टाँगिएको छ ।
‘पाइला पाइला’ यात्रा वृत्तान्तको फ्रेममा रचिएको उपन्यास हो । नेपाली समाजको अध्ययन गर्ने र ती समाजमा भेटिने पात्रहरूलाई आफ्नो लेखनको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने आकांक्षा बोकेर कर्णाली भेग, मध्य र सुदूरपश्चिमका अनेक भूभाग टेक्ने एक लेखकको अनुभूतिलाई यो उपन्यासमा उतारिएको छ ।
विशुद्ध सामाजिक अध्येता भएर हुम्ला पुग्दा उनमा बहुपति प्रथाको पर्दालाई उघार्ने रुचि पलाउँछ । बहुपति प्रथा भोगेकी एक महिला र त्यही समाजमा अहिलेका युवतीको सोचमा आएको परिवर्तनलाई उनी छेउबाटै नियाल्न चाहन्छन् । २२ वर्षअघि हुम्ला पुग्दाको अवस्था र वर्तमान अवस्थालाई तुलना गर्दै उनी लेख्छन्, ‘मानिसहरूले सफा र नटालेका लुगा लगाउन थालेछन् । बाइस वर्षअघि सिमकोट र हुम्लाका गाउँघरतिर मानिसहरू एकदमै धेरै टालेको भए पनि कोट अनिवार्यजस्तै लगाउँथे । यसपालि त्यस्तो देखिएन । फेरि मानिसहरूको नजिकै पुग्दा नमीठो गन्धले नाक भरिन्थ्यो । फोहोर र मैला लुगाबाट निस्कने गन्ध एकदम अप्रिय लाग्थ्यो । अहिले त्यो अवस्थामा पनि पूरै परिवर्तन आएछ ।’
कर्णालीलगायतको समाजलाई नियाल्ने र लेखनका लागि कच्चा पदार्थ जुटाउने क्रममा उनले नेपालगन्जलाई ‘बेसक्याम्प’ बनाएका छन् । नेपालगन्जका अग्रज स्रष्टा सनत रेग्मीसँगको परामर्श र सहयोगमा उनले प्रारम्भमा नेपालगन्ज र त्यस वरिपरिको समाजलाई बुझ्ने अभिलाषा सँगाल्छन् । नेपालगन्जमै रहेर कहिले हुम्ला, कहिले दैलेख र कहिले डोटीका पहाडी भेगहरूमा उनी पुग्दछन्, त्यहाँका जनजीवनलाई उधिन्ने प्रयत्न गर्छन् । त्यही क्रममा से फोक्सुन्डो ताल पुग्दा उत्पन्न अनुभूतिलाई उनी यसरी अक्षरबद्ध तुल्याउन चाहन्छन्, ‘चारैतिर शान्ताक्लजजस्तो सेतो टोपी लगाएका अग्ला हिमालहरूको काखमा गाढा नीलो फ्रक लगाएर पल्टिएकी युवतीजस्तो से फोक्सुन्डो । उनका नीला आँखाको गम्भीरता सायद यस तालको गहिराइ हो । उनको मानसमा खेलिरहने आकांक्षाहरू सायद यस तालमा रमाइरहने रजहाँस हुन् ।’
यो उपन्यासमा मानवीय जीवनको आन्तरिक सत्यता स्पष्ट रूपमा छाम्न सकिन्छ । मूलतः स्रष्टाले गहिरो मनोवैज्ञानिक अन्वेषक दृष्टिमार्फत त्यस्तो समाजभित्र लुकेर बसेको सत्यताको अभिव्यक्त गर्न चाहेका छन्, जसले मानवीय आस्था एवं गरिमाप्रति उनको प्रतिबद्धतालाई रेखांकित गर्ने कामसमेत गरेको छ ।
कृति ः पाइला पाइला
विधा ः उपन्यास
उपन्यासकार ः भीष्म उप्रेती
प्रकाशक ः शाब्दिक बुक्स
पृष्ठ ः २०८
मूल्य ः २९९।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा