21st September 2018, Friday

E-budhabar

सशस्त्र र गुणस्तरमा ठेकेदारको सेटिङ



काठमाडौं । सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलगायतका कर्मचारीहरूले ठेकेदारसँग सेटिङ गरी गुणस्तरहीन सामान बनाउने क्रम सुरु गरिसकेका छन् । सशस्त्र प्रहरी बलमा गत आर्थिक वर्षमै चुस्ता, स्लिपिङ ब्याग, हिमाली ज्याकेट, स्नो बुटलगायतका १६ किसिमका सामानको टेन्डर पाएका ठेकेदार श्रवण अग्रवालहरूले डीएसपी पूर्ण साउद र एसपी दीपेन्द्र शाहसँग कुरा मिलाइसकेका छन् ।
गुणस्तरका महानिर्देशक पुडासैनी, प्राविधिक अधिकृत किरण सुवेदी र उपसचिव सुशील शाहसँग कुरा मिलाएर ठेकेदार अग्रवालहरूले हिमाली ज्याकेट (स्नो पार्कर ज्याकेट) लगायतका सामान बनाउन सुरु गरेका छन् । आईजीपी शैलेन्द्र खनाल र गुणस्तरका महानिर्देशक कुरा मिलाएर कम गुणस्तरको सामान पनि टेस्ट रिपोर्टमा पास गराउने गरी सामान बनाउन अग्रवालले सुरु गरेका छन् । अग्रवालले हिमाली ज्याकेट, स्लिपिङ ब्यागलगायतको ठेक्का पाएका छन् । महानिर्देशक पुडासैनीले गुणस्तर विभागको केमिकलमा प्राविधिक अधिकृत किरण सुवेदी र फिजिकलमा उपसचिव सुशील साहलाई राखिसकेका छन् । यसअघि फिजिकलमा कालिका बराललाई राखेका थिए । ठेकेदारहरूले गुणस्तरका अधिकृत सुवेदीसँग काठमाडौं मेडिकल कलेजसँगैको दूधसागरमा बसेर मोलमोलाइ गरेका छन् । सुशील साहलाई उनको घरमै गएर ठेकेदारहरूले कुरा मिलाइसकेका छन् । गुणस्तरमा मिलाइसकेपछि ठेकेदारहरू ढुक्कका साथ सामान बनाउन थालेका छन् ।
सशस्त्र प्रहरी बलका तत्कालीन आईजीपी सिंहबहादुर श्रेष्ठले करिब ४० करोड बराबरको सामान खरिदका लागि २०७४ माघ ५ गते बोलपत्र गरी फागुन १६ गते आशयपत्र दिएका थिए । तर, सामान खरिदको टेन्डर गर्दा विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०७४ अुनसार नगरेको भनेर मिडियामा आएपछि टेन्डर नै रद्द गरिएको थियो ।
अवकाश हुने बेलामा विवादमा पर्ने डरले सिंहबहादुरले बोलपत्र रद्द गरेका थिए । आशयपत्र दिइसकेपछि बोलपत्र रद्द गर्ने सशस्त्रको निर्णयविरुद्ध ठेकेदारहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएका थिए । सार्वजनिक खरिद अनुगमन कार्यालयले उजुरी परेपछि तीन सदस्य सार्वजनिक सार्वजनिक खरिद अनुगमन समितिले छानबिन गरी आशयपत्र दिइसकेपछि सामान खरिद गर्नुपर्ने निर्णय गरेको थियो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयमा कुनै विवाद वा मुद्दा परेमा न्यायाधीकरणजस्तै तीन सदस्य समितिले किनारा लगाउने गर्दछ । त्यो समितिले सशस्त्र प्रहरी बललाई आसयपत्र दिइसकेपछि सामान खरिद गर्न निर्देशन दिएको थियो । दुईपटक सामान आवश्यक भएर टेन्डर गरिसकेपछि रद्द गर्न मिल्दैन, खरिद गर्नुपर्छ भन्ने निर्देशन अनुगमन कार्यालयले गरेको थियो ।
सशस्त्र प्रहरी बलले २०७४ फागुन १६ आशयपत्र जारी गरी खरिद गर्न लागेका १६ किसिमका सामानमध्येमा ४० हजार सेट चुस्ताको ठेक्का समृद्धि टे«ड इन्टरनेशनल, न्यु आईके इन्टरप्राइजेज, मित्रता बिजनेस प्रालि काठमाडौंले पाएका थिए । ३५ हजार जोर बुट र ऊनी अन्डरवेयर र ऊनी गन्जीको ठेक्का जय सलिना इन्टरप्राइजेज काठमाडौंले पाएको छ । ३७ हजार थान झुल स्प्रिङ इन्टरनेसनल प्रालिले पाएको थियो । ५ हजार ५ सयवटा स्लिपिङ ब्याग र १० हजार थान रुकस्याक ब्यागको ठेक्का आयुषा ब्याग उद्योगले पाएको छ । ब्यारेट क्याप एसियन इन्टरनेसनल बिजनेस प्रालिले, १ हजार ६ सय जोर टपबुट क्रोनवाल बिजनेस ट्रेडर्स काठमाडौं र स्नो स्लिपिङ ब्याग, स्नो पार्कर ज्याकेट २ हजार थान, स्नो बुट २ हजार जोर र उलन सर्ट कपडा ३५ हजार मिटर क्यामो फ्ल्याग नेपाल टे«डिङ काठमाडौंले ठेक्का पाएको थियो ।
उलन पाइन्ट कपडा २८ हजार मिटर, टेरिकटन सर्ट कपडा ३५ हजार मिटर र जर्सी ७ हजार थान क्राउन टेक्सटाइल प्रालिले ठेक्का पाएका थिए । सिंहबहादुर श्रेष्ठले तत्कालीन बहालवाला आईजीपी कोषराज वन्तसहित तीन पूर्वआईजीपी भ्रष्टाचारमा परेको देखेकाले ठेक्का रद्द गरेका थिए । पछि सार्वजनिक खरिद अनुगमन कार्यालयले आशयपत्र दिइसकेपछि ठेक्का रद्द गर्न नपाउने निर्देशनपछि वर्तमान आईजीपी खनालले ४० करोडको ठेक्कामा ४ करोड कमिसनबिना मोलमोलाइ पाएका छन् । ठेकेदारहरूले सेटिङ गरी गुणस्तरहीन सामान दिएर थप कमिसनसमेत दिने गरी मिलाइसकेका छन् । गत आर्थिक वर्षमै ४० करोडको टेन्डर भई ठेक्का दिइसकेकाले यो आवमा सशस्त्रमा सामान खरिदको टेन्डर नहुने स्रोतको दाबी छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा