21st September 2018, Friday

E-budhabar

बौद्ध स्तुपाको सम्पत्तिमा तामाङको रजाइँ



काठमाडौं । बौद्धनाथ स्तुपा विश्व सम्पदा सूचीमा सूचीकृत छ । भूकम्पपछि यसको पुनर्निर्माणमा स्वदेशदेखि विदेशका बुद्ध धर्मका अनुयायीले उदार दिलले सुनदेखि पैसासम्म ठूलो परिणाममा सहयोग गरे । स्तुपाको निर्माणका क्रममा सुन हिनामिना भएको महालेखा परीक्षकको ५५औं प्रतिवेदनमा पनि उल्लेख छ । बौद्ध स्तुपाको वरिपरि रहेका बौद्ध घ्याङगुठीको नाममा कायम रहेका जग्गाहरू पनि अतिक्रमणमा परेका छन् । बौद्ध फूलबारीस्थित फूलबारीको जग्गा अतिक्रमण गरी तामाङ कल्याण गुठीले पार्टी प्यालेस बनाइरहेको छ । बौद्ध स्तुपाको जग्गा अनधिकृत रूपमा अतिक्रमण गरी कमाउधन्दा सञ्चालन गर्न एक जाति विशेषले पार्टी प्यालेस बनाउँदा पनि गुठी संस्थान र भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले चासो देखाएका छैनन् ।
फूलबारीमा गुठीले मासिक १०औं लाख आम्दानी गर्ने गरी पार्टी प्यालेस बनाइरहेको छ । तर, गुठी संस्थान र भूमिव्यवस्था मन्त्रालय र पुरातत्व विभागले रोक्नुपर्ने दायित्वसमेत पूरा गरेका छैनन् । तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाले फूलबारीको जग्गा अतिक्रमण गरी आफ्नो निजी सम्पत्तिजस्तो पार्टी प्यालेस बनाएकोमा घ्याङगुठीका चिनियाँ लामा भूपतिबज्र लामाले विरोध गर्दै आएका छन् । तर, उनको विरोधको सुनुवाइ गुठी संस्थान र भूमिव्यवस्था मन्त्रालयले सुनुवाइ नगरेको समाचार छ । खड्गजित लामा पेसाले शिक्षक भएर पनि स्तुपाको सम्पत्ति अतिक्रमण गरी पार्टी प्यालेस बनाउनेदेखि स्तुपाको मूलढोकोमा टहरा बनाएर जबर्जस्ती दियो बिक्री स्टल राखेका छन् । जहाँबाट पनि मासिक १० लाखभन्दा बढी रकम तामाङ कल्याण गुठीले आम्दानी गर्दै आएको छ । उक्त दियो बिक्री गर्ने स्थानमै तीन वर्षअघि एक तिब्बतीले आत्मदाह गरेका थिए । स्तुपाको सम्पत्तिमा यसरी एक जातिको मात्र रजाइँ भएपछि बुद्ध धर्मका अनुयायी अरू जातिलाई समेत रुष्ट बनाउने काम गरेको छ । बौद्धनाथ स्तुपाको पोखरी जहाँ आजिमालगायतका जात्राहरूमा फुल र नैवेद सेलाइन्थ्यो, त्यो मासेर बौद्धनाथ क्षेत्र विकास समितिले विशाल संरचना निर्माण गरेको विषयले समेत बुद्धिस्टहरूलाई खिन्न बनाएको छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा