21st September 2018, Friday

E-budhabar

प्रदेश, नामकरण र हाम्रो प्राथमिकता



प्रदेश, नामकरण र हाम्रो प्राथमिकता

प्रदेशको नामांकन सीमांकनमा जाति विशेषको छाया पर्दैमा त्यो जातिवादी हुन्छ भन्ने लालबुझक्कडको हठ ममा छैन । तर, त्यस्तो छायाको सम्मोहन किन ? म बुझ्दिनँ । म ताप्लेजुङको हाङदेवामा जन्मेको मान्छे । ताप्लेजुङ शेर्पा र तिब्बती (बर्मेली भाषा परिवारको नाम, हाङदेवा लिम्बू नाम । मलाई दुवैप्रति प्रेम र गर्वबोध छ । हाङदेवामा साँवा गाउँ पनि छ, कार्की गाउँ पनि छ, बुङकुलुङ पनि । नाम मात्रै होइन, तिनको आफ्नै सीमा पनि छ । पुर्खाले तिनमा किचलो गरेनन् । पुरानो शेर्पा नाम थामे, पछि लिम्बू आएर बसेको बस्तीको नाममा पनि कुनै बाझो भएन । धेरै पछि गएका क्षत्री, बाहुनले पनि चलिआएका नामठाम मानेरै बसे, केहीलाई नयाँ नाम दिए पनि (मेले, निगुरादिनजस्ता) केहीलाई पाथिभराजस्तो अर्को नाम दिए पनि जाति विशेषको बाक्लो पातलो उपस्थिति होला, सबैजसो गाउँठाउँमा लिम्बू, क्षत्री, बाहुन, गुरुङ र शेर्पाको बसोबास छ । त्यसरी नै दलितहरू छन् । अन्तर्विरोध छन्, तर सामाजिक सद्भाव पनि छ ।
असमानता ताप्लेजुङमा पनि थियो र छ । हाङदेवामा पनि थियो र छ । एउटै जातिभित्र पनि छ अन्तरजातिबीच पनि छ । सिंगै देशभित्र यस्तै छ । यो वर्गीय पनि हो जातीय पनि । मेरो चासो यस असमानताको उपचारसँग हो, यथास्थितिलाई ढाक्ने बर्कोसँग, चालू वर्चस्वको थमौती या अर्कोले त्यसको विस्थापन गर्ने संयन्त्रसँग होइन ।
प्रदेश असमानताको उपचारको एउटा उपकरण मात्रै हो, जादुको छडी होइन । मैले सिकेको ज्ञानले भन्छ, यस असमानताको जडमा सत्ता (राजनीति र राज्य) मा असमान पहुँच र असमानता उत्सर्जन गर्ने उत्पादन सम्बन्ध हो । सत्ता (राजनीति र राज्य) मा हाम्रो सामाजिक स्वरूप (वर्ग, जाति, लिंग, समुदाय) अनुरूप पार्टी तथा राज्यका संरचनामा सुपरिभाषित विधिमार्फत अंशियारी बढाउँदै लग्ने र समान विकास (शिक्षा, स्वास्थ्य, यातायात, उद्यम व्यवसाय) को विस्तारबाट मात्रै त्यो असमानता पुरिँदै जाने हो । त्यसका निम्ति केहीलाई मलजल गर्ने र धेरैलाई भसाउने होइन, सबैलाई एकसाथ उकास्न सहयोगी बन्ने र ज्ञान, शिक्षा, विज्ञान, प्रविधि, व्यवस्थापन,संस्कृति र भौतिक पूर्वाधारसहितको जनशक्ति र उत्पादक शक्तिलाई पुठ दिने उत्पादन सम्बन्धको बन्दोबस्त र चाँजोपाँजो मिलाउनुपर्ने हुन्छ । निष्ठापूर्ण प्रतिबद्धतासहितको प्रक्रियाबाट गुज्रनुपर्दछ । त्यस्तो प्रतिबद्धता हुने हो भने २५ र ३० वर्षभित्र चेपाङ, राउटे, मुसहरजस्ता जातिका मानिसलाई पनि उनीहरूको वर्तमान हालतबाट माथि उकास्न र सत्ताको केन्द्र भागमा ल्याउन सकिन्छ । सत्ता र विकासको युक्तिसंगत समन्वय पनि चाहिन्छ । भ्रष्ट सत्ताले विकासलाई ओरालो लगाएको हामीले भोग्दै आएका छौं । अविकासमा भ्रष्ट सत्ता बढी मौलाउँछ भन्ने हेर्न हाम्रो आफ्नै सन्दर्भ र जोरीपारी मुलुकहरूसँग दाँजेर हेर्दा पनि भइहाल्यो । त्यसैअनुरूप राज्य, उत्पादन सम्बन्ध र विकासशील उत्पादक शक्तिबीच सहसम्बन्ध कायम गर्नुपर्ने हुन्छ । अर्को कुरा आजको समसामयिक दुनियाँमा कुनै पनि मुलुकको विकासमा सकारात्मक–नकारात्मक बाह्य प्रभाव पनि हुन्छन् । नकारात्मक प्रभावलाई रोक्ने कौशल र क्षमता पनि अभिवृद्धि गर्नुपर्ने हुन्छ ।
कुनै बेला तंग सियोपिङले भनेका थिए, बिरालो कालो होस् या सेतो, गाँठी कुरो त्यसले मुसा मार्नुपर्छ ।
टंक कार्की

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा