13th December 2018, Thursday

E-budhabar

पार्टी र सरकारबीचको सम्बन्ध



पार्टी र सरकारबीचको सम्बन्ध

जनताको अभिमतबाट कम्युनिस्ट पार्टी सरकारमा पुगेपछि सरकारले लोकप्रिय ढंगले काम गरेपछि मात्र राज्य सत्तामा श्रमजीवी वर्गको नेतृत्व कायम हुन्छ । यसै भएर सरकारलाई पार्टीका नीतिअनुरूप नीति तथा कार्यक्रम बनाएर लागू गर्न पार्टीले हरहमेसा निर्देशित गरिरहनुपर्दछ । पार्टीले नीति कार्यक्रममा मात्रै होइन, सरकारले प्रभावकारी तवरले कार्य गर्न सक्यो सकेन ? भनेर पार्टीभित्र अनुगमन गर्ने संयन्त्र पनि हुनुपर्दछ । यसो गर्दा मात्र पार्टी र सरकारबीचको सम्बन्ध प्रगाढ र जीवन्त बन्दछ । सरकारले अवलम्बन गर्ने हरेक नीति तथा कार्यक्रमबारे पार्टीले अपनत्व लिन सक्ने गरी सरकारमा कार्यक्रम सञ्चालन हुने र सरकारका तर्फबाट पार्टीभित्र जानकारी गराउने, कार्य हुनुपर्दछ । सरकारले नीति कार्यक्रम बनाउँदा र सम्बन्धित तहको पार्टी कमिटीबाट सुझाव लिने र तदनुरूपको नीति कार्यक्रमलाई सरकारमार्फत लागू गर्ने कार्य गर्न सक्दा पार्टी पंक्तिले सरकारका नीति, कार्यक्रमको व्याख्या, विश्लेषण गर्ने र सरकारका नीति कार्यक्रमप्रति प्रतिपक्षीहरूले गर्ने विरोधको खण्डनमण्डन गर्ने कार्य गर्न सहज हुन्छ ।
नेपाल कम्युमिस्ट पार्टीको नेतृत्वमा वाम गठनबन्धनको सरकार गठन भएको ६ महिना व्यक्त भयो । निर्वाचनमा जनताको विश्वास जितेर सरकार गठन गरेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नै चासो र चर्चाको विषय बन्यो । सर्वत्र खुसियाली छायो, खासगरी श्रमजीवी वर्गका बीचमा वामपन्थीहरूले दुई तिहाइको हाराहारीमा विजयी हासिल गरेपछि निद्रा हराम हुन थाल्यो ।
लोकतान्त्रिक आन्दोलनमा नेत्तृवकारी भूमिका निर्वाह गरेका र जनताको विश्वास जितेर सरकारमा पुगेका वामपन्थीहरूविरुद्ध अहिले पुँजीवादीहरूले ‘अधिनायक अधिनायकवादी शासन सुरु गरेको अनर्गल प्रचार गरिरहेका छन । यसरी वर्तमान सरकारविरुद्ध पुँजीवादीहरूले जुन ढंगले दुष्प्रचार गरिरहेका छन्, यसको पार्टी पंक्तिबाट प्रतिवाद गर्नुपर्दछ । सरकारले जनताको मन छुने कार्यक्रम सञ्चालन गरेर जनताको विश्वास आर्जन गर्ने कार्यमा लाग्नुपर्दछ । यसो भयो भने मात्र सरकारको लोकप्रियता बढेर जान्छ ।
पार्टी र सरकारबीचको सम्बन्धलाई व्यवस्थित गर्न जरुरी छ । अहिले संघ प्रदेश र स्थानीय तह गरी तीनवटै तहमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले नेतृत्व गरिरहेका छन् । सरकारको कार्यलाई प्रभावकारी बनाउन निम्न विषयमा पार्टीको ध्यान जान जरुरी छ ।
१. उच्च स्तरीय संयन्त्र निर्माण
सरकारका कार्यलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट उच्चस्तरीय संयन्त्र निर्माण हुन सक्यो भने यसले सरकारको कामलाई नयाँ गति दिनेछ । पार्टीभित्र अनुभवले खारिएका तीन÷तीन जना प्रधानमन्त्री, तीन÷चार जना उपप्रधानमन्त्रीहरू छन् । यसरी उच्चस्तरीय संयन्त्रमार्फत सरकारलाई सल्लाह सुझाव दिने र सरकारले तदनुरूप कार्य सञ्चालन गर्दा पार्टी र सरकारका बीचमा नयाँ रक्त सञ्चार हुनेछ ।
२. सक्षम र योग्य व्यक्तिहरूको छनोट
सरकारमा नियुक्त गरिने मन्त्रीहरू सक्षम र योग्य व्यक्तिहरू छनोट गरिनु वाञ्छनीय हुन्छ । सरकार सञ्चालन गर्ने कार्य चुनौतीपूर्ण कार्य हो । योग्य, सक्षम र विषय विज्ञ भएका व्यक्तिबाट मात्र कर्मचारीतन्त्रलाई निर्देशित र समन्वय गर्न सक्ने सामथ्र्य राख्न सक्छ । अतः मन्त्री पदमा व्यक्ति छनोट गरिँदा यी विषयलाई ध्यान दिन जरुरी हुन्छ ।
३. राजनीतिक नियुक्ति
पार्टीले विभिन्न आयोग, समिति र कूटनीतिक क्षेत्रमा नियुक्त गरिने व्यक्तिहरू सक्षम, योग्य र सम्बन्धित क्षेत्रको अनुभवी र विज्ञ हुन जरुरी छ । यसका लागि पार्टीभित्र राजनीतिक नियुक्तिका लागि सिफारिस गर्ने अधिकारिक निकाय हुनु जरुरी छ । पार्टीबाट सिफारिस गरिने व्यक्तिको सबै पक्षको विश्लेषण गरेर पार्टीको संस्थागत निर्णयबाट गरिने सिफारिस र तदनुरूपको नियुक्ति प्रक्रियाले यसरी नियुक्त हुने व्यक्तिले पार्टीको नीतिअनुरूप जवाफदेही भएर काम गर्ने स्थितिको विकास हुन्छ ।
४. सरकारका कामको आवधिक समीक्षा
पार्टीभित्र तीनवटै तहका सरकारको कामको आवधिक समीक्षा गर्ने गरिनुपर्दछ । समीक्षाबाट सरकारले गरेका राम्रा कामको प्रचारप्रसार गर्ने र कमीकमजोरी भए तत्काल सुधार गर्ने गुन्जायस रहन्छ । यसरी कार्य प्रक्रियालाई अगाडि बढाउन सके पार्टी र सरकारबीचको सम्बन्ध राम्रो भएर जान्छ ।
५. मितव्ययिता, आर्थिक अनुशासन र पारदर्शिता
तीनवटै सरकारबाट सरकार सञ्चालन गर्दा मितव्ययी, आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न हरहमेसा ध्यान दिनु जरुरी हुन्छ । अहिले प्रदेश र स्थानीय तहका सरकारहरू बढी आर्थिक विषयमा आलोचित भएका छन् । जनप्रतिनिधिको तलबसुविधा, सवारीसाधन खरिद आदि विषयले पार्टीको छवि राम्रो हुन नसकेको टिप्पणी हुन थालेको छ । अतः यस्ता विषयहरूमा पार्टीभित्र छलफल गर्ने, आर्थिक दायित्व बढ्दै

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जनाको मझेरीमा उपेक्षित किसान

ShareTweet – मधेस सदैव उर्वर भूमि रहँदै आयो । अन्नबालीको प्रचुरता रहेको मधेसका जनताले चिनी कारखाना खुल्न थालेपछि उखु खेतीलाई प्रश्रय दिए । नगदे बालीका रूपमा परिचित- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

उज्यालोको एउटा गीत

ShareTweet अक्सर कविहरूसामु विषयवस्तुको छनोट र बिम्बविन्यासको क्रममा उज्यालो या अँध्यारोमध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ ।- ...
पूरा पढ्नुहोस्

छोटकरीमा