16th October 2018, Tuesday

E-budhabar

प्रहरीमा जाम, दोषी को ?



काठमाडौं । लामो समयदेखि दुवै प्रहरी संगठनका उच्च पदहरूमा बढुवा नहुँदा प्रहरी बढुवामा जाम भएको छ । जनताको जीउधन र सुरक्षाका लागि अहोरात्र खटिने अधिकृतहरूको समयमै बढुवा नहुँदा पुरै नेतृत्व संरचना जाम पर्ने देखिएको छ ।
सशस्त्र प्रहरीको डीआईजीमा बढुवा नभएको करिब ६ महिना भयो । शेरबहादुर देउवा नेतृत्वको सरकारको पालादेखि नै डीआईजीमा बढुवा भएको छैन । समयमा बढुवा नहुँदा सशस्त्रका पाइपलाइनका एसएसपीहरू निराश हुन थालेका छन् । रिक्त हुनासाथ सो पदमा पाइपलाइनको अधिकृत बढुवा भएर समयमै गएमा कार्यसञ्चालनमा सहजताका साथै उनीहरूको वृत्ति विकास पनि हुने बताइन्छ । तर, सरकार तथा संगठनको नेतृत्वमा देखिएको विविध स्वार्थका कारण यसरी अनावश्यक ढंगले प्रहरी नेतृत्व बढुवामा जाम गर्ने प्रचलन बढेको छ ।
गत हप्ता नेपाल प्रहरीमा रिक्त तीन एआईजीको पदपूर्ति गरेको सरकारलाई अब डीआईजी बढुवा गर्न बाटो खुलेको छ । तर, कहिले बढुवा हुने हो भन्ने अन्योल छाउँदा उनीहरू उच्च मनोबल लिएर काम गर्न सकिरहेका छैनन । यस्तै समस्या रहेका कारण विगतमा केही अधिकारीहरू रुँदैरुँदै बढुवा नहुँदै घर फर्किएका थिए । डीआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात गत साता एआईजीमा बढुवा भएपछि गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले यसै साता रिक्त डीआईजीमा पदपूर्तिका लागि प्रक्रिया सुरु गरेको छ । वरीयताअनुसार एसएसपीहरू पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, विनोद शर्मा घिमिरे, ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल, हरिभक्त प्रजापति, सूर्यप्रसाद उपाध्याय डीआईजी बढुवाको अग्रपंक्तिमा देखिन्छन् ।
जोशी, श्रेष्ठ, घिमिरे र प्रजापति आईजीपी सर्वेन्द्र खनालका ब्याचमेट हुन् । उनीहरू खनालसँगै २०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । त्यस्तै ज्ञवाली, लम्साल र उपाध्याय सोही ब्याचका वैकल्पिक समूहका अधिकृत हुन् । उनीहरूले २०४७ असार २५ गते नेपाल प्रहरीमा नियुक्ति पाएका थिए ।
एसएसपीहरू शैलेश थापा क्षत्री, प्रद्युम्नकुमार कार्की, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर ऐर, वसन्तकुमार पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, वीरेन्द्र श्रेष्ठ, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, दिलीपकुमार चौधरी र राजेशकुमारलाल कर्ण डीआईजीका दाबेदार हुन् । यिनीहरूमध्ये श्रेष्ठबाहेक अन्य सबै जना २०४९ वैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए भने श्रेष्ठ २०४७ असार २५ मा सेवा प्रवेश गरेका हुन् । उनीहरू सबै जना २०७४ साउन ३२ मा एसएसपीमा बढुवा भएका थिए । यद्यपि, उक्त ब्याचबाट शैलेश थापा क्षत्री, प्रद्युम्नकुमार कार्की, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर ऐर, वसन्तकुमार पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल र ईश्वरबाबु कार्कीबीच चर्को प्रतिस्पर्धा देखिन्छ ।
त्यस्तै, एसएसपीहरू धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, विश्वराज पोखरेल, सौरभ राणा, रामकृपाल साह र उमेश रञ्जितकार डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । उक्त ब्याचका एसएसपी दिवेश लोहनी ३३ किलो सुनकाण्डमा निलम्बनमा परेकोले उनी डीआईजी बढुवाको उम्मेदवारको सूचीमा छैनन् । यसपटकको बढुवामा चारवटा ब्याचका अधिकृतहरूबीच प्रतिस्पर्धा देखिएको र रिक्त पद कम भएकाले सबै ब्याच मिसाउन नहुने आईजीपी खनालको चाहना रहेको थाहा भएको छ । यस्तै डीआईजी बढुवापश्चात् रिक्त हुने एसएसपी पदमा ३० भन्दा बढी एसपीहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । एसपीहरू सन्दीप भण्डारी, वसन्तबहादुर कुँवर, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, मीरा चौधरी थारू, राजेशनाथ बास्तोला, विष्णुकुमार केसी, दीपक थापा, पोषराज पोखरेल, भरतबहादुर बोहरा, टेकप्रसाद राई, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, अशोक सिंह, हृदय थापा, नरेन्द्रप्रसाद उप्रेती, कुवेर कडायत, केदार ढकाल, राजेन्द्र विष्ट, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, लालमणि आचार्य, गोविन्दकुमार शाह, किरण राणा, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्र मैनालीलगायतबीच प्रतिस्पर्धा देखिन्छ । तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालले डीएसपीबाट एसपी बढुवामा व्यावसायिक अधिकृतलाई पाखा लगाई आफूनिकटका लागि बढुवा गरेकाले योपटकको बढुवामा ठूलो समस्या आउने खतरा भएको बताइन्छ । यस्तै, सशस्त्र प्रहरीमा पनि लामो समयदेखि रिक्त डीआईजीका लागि तीव्र दौडधुप चलेको छ । आईजी शैलेन्द्र खनालले रिक्त डीआईजीमा बढुवा गर्ने गृहकार्य अगाडि बढाएसँगै प्रतिस्पर्धा सुरु भएको हो । पछिल्लो समय गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव प्रेमकुमार राईसमेत रिक्त पदहरूमा फटाफट नियुक्ति गरेर कुनै पनि सुरक्षा संगठनलाई अनिर्णयको बन्दी राखिरहने धारणाको विपक्षमा उभिएर तत्परता नदेखाएका कारण समस्या आएको बताइन्छ । बढुवामा सशस्त्र प्रहरीमा विगतका आईजीपी कोषराज वन्तको पालामा जस्तो अस्वाभाविक खेल नभए सहज बढुवा हुने बताइन्छ । प्रायः यसअघिका उच्च अधिकारीहरूको बढुवामा आईजीले वरिष्ठता मिचेर चाकडी, चाप्लुसी तथा आर्थिक चलखेललाई मलजल गर्दै आएका थिए । खासगरी आर्थिक खेलका कारण कोषराज वन्त आईजी हुँदा त्यस्ता थुप्रै पुराना अधिकारीहरू उनको कोपभाजनमा परेका थिए । त्यसैले, त्यस्तालाई पनि न्याय हुने गरी बढुवा हुनुपर्ने आवाज सशस्त्र प्रहरीमा उठेको बताइन्छ । अहिले बढुवाको दौडमा एसएसपीहरू इन्जिनियर प्रजाभक्त श्रेष्ठ, सञ्जयविक्रम राणा, गोपाल मिश्र, भरत श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्र गौतम, हरिशंकर बुढाथोकी, गोविन्द क्षत्री, कृष्णभक्त ब्रह्माचार्यलगायत छन् । त्यसमध्ये नेपाली सेनाबाट सशस्त्रमा समायोजन भएका ब्रह्मचार्य सशस्त्र प्रहरीका यस्ता अभागी हुन् जो २०६२ सालमै एसएसपी भएका थिए । उनीभन्दा धेरै कनिष्ठको बढुवा भइसकेर पछि मात्र उनी बढुवा भएका थिए । २०६३ सालमा उनीपछि एसएसपीमा बढुवा भएकाहरू अहिले डीआईजी भइसक्दा पनि ब्रह्मचार्य भने अहिलेसम्म एसएसपीमै छन् । आफूभन्दा पछि एसएसपी भएकाहरूमध्ये नरेन्द्र थापा र कवीन्द्र श्रेष्ठ हाल डीआईजी भइसक्दा पनि एसएसपी ब्रह्मचार्य अहिले पनि सोही पदमा छन् । वन्तले त्यो बेला २०६३ सालमा एसपी भएकालाई एसएसपी बनाए, तर २०६२ को लटलाई नियतवश छुटाउँदा अहिले केही इमानदार अधिकारीहरू यता न उताका पारेको बताइन्छ । पेसागत ज्ञान, दक्षता र वरिष्ठता हेर्नुपर्नेमा चाकडी, चाप्लुसी र नातावादलाई प्रश्रय दिई कुनै कैफियत नपरेका अधिकारीहरूलाई पछाडि पार्दा अधिकांश इमानदार कर्मचारीहरूको शिर निहुरेको बताइन्छ । अहिले डीआईजीको पाइपलाइनमा रहेकामध्ये प्रजाभक्त श्रेष्ठ प्राविधिक अर्थात् इन्जिनियर हुन् भने सञ्जयविक्रम राणा बढुवाका लागि शैक्षिक योग्यता नपुग्ने अर्थात् आईए पास मात्र भएको बताइन्छ । स्मरणीय छ, विगतमा अन्यायपूर्वक पछि पारिँदा २०४७ सालमा भर्ना भएका ब्रह्माचार्यको अहिले आठ वर्षपछि अर्थात् २०५४ मा भर्ना भएका राजु अर्यालहरूसँग प्रतिस्पर्धा चल्दै छ । यस्तो रवैयाले संगठनबाट निराशा आउने गरेको केही अधिकारीहरू बताउँछन

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा