16th October 2018, Tuesday

E-budhabar

प्रचण्डको चीन भ्रमण खल्लो !



काठमाडौं । भारत भ्रमणबाट फर्किएको एक साता नबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा व्यस्त छन् ।
तर, भारतीय स्वागत, सत्कार र नयाँ दिल्लीमा देखिएको उनको व्यस्तताको तुलनामा चीन भ्रमण भने नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीको हैसियतमा होइन, नितान्त व्यक्तिगतजस्तो फिक्का साबित भएको छ । नेकपाका अध्यक्षको हैसियतमा चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा उनको भ्रमण भएको भनिए पनि चिनियाँ सरकारले प्राथमिकतामा नराखी खासै महŒव नदिनुलाई आश्चर्यका रूपमा हेरिएको छ । जति भारतीय र नेपाली मिडियाले महŒव दिएका थिए, चिनियाँ मिडिया र नेपाली मिडियाले उनलाई कुनै महŒव दिएका छैनन् । धर्मपत्नी सीता, पुत्री गंगासहित सहभागी प्रचण्डको चीन भ्रमण केवल निजी–पारिवारिक भ्रमणजस्तो मात्र देखिएको छ । प्रचार गरिएजस्तो चिनियाँ राष्ट्रपति सी चिन फिङ, प्रधानमन्त्री बेन जियाबाओ मात्र होइन, अहिलेसम्म उनले चिनियाँ कम्युनिस्ट पार्टीका एक जना स्थायी समिति सदस्यको समेत भेट पाएका छैनन् । कूटनीतिक वृत्तमा प्रचण्डको पछिल्लो भारत भ्रमणपछि उनीसँग चीन धेरै नै सशंकित र सतर्क बनेको अर्थ लगाउन थालिएको छ ।
गत ३० गते त्यसतर्फ प्रस्थान गरेका प्रचण्डले पहिलो दिन ग्वान्जाओमा रात बिताए । त्यसयता उनले नानजिङ सहरको अवलोकन भ्रमण, येनान नगरका कम्युनिस्ट पार्टीका नगर सेक्रेटरी तहका नेतासँग छलफल गर्नसम्म भ्याएका छन् । त्यसक्रममा प्रचण्डले येनानमा माओले निर्माण गरेको आधार इलाकाको भ्रमण गरेका छन् भने माओलाई सम्झिएर उनी भावुक बनेको तस्बिर पनि सार्वजनिक भएको छ । विमानस्थलमा विदेश मन्त्रालयका एक जना अधिकारीले टिसर्ट लगाएको सामान्य पोसाकमा स्वागत गरिनुलाई नै उनको भ्रमणलाई चीनले कुनै महŒव नदिएको हो कि भन्ने अर्थमा हेरिएको थियो ।
जबकि, भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्ट्रमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, विपक्षी दलका नेता र वरिष्ठ नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भारतीय सरकारको डिजाइनअनुसार त्यहाँको थिंक ट्यांकले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल–भारत सम्बन्ध र नेपालको समसामयिक राजनीतिक परिस्थितिबारे प्रवचनसमेत दिएका थिए । त्यसो त उनले भारतीय मिडियाहरूलाई अन्तर्वार्ता दिएर आफू दुई वर्षपछि प्रधानमन्त्री बन्न लागिरहेको खुलासा गर्दै त्यसका निम्ति भारतीय सहयोगको अपेक्षा कूटनीतिक रूपमा प्रकट गरेका थिए । त्यस्तो अभिव्यक्तिपछि नेपालमा दक्षिण एसियाकै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण भएका बेला भारतीय संस्थापनको एकलाई दुईमा विभाजन गर्ने र नेपालमा अस्थिरता मच्चाएर सधैं फाइदा लुट्ने रणनीतिको कतै प्रचण्ड गोटी त बन्न लागेका छैनन् भन्ने एकाथरीले आशंकासमेत व्यक्त गर्न थालेका छन् । ठीक यहीबेला चीन भ्रमणमा उनलाई देखाइएको व्यवहारले त्यस्तो आशंकालाई मलजल गर्न खोजेको हो कि जस्तो अवस्था उत्पन्न भएको छ ।
५ दिने भ्रमण पूरा गरी प्रचण्ड ३ असोजको राति स्वदेश फर्किंदै छन् । त्यसो त प्रचण्ड जानुभन्दा अघिल्लो दिन नेकपाकै तर्फबाट सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय टोली पनि चीन भ्रमणमै व्यस्त छ । प्रचण्ड र श्रेष्ठको टोली भिन्नाभिन्नै भेटवार्तामा छ । श्रेष्ठको टोलीचाहिँ नेकपाले पठाएको उच्चस्तरीय आधिकारिक टोलीजस्तो देखिएको छ भने प्रचण्ड भने नितान्त निजी पारिवारिक भ्रमणमा व्यस्तजस्तो देखिएका छन् । यी दुई टोलीको भ्रमणलाई नेकपाको सचिवालय र स्थायी समिति बैठकले कसरी समीक्षा गर्ला ? गम्भीर चासोको विषय बनेको छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा