16th July 2019, Tuesday

नेकपाको समायोजन ः हात्तीभन्दा पुच्छर ठूलो ?



नेकपाको समायोजन ः हात्तीभन्दा पुच्छर ठूलो ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश, जिल्ला र जनवर्गीय संगठनको समायोजनले अझै पूर्णता पाएको छैन । केन्द्रीय सचिवालयले तोकेको समयसीमा दुईदुईपटक गुज्रँदा पनि समायोजन प्रक्रिया झन्झन् पर सरिरहेछ । बिम्स्टेकको सम्मेलन, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री एवं वरिष्ठ नेताहरूको व्यस्तता प्रमुख कारण बताइए पनि समायोजन ढिलाइ हुनुमा अन्य कारण पनि त्यत्तिकै बलशाली देखिन्छन् ।
(क) हजारौं नेता–कार्यकर्ताको व्यवस्थापनको प्रश्न
एकताको घोषणापछि आफ्नो केन्द्रीय कमिटी निर्माण गर्न तत्कालीन एकता संयोजन समितिले लामै समय गुजारेको थियो । ४ सय ४५ जनाको टुंगो लगाउन सकस बेहोरेको नेकपालाई अहिले एकैपटक करिब ४ हजार नेता–कार्यकर्ताको व्यवस्थापन गर्नुपर्दा समय नलाग्ने कुरै भएन । पार्टी एकताको ऐतिहासिक अवसरमा सबैले आफ्नो पदीय हैसियतको खोजी गर्नु नितान्त स्वाभाविक हुन जान्छ । तत्कालीन एमाओवादीभित्र तत्कालीन एमालेमा जस्तो प्यानलको आधारमा चुनाव हुने प्रचलन नबसिसकेकाले जिल्ला वा प्रदेशका सिनियर नेता पदीय हैसियतविहीन कोही पनि थिएन । पछिल्लो समयमा तत्कालीन माओवादीले जम्बो केन्द्रीय कमिटिको अभ्यास गरेकाले पनि प्रायः सबैको पदीय हैसियत थियो । तर, तत्कालीन एमालेमा प्यानलको आधारमा चुनाव गरिने हुँदा देशैभरि ठूलो संख्यामा नेता–कार्यकर्ता पदीय हैसियत विहीन अवस्थामा थिए । दुई पार्टीमा फरकफरक सांगठनिक संरचना भएका कारण तत्कालीन माओवादी केन्द्रको धेरै नेताको पद घटुवा गरेर समायोजन गर्नु छ भने तत्कालीन एमालेमा पदविहीन थुप्रैलाई नयाँ जिम्मेवारी प्रदान गर्नुपर्नेछ । यो सँगसँगै एकता प्रक्रियामा आएका थुप्रै नेता–कार्यकर्तालाई पनि यही मेसोमा जिम्मेवारी प्रदान गर्नुपर्नेछ ।
(ख) जनवर्गीय संगठनको नाम जुराउने प्रश्न
एकतामा सम्मिलित दुई कम्युनिस्ट पार्टीले विगतमा फरकफरक नामका जनवर्गीय संगठन सञ्चालन गर्दै आएका थिए । तिनीहरूको नाम र नेतृत्वको अन्तिम रूप दिन मिनी पार्टी एकताको कसरत गर्नुपर्ने बाध्यता छ । नेतृत्वको भागबन्डा र उनीहरूले अब प्रयोग गर्ने झन्डा आदिको टुंगो लगाउने विषय रातारात टुंगिने विषय होइन । धेरै जनवर्गीय संगठन पार्टी निर्माणका ‘कारखाना’ भएकाले पनि तिनीहरूमा नेताहरूको विशेष दिलचस्पी हुनु अस्वाभाविक होइन ।
(ग) पार्टीभित्रका नेताप्रधान समूहको प्रश्न
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले ‘कम्युनिस्ट पार्टी नेता प्रधान होइन, नीति प्रधान हो’ भनेका थिए । विडम्बना नै मान्नुपर्दछ, नेपालको कम्युनिस्ट आन्दोलनमा यो भनाइ लागू भएन । पार्टीभित्रका अमूक नेतालाई धुरी बनाएर अन्तरसंघर्ष सञ्चालन हुने परम्परा चलेर आयो । तत्कालीन एमाले र माओवादी केन्द्रमा यो चलन सतहमै देखिँदै आएको थियो । पार्टी एकतापछि निःसन्देह नयाँ परिस्थिति त उत्पन्न भएको छ, तर भूसको आगो फैलिएझैं ‘नेता प्रधान समूह’ बन्ने प्रक्रिया चलिरहेको अनुभूत गर्न सकिन्छ । पार्टी एकताले विगतको समूहबन्दी नष्ट भएको छैन, बरु रूपान्तरणको तीव्र प्रक्रियामा गुज्रेको देखिन्छ । मातहत कमिटीको एकता हुँदै गर्दा शीर्ष नेताले आफ्नो प्रभावको लेखाजोखासहित फुकीफुकी पाइला चाल्ने कार्यले समायोजन प्रक्रियालाई थप लम्ब्याइदिएको छ ।
(घ) भावनात्मक एकताको प्रश्न
वैचारिक र सांगठनिक एकता मात्र पार्टी एकताका लागि पर्याप्त छैनन् । पार्टी एकताका लागि भावनात्मक एकता अर्को महŒवपूर्ण आयाम हो । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रका नेता–कार्यकर्ताबीच अझै निकै ठूला भावनात्मक खाडलहरू पुरिएका छैनन् । एक अर्काबीच थुप्रै शंका उपशंका बाँकी छन् । तेरो पक्ष र मेरो पक्ष भन्ने घोषित अघोषित अवस्था रहेसम्म साँचो अर्थमा पार्टी एकता भएको मान्न सकिँदैन । वैचारिक र भावनात्मक एकतालाई नजरअन्दाज गरियो भने पूर्वपञ्चहरूको तत्काल पार्टी एकता र तत्काल पार्टी विभाजनको नियति नेकपाले भोग्नुपर्दैन भन्ने ठाउँ छैन । तलदेखि माथिसम्म देखिएको प्रतिशत र नेतृत्वको टकरावले भावनात्मक एकताको प्रश्नलाई ओझेलमा पारिदिएको छ । सबै मिलेर फिल्डमा खट्ने अवस्था सिर्जना नभई भावनात्मक एकता बन्नै सक्दैन ।
र, अन्त्यमा
यावत् जटिलताबीच शीघ्रातिशीघ्र तृणमूल तहसम्म पार्टी एकतालाई पु¥याउनुको विकल्प नेकपालाई छैन । पार्टीका सबै तहमा संस्थागत क्रियाकलाप नहुँदा नेकपाले नेतृत्व गरेका तीनै तहका सरकार अपेक्षित प्रभावकारी बन्न सकेका छैनन् । पार्टीले अविलम्ब नियन्त्रण र सन्तुलनको परिपाटी नथाले सरकारहरूमा तदारुकता नआउने मात्र होइन, अराजकता मौलाउने अवस्थासमेत विद्यमान छ । ‘कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर हल्लाउने’ भन्ने समस्याबाट पार्टी र सरकारलाई चाँडै मुक्त गरिनु आवश्यक छ । पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई विवाद मिलाउन पछिल्लो सचिवालयले जिम्मा दिए पनि त्यति सजिलै योमातहत कमिटी समायोजन भइहाल्ने अवस्था छैन । ‘हात्ती छि¥यो पुुच्छर अड्क्यो’ भन्ने नेपाली उखान चरितार्थ भएको छ । मनग्य लचकता प्रदर्शन नभई यो मिल्ने अवस्था पनि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सावित्रीको साढे पाँच दशक

ShareTweet शकुन्तला गुरुङ शर्माले नाट्य क्षेत्रमा पाइला टेक्दा नेपाली समाज पूरै परम्परागत मान्यताबाट निर्देशित थियो । स्त्रीहरूको कुनै स्वतन्त्र निजता र हैसियत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दरबारको इतिवृत्तान्त

ShareTweet विज्ञानले एकपछि अर्को चमत्कार थप्दै लगिरहेको छ । नयाँ–नयाँ प्रविधिको विकास र परिमार्जनले हरेक क्षेत्र÷माध्यम सहज बन्दै गइरहेको छ । प्रविधिको तीव्रतर विकास- ...
पूरा पढ्नुहोस्

छोटकरीमा