20th October 2018, Saturday

E-budhabar

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान



अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

नकारात्मक टिप्पणी आउँदा दिनहरूमा पनि हुनेछन् । कुनै न कुनै रूपमा यो प्रवृत्ति पछिसम्म नै जीवित रहनेछ । यस अवधिमा प्रज्ञाको प्रशंसा नै बढी भयो र रचनात्मक सुझावहरू नै बढी आए । संस्थाहरूले आफ्ना बारेमा हुने रचनात्मक आलोचनालाई सधैं महŒव दिनुपर्छ भन्ने लाग्छ । रचनात्मक आलोचनालाई पनि निषेध गर्ने र प्रशंसा मात्र खोज्ने प्रवृत्ति उचित होइन । व्यक्ति समाज, संस्था एवं राज्यले रचनात्मक आलोचनालाई सधैं महŒव दिनुपर्छ । यस प्रकारको आलोचनात्मक चेतनाको विकासमा भूमिकासमेत सम्पादन गर्नुपर्छ । रचनात्मक आलोचनासँग पनि डराउने र प्रशंसा मात्र खोज्ने व्यक्ति, समाज, संस्था, राज्य कसैको पनि परिवर्तन र उन्नति सम्भव छैन । दुःखका साथ भन्नुपर्छ, आज रचनात्मक र मैत्रीपूर्ण आलोचना गर्ने र सुन्ने दुवै प्रवृत्तिमा ह्रास आएको छ । एकातिर चर्काे रूपमा नकारात्मक मनोविज्ञानको विकास हुँदै छ, अर्काेतिर आवश्यक र सही आलोचनालाई पनि निषेध गर्ने प्रवृत्ति झाँगिँदै छ । यो लोकतान्त्रिक समाजको चरित्र होइन । यसले अघिल्तिर होइन, पछिल्तिर धकेल्छ । मैले प्रज्ञा–प्रतिष्ठानसम्बन्धी रचनात्मक आलोचनालाई सधैं महŒव दिएँ । कमजोरीहरूलाई खुला हृदयले स्वीकार गरें र हटाउनका निम्ति प्रयत्न पनि गरें । जे गर्न सकिनँ, त्यसलाई प्रज्ञा र मेरो सीमाका रूपमा बुझ्नुपर्छ ।
प्रज्ञा–प्रतिष्ठानबाट धेरै अपेक्षा गरिन्छ । यस्तो अपेक्षा स्वाभाविक पनि छ । यो मुलुकको भाषा, साहित्य, संस्कृतिलगायत वाङ्मयका विविध क्षेत्रको विकासका निम्ति स्थापित एक मात्र संस्था हो । यस्तो संस्थाप्रति सबैको ध्यान जाने नै भयो र जानु पनि पर्छ । प्रज्ञाले धेरैभन्दा धेरै काम गर्नुपर्छ । अध्ययन अनुसन्धानमा धेरैभन्दा धेरैलाई अवसर प्रदान गर्नुपर्छ र भाषा, साहित्यलगायत वाङ्मयका विविध क्षेत्रको विकास, यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय विस्तार, विश्व साहित्यको नेपालीमा अनुवाद, अन्तर्राष्ट्रिय साहित्य सम्बन्धको निर्माण आदिमा यसले महŒवपूर्ण योगदान दिनुपर्छ आदिजस्ता अपेक्षाहरू उचित र स्वाभाविक छन् । यिनै अपेक्षाहरूका आधारमा प्रज्ञालाई हेरिन्छ र आफ्ना धारणाहरू प्रस्तुत गरिन्छ । रचनात्मक आलोचना तथा सुझाव पनि बढी यिनै विषयसँग सम्बन्धित रहेका छन् ।
प्राज्ञिक काम यस अवधिमा प्रशस्त भए । प्राज्ञिक कामलाई लिएर सामन्यतः म सन्तुष्ट रहेको छु । यसअघि कहिल्यै नभएको संख्यामा गोष्ठीहरू भए । बढी गोष्ठीहरू मोफसलमा गरिए । गोष्ठीहरूको स्तरीयताका बारेमा बेलाबखत कुरा उठे पनि समग्रमा कार्यक्रमहरू स्तरीय नै रहे । प्रज्ञाको हीरक जयन्तीका अवसरमा मुलुकका महŒवपूर्ण सहर विराटनगर, काठमाडौं, नेपालगन्जमा विशेष कार्यक्रमको आयोजना गरियो । नेपाली भाषासाहित्यका सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरको गोष्ठीको आयोजना हीरक जयन्तीको एक महŒवपूर्ण कार्यक्रम थियो । यस अवधिमा प्रज्ञाले दर्शन सम्बन्धी अन्तराष्ट्रिय स्तरको गोष्ठीको आयोजना पनि ग¥यो । काव्य महोत्सवको अघिल्लो दिन काव्यविमर्शको आयोजना गर्ने कार्यको थालनी पनि यसै अवधिबाट भयो । अनुसन्धानमूलक, अनुवाद र सम्पादनका गरी दर्जनौं ग्रन्थहरू प्रकाशित भए । थोरै बजेटमा प्रज्ञाले अनुसन्धान, सम्पादन र अनुवादका क्षेत्रमा जे–जति काम गरेको छ, त्यो महŒवपूर्ण रहेको छ । सानो रकममा पनि स्तरीय अनुसन्धानका कामहरू गर्न÷गराउन सकिन्छ भन्ने दृष्टान्तका रूपमा यसलाई लिन सकिन्छ । अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा पनि यस अवधिमा महŒवपूर्ण कामहरू भए । यसको सकारात्मक परिणाम आउँदा दिनहरूमा देखिने नै छ । खास गरी नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सन्दर्भमा यस सम्बन्धले महŒवपूर्ण भूमिका सम्पादन गर्नेछ ।
प्रज्ञाले अपेक्षा गरेअनुसार काम गर्न सकेन भन्ने कतिपयको रचनात्मक टिप्पणीलाई मैले कहिल्यै नकारात्मक रूपमा लिइनँ । प्रज्ञाले कतिपय काम गर्न चााहेर पनि गर्न सकेन । कामका कतिपय क्षेत्रमा समुचित ध्यान पनि नगएको हुन सक्छ । प्राथमिकता निर्धारणमा पनि कमजोरी भएको हुन सक्छ । हामीले अनुवादको काम अझ बढी गर्नुपथ्र्याे, अनुसन्धान र सम्पादनको कार्य पनि अझै धेरै हुनुपथ्र्याे, हाम्रा प्रकाशनहरूलाई आमपाठकका माझमा सजिलैसँग पुग्ने गरी बजारमा पठाउन सक्नुपथ्र्याे, भाषा विवादमा मुछिनु नै हुँदैनथ्यो आदिजस्ता विषयमा हुने रचनात्मक टिप्पणीलाई अन्यथा रूपमा लिनुपर्ने म केही देख्दिनँ । तर, हामीले अनुवादलगायत अनुसन्धान र सम्पादनका क्षेत्रमा महŒवपूर्ण काम पनि गरेका छौं । कामलाई सापेक्षातामा हेर्नुपर्छ र मात्र काम गरेको देखिन्छ । तैपनि, गर्नैपर्ने कतिपय कामहरू बाँकी रहे । आउनेहरूले ती कामलाई अघि बढाउलान् । भौतिक निर्माणको कार्य पनि यस अवधिमा उल्लेखनीय रूपमा भयो । प्रज्ञा भवनको पुनर्निर्माणले यसको आयु अरू ५० वर्ष लम्बिएको छ । अत्याधुनिक प्रेसको स्थापना अर्काे महŒवपूर्ण कार्य हो । पुस्तकालय भवनको निर्माणले प्रज्ञा भौतिक रूपमा थप समृद्ध बनेको छ । प्रशासकीय भवन बनाउन सके भौतिक पूर्वाधारका दृष्टिले प्रज्ञा सम्पन्न हुनेछ र प्राज्ञिक कार्यका निम्ति धेरै सहज वातावरणको निर्माण हुनेछ ।
प्रज्ञा–प्रतिष्ठानको स्थापना भएको ६० वर्षभन्दा बढी भएको छ । २०१४ सालमा यसको स्थापना भएको थियो । यसको स्थापनाको श्रेय कतिपयले एक्लो राजा महेन्द्रलाई दिन्छन्, तर सत्य त्यस्तो होइन । यसको स्थापनामा महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत स्रष्टाहरूको धेरै ठूलो योगदान रहेको छ । प्रज्ञा–प्रतिष्ठान गठनका निम्ति सबैभन्दा बढी प्रयत्न गर्ने व्यक्ति लक्ष्मीप्रसाद देवकोटा नै थिए । राजा यसप्रति सकारात्मक थिए । पहिलो एकेडेमीको कुलपति राजा महेन्द्र रहे भने बालचन्द्र शर्मा उपकुलपति भए । सोमनाथ शर्मा, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा आदि यसका सदस्यहरू थिए । यस दृष्टिले यी सबै एकेडेमीको इतिहासमा अत्यन्त महŒवपूर्ण व्यक्तिहरू हुन् । खास गरी देवकोटा यस सन्दर्भमा अत्यन्त स्मरणीय छन् । पञ्चायती कालखण्डको एकेडेमीसँग आजको एकेडेमीलाई तुलना गर्दै त्यही बेला नै राम्रो थियो भन्नेहरू पनि छन्, तर सत्य त्यस्तो होइन । लोकतन्त्रको पुनःस्थापनापछि पनि प्रज्ञा–प्रतिष्ठानले महŒवपूर्ण कामहरू गरेको छ । कमीकमजोरी नरहेका होइनन् । कमीकमजोरी हिजो पनि थिए । राजनीतिक अस्थिरता र साँघुरो दलीय मनस्थितिले प्रज्ञा–प्रतिष्ठानलाई अलि अलि प्रभावित गरेकै हो । प्राज्ञिक कामहरू यसबाट धेरैथोरै प्रभावित भएकै हुन्, तर प्रज्ञा–प्रतिष्ठानले वाङ्मयको विकासका निम्ति योगदान पनि दिएकै हो ।
राजा महेन्द्र प्रज्ञालाई अलि गम्भीरतापूर्वक लिन्थे । यो गम्भीरता लोकतान्त्रिक शासनमा तुलनात्मक रूपमा कमजोर देखिएको छ । अब कसरी जान्छ म यसै भन्न सक्तिन । महेन्द्र राजनीतिक शासन प्रणालीलाई बलियो बनाउन, आफ्नो अभीष्टअनुसार नेपाली समाजलाई अघिल्तिर बढाउन र त्यसलाई एक सुनिश्चित दिशा दिन भाषा–साहित्यलगायत वाङ्मयका विभिन्न क्षेत्रको औधी महŒव देख्थे । उनीसँग मुलुक निर्माणको आफ्नो किसिमको स्पष्ट दृष्टिकोण थियो । उनी त्यसैअनुरूप वाङ्मयलाई पनि अघि बढाउन चाहन्थे । उनले आफूले अघि बढाएको राष्ट्रवादी चिन्तनसँग वाङ्मयलाई गंभीरतापूर्वक जोड्ने प्रयास गरे । उनले प्रवद्र्धन गरेको राष्ट्रवादलाई आज पनि महेन्द्रीय राष्ट्रवादका रूपमा उल्लेख गरिन्छ । संस्कृति, इतिहास, साहित्य आदिलाई यसअनुरूप अघि बढाउन योजनाबद्ध रूपमा काम गरियो । राजा महेन्द्र बौद्धिक व्यक्तित्वहरूको निर्माणमा मात्र सचेत थिएनन्, आफ्नो मिसनअनुरूप साहित्यिक, सांस्कृतिक ‘आइकन’हरूको निर्माणमा पनि सचेत थिए । ‘आइकन’हरू आफैं मात्र बन्दैनन्, बनाइन्छन् पनि । यो सचेतता म लोकतान्त्रिक कालखण्डमा त्यति देख्दिनँ । पार्टीसँग जोडिएका बौद्धिक एवं स्रष्टाहरूलाई पार्टी कार्यकर्ता मात्र देख्ने, व्यक्तित्व बाहिर मात्र खोज्ने प्रवृत्ति वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनमा व्याप्त छ । यो समस्या म अझ बढी सरकारमा बस्दै आएका वामपन्थीहरूमा देख्छु । यसले दीर्घकालीन रूपमा पु¥याउने असरबारे कोही गम्भीर हुन चाहेको पाउँदिन ।
प्रज्ञाको प्राज्ञिक गतिविधिलाई प्रभावित गर्ने एक महŒवपूर्ण कारकका रूपमा यसको बजेट पनि रहेको छ । पर्याप्त काम गर्नलाई पर्याप्त बजेट चाहिन्छ । राज्यले दिने बजेट पर्याप्त छैन । करिबकरिब ११÷१२ करोडको हाराहारीमा नेपाल यसले सरकारबाट रकम प्राप्त गर्छ । प्रज्ञाको आफ्नो आम्दानी जोड्दा बजेटको आकार अलिकति बढ्छ । यसबाट प्राज्ञिक कामका निम्ति खर्च हुने भनेको जम्माजम्मी १ करोडजति मात्र हो । यस रकमबाटै ११ वटा विभागले अध्ययन–अनुसन्धान, गोष्ठी एवं प्रकाशन गर्नुपर्छ । अब हामी आफैं यति रकमबाट कति प्राज्ञिक कामहरू हुन सक्छन् भनेर अनुमान गर्न सक्छौं । यसबाट राज्यमा वाङ्मयको क्षेत्रलाई अनुत्पादक ठान्ने दृष्टिकोण अझै पनि विद्यमान छ भन्ने देखिन्छ । थोरै रकमबाट प्रज्ञाले जति काम गरेको छ, त्यसलाई कम भन्न मिल्दैन । प्रज्ञाको आलोचना गर्दा यस यथार्थतर्फ धेरैको ध्यान गएको देखिन्न । राज्यले प्रज्ञा–प्रतिष्ठानहरूलाई कति महŒव प्रदान गरेको छ भन्ने कुरा प्राज्ञहरूको मर्यादाक्रमसम्बन्धी राज्यको उदासीनतालाई हे¥यो भने पनि थाहा हुन्छ । राज्यद्वारा निर्धारित मर्यादाक्रममा प्राज्ञहरू कहीँ छैनन् । राज्यले आयोजना गर्ने औपचारिक कार्यक्रममा ती कहीँ निम्त्याइँदैनन् । भाषा, साहित्य, कला, संगीत र तिनका स्रष्टाहरूबारे औपचारिक रूपमा ठूलो कुरा गर्ने राज्यको यो व्यवहार साँच्चिकै लज्जाजनक छ । हामीले यस विषयमा पटकपटक सरकारसँग कुरा ग¥यौं, तर त्यसको कुनै सकारात्मक परिणाम आएन । मर्यादा पुनर्निर्धारित भएर आउँदा कुलपति र उपकुलपतिको मर्यादाक्रम अझ घटुवा भएर आयो । प्राज्ञहरू त फेरि पनि कहीँ परेनन् । सुन्दै छु, मर्यादाक्रमका विषयमा पुनः छलफल सुरु भएको छ, तर प्राज्ञहरूको मर्यादाक्रम तोकिने हो कि पुनः पुरानै स्थिति दोहोरिने हो, केही भन्न सकिन्न ।
यस अवधिमा प्रज्ञाको राजनीतीकरणका बारेमा पनि निकै कुराहरू उठे । सामान्यतः म आफैं पनि राजनीतीकरणको विरोधी हुँ । तर, जुन दृष्टिकोण र आसयसहित कतिपयबाट राजनीतीकरणको कुरा उठाइन्छ र विरोध गरिन्छ त्यो मलाई अतार्किक र मनशायपूर्ण लाग्छ । मानिस विचारविहीन हुन्न । विचारबाटै प्रतिबद्धताको निर्माण हुन्छ र कुनै दलसँग जोडिन्छ । दलसँग नजोडिए पनि वैचारिक रूपमा ऊ पक्षधरतामक्त हुन्न । मुख्य कुरो वैचारिक पक्षधरताभन्दा ऊ सम्बन्धित क्षेत्रका निम्ति योग्य व्यक्तित्व हो कि होइन र त्यहाँ उसले समुचित भूमिका सम्पादन गर्न सक्छ कि सक्दैन भन्ने हो । राज्यको ध्यान दलसँग नजोडिएका स्वतन्त्र र योग्य व्यक्तित्वहरूप्रति पनि जानुपर्छ, तर राजनीतिक आस्था राख्नेहरूलाई भूमिकाका निम्ति ढोका बन्द गर्नुपर्छ भन्ने खालको निषेधात्मक दृष्टिकोण राख्नु गलत हुन्छ । म त ‘स्वतन्त्र’ भन्ने शब्दलाई सापेक्षमा बुझ्नुपर्छ भन्ने दृष्टिकोण राख्ने मानिस हुँ । म मानिस ‘पूर्ण स्वतन्त्र’ हुन्छ भन्ने कुरामा विश्वास गर्दिन । मुख्य कुरो योग्यता, योगदान र उसले सम्पादन गर्ने भूमिका हो । एकदमै विभाजित समाजमा योग्यता र योगदानलाई हेर्ने विषयमा पनि समान धारणा पाइन्न ।
प्रज्ञा–प्रतिष्ठानको भूमिकालाई अझ सशक्त बनाउन आवश्यक छ तर, यो त्यसै बन्दैन । यो जोडिएको छ, पर्याप्त बजेट, सुस्पष्ट दृष्टिकोणसहितको काम गर्न सक्षम टिम, प्राज्ञहरूको सम्मानपूर्ण मर्यादाक्रम र प्रतिष्ठान सबैको हो भन्ने वातावरणको निर्माणसँग मुलुकलाई नयाँ दिशा दिन वाङ्मयको महŒवपूर्ण भूमिका रहन्छ । वाङ्मयको क्षेत्रको कार्य मुुलुकको समग्र रूपान्तरणको प्रक्रियासँग जोडिनुपर्छ । यसले स्वयं यसका निम्ति भूमिका सम्पादन गर्नुपर्छ । आत्मिक रूपान्तरणको प्रक्रियामा यसको सबैभन्दा महŒवपूर्ण भूमिका रहन्छ र रहनुपर्छ । ज्ञान उत्पादन सोद्देश्यमूलक हुन्छ । परिवर्तित समयको मर्मलाई आत्मसात् गर्नेहरूबाटै एक नयाँ तस्बिरको रचना पनि सम्भव छ । आउँदा दिनहरूमा हामी कसरी अघि बढ्छौं, यो मजस्तो सामान्य मानिसले भन्न सक्ने कुरा रहेन । मेरो अनुभवले भन्छ, प्रज्ञा–प्रतिष्ठानले पाउनुपर्ने ठाउँबाट समुचित महŒव पाउन सकेको छैन । ‘आत्मिक इन्जिनियरिङ’का दृष्टिले महŒवपूर्ण यस संस्थाले के आउँदा दिनहरूमा समुचित महŒव प्राप्त गर्न सक्ला ? के हामी ज्ञान उत्पादनको क्षेत्रमा नयाँ ढंगले अघि बढ्न सकौंला ? प्रश्न अनुत्तरित छ । प्रज्ञाबारे अरू मसिना कुरा फेरि गरौंला ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा