20th October 2018, Saturday

E-budhabar

‘देश डुब्न लाग्यो, किनारा लगाइदेऊ…’



‘देश डुब्न लाग्यो, किनारा लगाइदेऊ…’

माधवकुरमार नेपाल

पहिले संसद्को यही रोस्ट्रममा उभिएर मैले भनेको कुरा स्मरण गराउनु चाहन्छु । मैले भनेको थिएँ, यो देश डुब्न लाग्यो किनारा लगाइदेऊ, माझी छौ कि कोही किनारा लगाइदेऊ । देश डुब्न लाग्यो, देशै बचाइदेऊ ।’ आज पनि विभिन्न ठाउँमा घटिरहेका घटनाहरूप्रति सम्बन्धित सबै निकायको ध्यान आकृष्ट गर्न चाहन्छु । यो प्रश्न सबै ठाउँमा उठिरहेको छ । त्यो प्रश्न कञ्चरपुरबाट निर्मला पन्तको ठाउँबाट उठिरहेको छ । प्रश्न उठिरहेको छ, रौतहट जिल्लाको चन्द्रपुरबाट जहाँ एसिड हानेर सम्झनाको हत्या गरिएको छ । बलात्कारबाट, एसिडबाट, अनेकौं यस खालका घटनाहरू घटिरहेका छन् । भ्रष्टाचार व्याप्त छ । रोक्ने, नियन्त्रण गर्ने कुनै अंग छ कि छैन ? दोषीहरू कोही अहिलेसम्म गिरफ्तार भएका छन् कि छैनन् ? मुद्दा चलिरहेको छ कि छैन ? मान्छे हेर्न चाहन्छन्, काम र परिणाम । परिणाम दिइसकेपछि बल्ल हाम्रो शिर ठाडो हुने थियो । जुन जोगी आए पनि कानै चिरेका भनेर हाम्रा कानले सुन्नुपर्ने थिएन । यो स्थितिलाई कसरी परिवर्तन गर्ने ?

एउटा किताब पढ्दै थिएँ, ‘रजगज’ उपन्यास । हुन त त्यसमा उल्लेख सबै कुरा सही छन् जस्तो त लाग्दैन तर अधिकांश कुरा अनुसन्धान र खोज गरेर उल्लेख गरिएको जस्तो लाग्यो । त्यो पढ्दै जाँदा देशको कहालीलाग्दो अवस्थाले आङ सिरिंग बनायो । राज्यका विभिन्न निकायको भ्रष्टचारको उदांगो तस्बिर त्यसमा छ । अरू पनि त्यस्ता धेरै किताब होलान् । तर, मैले आफूले पढेको हुनाले हाम्रा मन्त्रीहरूलाई भन्न चाहन्छु, त्यो किताब एकचोटि पढिदिनुस् । विभिन्न फैसलामा जहिल्यै पनि भ्रष्टलाई जिताउने व्यक्तिहरू नै माथि हुने, जिल्लामा भए पुनरावेदन, पुनरावेदनमा भए सर्वोच्चमा आउने सिलसिला कहिले बन्द हुने ? दुनियाँले औंला ठ्याइरहेको, भ्रष्टचारी भनिरहेको व्यक्ति पुरस्कृत भइरहँदा हाम्रो शिर निहुरिन्छ । यो कहिले रोकिने ? बाटोघोमा हिँड्दा, अझ् सार्वजनिक यातायातमा यात्रा गर्ने सांसदहरूलाई त कस्तो होला ? कान नै थुनेर हिँडौं कि जस्तो पनि लाग्दो होला । पैदल हिँड्नेहरूलाई झन् कस्तो हुँदो होला ? कुनै पसलमा पस्दा पनि के भन्दा होलान् ? त्यसो हुनाले कमसे कम जनताले के भन्छन् भन्ने कुरा प्रतिवाद गर्न होइन, रियलाइज गर्ने, त्रुटि कहाँ भयो भन्ने खोज्ने, समस्या कहाँ छन् भन्ने पत्ता लगाएर समाधान गर्ने संकल्प, आँट गरौं । राम्रो काम गर्नुस् नेकपाको मात्र होइन, सिंगो संसद्को समर्थन रहनेछ । सिंगो संसद्को मात्र होइन । सम्पूर्ण नेपाली जनताको समर्थन रहनेछ । नेपाललाई चाहिएको छ सुशासन, भ्रष्टाचारमुक्त प्रशासन, छिटोछरितो काम, गुणस्तरहीन कामको अन्त्य । र, जनतालाई चाहिएको छ, उनीहरूको समस्याको सामाधान । जनता चाहिरहेका छन्, गाँस, बास, आवास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा । उनीहरू भनिरहेका छन् कि हाम्रो सुरक्षाप्रति संवेदनशील भइदिनुप¥यो । त्यो संवेदनशीलता चाहिएको छ ।

देशमाथि, राष्ट्रियतामाथि प्रश्न उठिरहेको छ । भौगोलिक अखण्डतामाथि खुलेआम चुनौती दिइएका छन् । एउटा भिडियो हेरेर म अचम्मित भएँ । त्यो भिडियो हाम्रा मन्त्रीहरूले देख्नुभएको छ कि छैन, थाहा छैन । गृहमन्त्रीज्यू कहाँ हुनुहुन्छ, थाहा छैन । उहाँहरूलाई जानकारी हुन्छ कि हुँदैन, थाहा छैन । जिल्ला प्रशासन नामको चीज छ कि छैन, थाहा छैन । खुलेआम देश टुक्र्याउने अभिव्यक्ति दिने व्यक्तिहरूलाई जोगाउने नेपालका विभिन्न निकाय छन् । ती निकायमा बस्ने व्यक्तिहरू कस्ता होलान्, जो राष्ट्रद्रोहीहरूलाई पनि त्यत्तिकै छुट दिन्छन् । जसमा देशभक्तिको भावना, नेपालीको भावना छैन, त्यो व्यक्तिले नेपाली भएर गौरव गर्नुपर्ने कुनै अर्थ रहँदैन ।

चाहे राष्ट्रियतासँग जोडिएका विषय हुन्, चाहे जनजीविकासँग जोडिएको होस्, जनअधिकारका कुरा नै किन नहुन् ?

यस मामिलामा म सरकारलाई धन्यवाद दिन चाहन्छु । सरकार मात्र होइन, संसद्लाई पनि धन्यवाद दिन चाहन्छु । विषयगत सबै समिति, प्रतिपक्ष पनि धन्यवादका पात्र छन्, जसले मौलिक हकसम्बन्धी सबै १६ विधेयक पारित गरेका छन् । यसरी राम्रा कामहरू पनि भएका छन् । आशा पनि छ । आशा मरिसकेको छैन । जनता अझै भनिरहेका छन्, अनुभवका आधारमा, अरू समाजको अनुभवलाई पनि लिएर, छलफल, परामर्श गरेर, त्यस्तो बानीको विकास गरेर, प्रकृतिले हामीलाई दुइटा कान दिएको छ सुन्नका लागि, सुन्ने बानी विकास गरेर काममा अगाडि बढ्नुस्, सरकारलाई सबैको समर्थन हुन्छ । जता गयो खालि आलोचना, विरोध, खिसीट्युरीबाहेक केही छैन । यो स्थितिले त हामी सबैलाई पोल्नुपर्ने हो ? बजेट निर्माणदेखि लिएर अहिलेसम्मको सबै कामको सरकारले राम्ररी बसेर समीक्षा गरोस् । अर्कोचोटिको संसद् अधिवेशनमा आउँदा नयाँ ऊर्जाका साथ, नयाँ सन्देश दिने हिसाबले, आशा जगाउने हिसाबले, शिर ठाडो पार्ने हिसाबले आउने वातावरण बनाओस् । कार्यसम्पादनको अवस्था म आफैंले हेरेको छु । चावहिलदेखि साँखुको सडक एउटा उदाहरण हो । म त्यही क्षेत्रबाट निर्वाचित सांसद हुँ । यो बाटोको बेहाल उल्लेख गरिसाध्य छैन । हिलाम्मे छ । धुलाम्मे छ । मान्छेको बिजोग छ । गाडीको बेहाल छ । चारचोटि मैले अनुगमन गराएँ । ठेकेदारहरू अनुगमनमा आउने थाहा पाएपछि गिटी झार्छन्, त्यसपछि बेपत्ता हुन्छन् । हेर्ने कुनै निकाय हुदैन । मन्त्री कहाँ हराउने ? सचिव कहाँ हराउने ? इन्जिनियर कहाँ हराउने ? र, यस्तो बेवास्ता गरेबापत दण्डित पनि नहुने ! सजाय पनि नदिने ! स्पष्टिकरण नसोध्ने ! र, तिनीहरू कालोसूचीमा पनि नपर्ने ! कालोसूचीमा परेकाहरू झन् पुरस्कृत हुने । जति बढी अपराध ग¥यो, त्यति बढी पुरस्कृत हुने । यस्तो खालको स्थिति देख्दा दिक्क लाग्छ । त्यही भएर गीतकारले यस्तो गीत बनाउनुभएको होला ।

अरू कसैले गर्नेवाला छैन । जनताको आशा यही सरकारसँग छ । नेकपाको सरकारसँग छ, जनताको विश्वास । यो सरकारले राम्रो काम गरोस् । भ्रष्टाचार गर्दिन होइन, हुनेछैन भनेर विश्वास दिलाओस् । भ्रष्टाचार गर्नेलाई दण्डित गर्न सकोस् । राष्ट्रहितको प्रतिष्ठा अभिवृद्धि गर्ने कुरामा, सार्वभौमसत्ताको रक्षा गर्ने कुरामा, भौगोलिक अखण्डता जोगाउने र देशको संवेदनशीलतामाथि गम्भीर हुने कुरामा सरकार अगाडि बढोस् । हामीले लोतन्त्र स्थापित गरेका छौं । गणतन्त्र आएको छ । त्यसलाई अझ अधिकारसम्पन्न बनाउने काम गरोस् । समाजमा रहेका सबै विकृतिविसंगति हटाउन आफूसँगसँगै सरोकारवाला निकायहरूलाई पनि सक्रिय बनाउने काम पनि गरोस् । बेरोजगारी, निरक्षरता अन्त्यदेखि लिएर अनेक काममा लाग्न जरुरी छ ।

सुन्नमा आएको छ ,ब्रिटिस सेनमा नेपाली महिलालाई भर्ना गर्ने क्रम सुरु भयो । यो रोकिएकोसम्म त ठिकै हो । होइन भने योभन्दा लाजसरमको कुरा अरू केही पनि हुँदैन । भोलि त्यहाँ नेपाली महिलाको सम्मान हुने कुरामा हामीलाई विश्वास छैन । यस्तो कुरा भएको छ भने बन्द गरौं । होइन भने भोलि खाडी क्षेत्रले पनि सुरु गर्छ, भारतीय सेनामा सुरु हुन्छ । त्योबेला हामी सबैको शिर निहुरिने स्थिति बन्न सक्छ । यस्ता कुरामा सरकारको ध्यान जाओस् । अहिले समाजका विभिन्न क्षेत्रबाट उठिरहेका मागहरूलाई तदनुरूप नै (हुन त सबैका आ–आफ्ना स्वार्थ हुँदा रहेछन्, ती कति जायज छन् ती छुट्ट्याएर) सम्बोधन गर्नुपर्दछ । यी सबै काम सरकार एक्लैले गर्न सक्दैन । अरूको पनि साथ सहयोग चाहिन्छ । सिंगो पार्टीको, संसद्को साथ चाहिन्छ । त्यस्तो कुरामा हामी सबैले संकीर्ण घेराभन्दा माथि उठेर संकल्प गर्नुपर्दछ ।

अहिले निजगढ विमानस्थलका नाममा ठूलो परिचर्चा छ । नेकपाभित्रै पनि विरोध भइरहेको छ भन्ने मैले सुनें । यहाँ राम्रो काम गर्ने आडमा कसैले स्वार्थ पूरा गर्न खोजेको त होइन भन्ने हाम्रो चासो हो । राम्रो गर्ने नाममा आफ्नो स्वार्थ पूरा गर्न खोजिएको त होइन भन्ने प्रश्न हो । २० वर्षदेखि विकल्पहीन थियो, अर्काे विमानस्थल कहाँ बनाउने भनेर आयोगहरू बने, प्रतिवेदन आए । त्यसकै आधारमा मैले २०६७ सालमा निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेको थिएँ । सबै हिसाबले सोचविचार गरेर निर्णय गरेको हुँ । तर, सबै रुख काट्न आवश्यक छ कि छैन ? भएका जति सबै रूख काटेर दारी खौरिएजस्तो बनाउने हाम्रो चलन छ । त्यो गलत हो । जति चाहिन्छ, त्योभन्दा एउटा पनि बढी रूख काट्न पाइँदैन । घरै बनाइन्छ भने घरका बीचमा रूख रोप्नुपर्छ । भारतको सिम्लामा घरका बीचमा, पर्खालमा रूख रोपेको देखिन्छ । मैले पनि बुझ्दाखेरि जति रूख काट्ने भनेर हल्ला गरिएको छ, त्यति रुख काट्ने योजना छैन । विकल्पमा कति रूख रोप्ने हो त्यति रोप्नुपर्छ ।

नेपालमा कहीँ पनि काम गर्न नदिने तŒवहरू लागेको देखिन्छ । उद्योगधन्दा खोल्न नदिने, नदीनालाको उपयोग गर्न नदिने, बिजुली उत्पादन गर्न नदिने, विमानस्थल बन्न नदिने, देशलाई आत्मनिर्भर बन्न नदिने षड्यन्त्रभित्र हामी फस्ने खतरा छ । म मन्त्री र अधिकारीहरूलाई भन्न चाहन्छु । त्यसकारण, यो काम कुनै हालतमा रोकिनुहुन्न । विकास रोक्ने षड्यन्त्रमा सरकार फस्नुभएन । विमानस्थल बनाउने र फास्ट ट्र्याक समयमै बनाउन सरकार चुक्नुहुन्न । रोक्नेहरूलाई पन्छाउन सरकारले कानुनै संशोधन गर्ने वा नियमावली संशोधन गर्नुपरे पनि गरोस् । काम नगर्ने ठेकेदारलाई कानुन संशोधन गरेरै भए पनि पन्छाउनपुर्छ । कालोसूचीमा परेकाहरूले मात्रै काम पाइरहने अवस्था किन आयो ? के तीबाहेक अरू मान्छे योग्य नै छैनन् त ? त्यसको कारण खोजियो भने के जवाफ दिने ?

प्रश्न उठेको छ कतै यस्तै मान्छेहरूको बिगबिगी हुने त होइन देशमा ? त्यसकारण, अब मुलुकलाई विधिको शासनमा लैजानुपर्छ । सरकार यसमा सचेत बनोस् । विधि र प्रक्रियामा मुलुकलाई कसरी लैजाने ? पारदर्शी काम कसरी गर्ने भन्नेबारे सरकार सचेत हुनुपर्छ । व्यक्तिको मूल्यांकन कसरी गर्ने ? इमानदार, पवित्र भावना भएका, देशभक्तहरूलाई हुर्काउन प्रोत्साहित गर्ने, विदेशमा गएका नेपालीहरूको ज्ञान, सीप र प्रविधिलाई कसरी सदुपयोग गर्ने भन्नेबारे पनि हामीले सोच्नु आवश्यक छ । त्यसकारण, राम्रा मान्छेहरू छान्नुपर्छ । अहिले एउटा अवसर आएको छ, जनताले विश्वास गरेर दुई तिहाइ बहुमत दिएका छन् । अब गुनासो गर्ने अधिकार छैन । राम्रो काम गरेपछि जनताले स्याबास भन्नेछन् । देशको इज्जत बढ्दा प्रतिपक्षीले पनि विरोध नगर्ला । सरकारले कतिपय राम्रा कामहरूको नेतृत्व पनि लिएको छ । मौलिक हकअन्तर्गतका कानुनहरू बनाएको छ । अब विनियमहरू निर्माण होस् । राम्रा मानिसहरूले जिम्मेवारी पाऊन् । राजदूतहरू यथाशक्य चाँडो नियुक्ति होस् । संवैधानिक निकायमा चाँडै नियुक्त गरियोस् ।

जिम्मेवारी दिइने मान्छेहरूको विगत र वर्तमानको अध्ययन गर्नुपर्छ । हामीसँग अनुभवहरूको कमी छैन । धेरै मन्त्री र पूर्वप्रधानमन्त्री छन् । उनीहरूसँग सल्लाह र परामर्श गरियोस् । सरकारसँग जनताको ठूलो आशा छ । सरकारको सफलताको कामना गर्दै दसैं, तिहार, छठ, न्हुँदया भिन्तुनालगायतका सबै पर्वहरूको अग्रिम शुभकामना दिन चाहन्छु । नेपालीहरूले दुःख कष्ट, महँगी र अभावमा बाँच्नु नपरोस्, आनन्दका साथ चाडपर्व मनाऊन् । सुखी नेपाली, समृद्ध नेपालको नाराले सार्थकता पाओस् ।

(संसदमा गरिएको सम्बोधनको अंश)

 

…b]z 8′Ag nfUof], lsgf/f nufOb]pm===Ú

dfwjs’/df/ g]kfn

klxn] ;+;b\sf] oxL /f]:6«ddf pleP/ d}n] eg]sf] s’/f :d/0f u/fpg’ rfxG5′ . d}n] eg]sf] lyPF, of] b]z 8′Ag nfUof] lsgf/f nufOb]pm, dfemL 5f} ls sf]xL lsgf/f nufOb]pm . b]z 8′Ag nfUof], b]z} arfOb]pm .Ú cfh klg ljleGg 7fpFdf 3l6/x]sf 36gfx¿k|lt ;DalGwt ;a} lgsfosf] Wofg cfs[i6 ug{ rfxG5' . of] k|Zg ;a} 7fpFdf pl7/x]sf] 5 . Tof] k|Zg s~r/k’/af6 lgd{nf kGtsf] 7fpFaf6 pl7/x]sf] 5 . k|Zg pl7/x]sf] 5, /f}tx6 lhNnfsf] rGb|k’/af6 hxfF Pl;8 xfg]/ ;Demgfsf] xTof ul/Psf] 5 . anfTsf/af6, Pl;8af6, cg]sf}+ o; vfnsf 36gfx¿ 3l6/x]sf 5g\ . e|i6frf/ JofKt 5 . /f]Sg], lgoGq0f ug]{ s’g} c+u 5 ls 5}g < bf]ifLx¿ sf]xL clxn];Dd lu/km\tf/ ePsf 5g\ ls 5}gg\ < d’2f rln/x]sf] 5 ls 5}g < dfG5] x]g{ rfxG5g\, sfd / kl/0ffd . kl/0ffd lbO;s]kl5 aNn xfd|f] lz/ 7f8f] x’g] lyof] . h’g hf]uL cfP klg sfg} lr/]sf eg]/ xfd|f sfgn] ;’Gg’kg]{ lyPg . of] l:yltnfO{ s;/L kl/jt{g ug]{ <

Pp6f lstfa k9\b} lyPF, …/huhÚ pkGof; . x’g t To;df pNn]v ;a} s’/f ;xL 5g\ h:tf] t nfUb}g t/ clwsf+z s’/f cg’;Gwfg / vf]h u/]/ pNn]v ul/Psf] h:tf] nfUof] . Tof] k9\b} hfFbf b]zsf] sxfnLnfUbf] cj:yfn] cfª l;l/+u agfof] . /fHosf ljleGg lgsfosf] e|i6rf/sf] pbf+uf] tl:a/ To;df 5 . c¿ klg To:tf w]/} lstfa xf]nfg\ . t/, d}n] cfkm”n] k9]sf] x’gfn] xfd|f dGqLx¿nfO{ eGg rfxG5′, Tof] lstfa Psrf]l6 kl9lbg’;\ . ljleGg km};nfdf hlxNo} klg e|i6nfO{ lhtfpg] JolQmx¿ g} dfly x’g], lhNnfdf eP k’g/fj]bg, k’g/fj]bgdf eP ;jf]{Rrdf cfpg] l;nl;nf slxn] aGb x’g] < b’lgofFn] cf}+nf 7\ofO/x]sf], e|i6rf/L elg/x]sf] JolQm k’/:s[t eO/xFbf xfd|f] lz/ lgx’l/G5 . of] slxn] /f]lsg] < af6f]3f]df lxF8\bf, cem\ ;fj{hlgs oftfoftdf ofqf ug]{ ;f+;bx¿nfO{ t s:tf] xf]nf < sfg g} y’g]/ lxF8f}+ ls h:tf] klg nfUbf] xf]nf . k}bn lxF8\g]x¿nfO{ emg\ s:tf] x’Fbf] xf]nf < s’g} k;ndf k:bf klg s] eGbf xf]nfg\ < To;f] x’gfn] sd;] sd hgtfn] s] eG5g\ eGg] s’/f k|ltjfb ug{ xf]Og, l/onfOh ug]{, q’l6 sxfF eof] eGg] vf]Hg], ;d:of sxfF 5g\ eGg] kQf nufP/ ;dfwfg ug]{ ;+sNk, cfF6 u/f}+ . /fd|f] sfd ug’{;\ g]skfsf] dfq xf]Og, l;+uf] ;+;b\sf] ;dy{g /xg]5 . l;+uf] ;+;b\sf] dfq xf]Og . ;Dk”0f{ g]kfnL hgtfsf] ;dy{g /xg]5 . g]kfnnfO{ rflxPsf] 5 ;’zf;g, e|i6frf/d’Qm k|zf;g, l56f]5l/tf] sfd, u’0f:t/xLg sfdsf] cGTo . /, hgtfnfO{ rflxPsf] 5, pgLx¿sf] ;d:ofsf] ;fdfwfg . hgtf rflx/x]sf 5g\, ufF;, af;, cfjf;, lzIff, :jf:Yo, /f]huf/L / ;’/Iff . pgLx¿ elg/x]sf 5g\ ls xfd|f] ;’/Iffk|lt ;+j]bgzLn eOlbg’k¥of] . Tof] ;+j]bgzLntf rflxPsf] 5 .

b]zdfly, /fli6«otfdfly k|Zg pl7/x]sf] 5 . ef}uf]lns cv08tfdfly v’n]cfd r’gf}tL lbOPsf 5g\ . Pp6f lel8of] x]/]/ d crlDdt ePF . Tof] lel8of] xfd|f dGqLx¿n] b]Vg’ePsf] 5 ls 5}g, yfxf 5}g . u[xdGqLHo" sxfF x'g'x'G5, yfxf 5}g . pxfFx¿nfO{ hfgsf/L x'G5 ls x'Fb}g, yfxf 5}g . lhNnf k|zf;g gfdsf] rLh 5 ls 5}g, yfxf 5}g . v’n]cfd b]z 6′qm\ofpg] cleJolQm lbg] JolQmx¿nfO{ hf]ufpg] g]kfnsf ljleGg lgsfo 5g\ . tL lgsfodf a:g] JolQmx¿ s:tf xf]nfg\, hf] /fi6«b|f]xLx¿nfO{ klg TolQs} 5’6 lbG5g\ . h;df b]zelQmsf] efjgf, g]kfnLsf] efjgf 5}g, Tof] JolQmn] g]kfnL eP/ uf}/j ug’{kg]{ s’g} cy{ /xFb}g .

rfx] /fli6«otf;Fu hf]l8Psf ljifo x’g\, rfx] hghLljsf;Fu hf]l8Psf] xf];\, hgclwsf/sf s’/f g} lsg gx’g\ <

o; dfldnfdf d ;/sf/nfO{ wGojfb lbg rfxG5′ . ;/sf/ dfq xf]Og, ;+;b\nfO{ klg wGojfb lbg rfxG5′ . ljifout ;a} ;ldlt, k|ltkIf klg wGojfbsf kfq 5g\, h;n] df}lns xs;DaGwL ;a} !^ ljw]os kfl/t u/]sf 5g\ . o;/L /fd|f sfdx¿ klg ePsf 5g\ . cfzf klg 5 . cfzf dl/;s]sf] 5}g . hgtf cem} elg/x]sf 5g\, cg’ejsf cfwf/df, c¿ ;dfhsf] cg’ejnfO{ klg lnP/, 5nkmn, k/fdz{ u/]/, To:tf] afgLsf] ljsf; u/]/, k|s[ltn] xfdLnfO{ b’O6f sfg lbPsf] 5 ;’Ggsf nflu, ;’Gg] afgL ljsf; u/]/ sfddf cufl8 a9\g’;\, ;/sf/nfO{ ;a}sf] ;dy{g x’G5 . htf uof] vfln cfnf]rgf, lj/f]w, lv;L6\o’/Lafx]s s]xL 5}g . of] l:yltn] t xfdL ;a}nfO{ kf]Ng’kg]{ xf] < ah]6 lgdf{0fb]lv lnP/ clxn];Ddsf] ;a} sfdsf] ;/sf/n] /fd|/L a;]/ ;dLIff u/f];\ . csf]{rf]l6sf] ;+;b\ clwj]zgdf cfpFbf gofF pmhf{sf ;fy, gofF ;Gb]z lbg] lx;fan], cfzf hufpg] lx;fan], lz/ 7f8f] kfg]{ lx;fan] cfpg] jftfj/0f agfcf];\ . sfo{;Dkfbgsf] cj:yf d cfkm}+n] x]/]sf] 5′ . rfjlxnb]lv ;fFv’sf] ;8s Pp6f pbfx/0f xf] . d ToxL If]qaf6 lgjf{lrt ;f+;b x’F . of] af6f]sf] a]xfn pNn]v ul/;fWo 5}g . lxnfDd] 5 . w’nfDd] 5 . dfG5]sf] lahf]u 5 . uf8Lsf] a]xfn 5 . rf/rf]l6 d}n] cg’udg u/fPF . 7]s]bf/x¿ cg’udgdf cfpg] yfxf kfPkl5 lu6L emf5{g\, To;kl5 a]kQf x’G5g\ . x]g]{ s’g} lgsfo x’b}g . dGqL sxfF x/fpg] < ;lrj sxfF x/fpg] < OlGhlgo/ sxfF x/fpg] < /, o:tf] a]jf:tf u/]afkt bl08t klg gx’g] Û ;hfo klg glbg] Û :kli6s/0f g;f]Wg] Û /, ltgLx¿ sfnf];”rLdf klg gkg]{ Û sfnf];”rLdf k/]sfx¿ emg\ k’/:s[t x'g] . hlt a9L ck/fw u¥of], Tolt a9L k’/:s[t x'g] . o:tf] vfnsf] l:ylt b]Vbf lbSs nfU5 . ToxL eP/ uLtsf/n] o:tf] uLt agfpg’ePsf] xf]nf .

c¿ s;}n] ug]{jfnf 5}g . hgtfsf] cfzf oxL ;/sf/;Fu 5 . g]skfsf] ;/sf/;Fu 5, hgtfsf] ljZjf; . of] ;/sf/n] /fd|f] sfd u/f];\ . e|i6frf/ ulb{g xf]Og, x’g]5}g eg]/ ljZjf; lbnfcf];\ . e|i6frf/ ug]{nfO{ bl08t ug{ ;sf];\ . /fi6«lxtsf] k|lti7f clej[l4 ug]{ s’/fdf, ;fj{ef}d;Qfsf] /Iff ug]{ s’/fdf, ef}uf]lns cv08tf hf]ufpg] / b]zsf] ;+j]bgzLntfdfly uDeL/ x’g] s’/fdf ;/sf/ cufl8 a9f];\ . xfdLn] nf]tGq :yflkt u/]sf 5f}+ . u0ftGq cfPsf] 5 . To;nfO{ cem clwsf/;DkGg agfpg] sfd u/f];\ . ;dfhdf /x]sf ;a} ljs[ltlj;+ult x6fpg cfkm";Fu;Fu} ;/f]sf/jfnf lgsfox¿nfO{ klg ;lqmo agfpg] sfd klg u/f];\ . a]/f]huf/L, lg/If/tf cGTob]lv lnP/ cg]s sfddf nfUg h?/L 5 .

;’Ggdf cfPsf] 5 ,la|l6; ;]gdf g]kfnL dlxnfnfO{ egf{ ug]{ qmd ;’? eof] . of] /f]lsPsf];Dd t l7s} xf] . xf]Og eg] of]eGbf nfh;/dsf] s’/f c¿ s]xL klg x’Fb}g . ef]ln ToxfF g]kfnL dlxnfsf] ;Ddfg x’g] s’/fdf xfdLnfO{ ljZjf; 5}g . o:tf] s’/f ePsf] 5 eg] aGb u/f}+ . xf]Og eg] ef]ln vf8L If]qn] klg ;’? u5{, ef/tLo ;]gfdf ;’? x’G5 . Tof]a]nf xfdL ;a}sf] lz/ lgx’l/g] l:ylt aGg ;S5 . o:tf s’/fdf ;/sf/sf] Wofg hfcf];\ . clxn] ;dfhsf ljleGg If]qaf6 pl7/x]sf dfux¿nfO{ tbg’¿k g} -x’g t ;a}sf cf–cfkm\gf :jfy{ x’Fbf /x]5g\, tL slt hfoh 5g\ tL 5′§ØfP/_ ;Daf]wg ug’{kb{5 . oL ;a} sfd ;/sf/ PSn}n] ug{ ;Sb}g . c¿sf] klg ;fy ;xof]u rflxG5 . l;+uf] kf6L{sf], ;+;b\sf] ;fy rflxG5 . To:tf] s’/fdf xfdL ;a}n] ;+sL0f{ 3]/feGbf dfly p7]/ ;+sNk ug’{kb{5 .

clxn] lghu9 ljdfg:ynsf gfddf 7″nf] kl/rrf{ 5 . g]skfleq} klg lj/f]w eO/x]sf] 5 eGg] d}n] ;’g]+ . oxfF /fd|f] sfd ug]{ cf8df s;}n] :jfy{ k”/f ug{ vf]h]sf] t xf]Og eGg] xfd|f] rf;f] xf] . /fd|f] ug]{ gfddf cfkm\gf] :jfy{ k”/f ug{ vf]lhPsf] t xf]Og eGg] k|Zg xf] . @) jif{b]lv ljsNkxLg lyof], csf{] ljdfg:yn sxfF agfpg] eg]/ cfof]ux¿ ag], k|ltj]bg cfP . To;s} cfwf/df d}n] @)^& ;fndf lghu9df cGt/fli6«o ljdfg:yn agfpg] lg0f{o u/]sf] lyPF . ;a} lx;fan] ;f]rljrf/ u/]/ lg0f{o u/]sf] x’F . t/, ;a} ?v sf6\g cfjZos 5 ls 5}g < ePsf hlt ;a} ¿v sf6]/ bf/L vf}l/Ph:tf] agfpg] xfd|f] rng 5 . Tof] unt xf] . hlt rflxG5, Tof]eGbf Pp6f klg a9L ¿v sf6\g kfOFb}g . 3/} agfOG5 eg] 3/sf aLrdf ¿v /f]Kg’k5{ . ef/tsf] l;Dnfdf 3/sf aLrdf, kvf{ndf ¿v /f]k]sf] b]lvG5 . d}n] klg a’em\bfv]l/ hlt ¿v sf6\g] eg]/ xNnf ul/Psf] 5, Tolt ?v sf6\g] of]hgf 5}g . ljsNkdf slt ¿v /f]Kg] xf] Tolt /f]Kg’k5{ .

g]kfndf sxLF klg sfd ug{ glbg] tŒjx¿ nfu]sf] b]lvG5 . pBf]uwGbf vf]Ng glbg], gbLgfnfsf] pkof]u ug{ glbg], lah’nL pTkfbg ug{ glbg], ljdfg:yn aGg glbg], b]znfO{ cfTdlge{/ aGg glbg] if8\oGqleq xfdL km:g] vt/f 5 . d dGqL / clwsf/Lx¿nfO{ eGg rfxG5′ . To;sf/0f, of] sfd s’g} xfntdf /f]lsg’x'Gg . ljsf; /f]Sg] if8\oGqdf ;/sf/ km:g’ePg . ljdfg:yn agfpg] / kmf:6 6«Øfs ;dod} agfpg ;/sf/ r’Sg’x'Gg . /f]Sg]x¿nfO{ kG5fpg ;/sf/n] sfg’g} ;+zf]wg ug]{ jf lgodfjnL ;+zf]wg ug{‘k/] klg u/f];\ . sfd gug]{ 7]s]bf/nfO{ sfg’g ;+zf]wg u/]/} eP klg kG5fpgk’5{ . sfnf];”rLdf k/]sfx¿n] dfq} sfd kfO/xg] cj:yf lsg cfof] < s] tLafx]s c¿ dfG5] of]Uo g} 5}gg\ t < To;sf] sf/0f vf]lhof] eg] s] hjfkm lbg] <

k|Zg p7]sf] 5 st} o:t} dfG5]x¿sf] laulauL x’g] t xf]Og b]zdf < To;sf/0f, ca d’n'snfO{ ljlwsf] zf;gdf n}hfg’k5{ . ;/sf/ o;df ;r]t agf];\ . ljlw / k|lqmofdf d’n'snfO{ s;/L n}hfg] < kf/bzL{ sfd s;/L ug]{ eGg]af/] ;/sf/ ;r]t x’g'k5{ . JolQmsf] d”Nof+sg s;/L ug]{ < Odfgbf/, kljq efjgf ePsf, b]zeQmx¿nfO{ x’sf{pg k|f]T;flxt ug]{, ljb]zdf uPsf g]kfnLx¿sf] 1fg, ;Lk / k|ljlwnfO{ s;/L ;b’kof]u ug]{ eGg]af/] klg xfdLn] ;f]Rg’ cfjZos 5 . To;sf/0f, /fd|f dfG5]x¿ 5fGg’k5{ . clxn] Pp6f cj;/ cfPsf] 5, hgtfn] ljZjf; u/]/ b’O{ ltxfO ax’dt lbPsf 5g\ . ca u’gf;f] ug]{ clwsf/ 5}g . /fd|f] sfd u/]kl5 hgtfn] :ofaf; eGg]5g\ . b]zsf] OHht a9\bf k|ltkIfLn] klg lj/f]w gunf{ . ;/sf/n] sltko /fd|f sfdx¿sf] g]t[Tj klg lnPsf] 5 . df}lns xscGtu{tsf sfg’gx¿ agfPsf] 5 . ca ljlgodx¿ lgdf{0f xf];\ . /fd|f dflg;x¿n] lhDd]jf/L kfpmg\ . /fhb”tx¿ oyfzSo rfF8f] lgo’lQm xf];\ . ;+j}wflgs lgsfodf rfF8} lgo’Qm ul/of];\ .

lhDd]jf/L lbOg] dfG5]x¿sf] ljut / jt{dfgsf] cWoog ug{‘k5{ . xfdL;Fu cg’ejx¿sf] sdL 5}g . w]/} dGqL / k”j{k|wfgdGqL 5g\ . pgLx¿;Fu ;Nnfx / k/fdz{ ul/of];\ . ;/sf/;Fu hgtfsf] 7″nf] cfzf 5 . ;/sf/sf] ;kmntfsf] sfdgf ub}{ b;}+, ltxf/, 57, Gx’Fbof leGt’gfnufotsf ;a} kj{x¿sf] clu|d z’esfdgf lbg rfxG5′ . g]kfnLx¿n] b’Mv si6, dxFuL / cefjdf afFRg’ gk/f];\, cfgGbsf ;fy rf8kj{ dgfpmg\ . ;’vL g]kfnL, ;d[4 g]kfnsf] gf/fn] ;fy{stf kfcf];\ .

-;+;bdf ul/Psf] ;Daf]wgsf] c+z_

 

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा