16th January 2019, Wednesday

E-budhabar

६ दशकअघिको तस्बिर



६ दशकअघिको तस्बिर

वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता कुप्रथाहरूले समाजलाई कुरूप बनाएको थियो । दास प्रथा त अमानवीयताको पराकाष्ठा नै थियो । मालिकको इच्छाअनुरूप दासदासीहरूको किनबेच हुन्थ्यो । तर, राणा प्रधानमन्त्री चन्द्र शमशेरले भने विदेशीहरूको दबाबसामु टिक्न नसकेर दास प्रथालाई अन्त्य गर्न बाध्य भए ।
सांस्कृतिक अन्वेषक एवं साहित्य–सर्जक कुलचन्द्र कोइरालाको एउटा कथा ‘माला’ले दास प्रथा उन्मुलन हुनुअघि नेपाली समाजको तस्बिर कस्तो थियो, त्यसको हुबहु चित्रण उतारेको छ । दास–दासीहरूले मालिकबाट पाउने यातना, पीडा र उत्पीडनको आयतन कति फराकिलो थियो र त्यसले मानिसलाई पशुलाई भन्दा पनि निम्न स्तरको व्यवहार गरिन्थ्यो भन्ने स्पष्ट छनक दिएका छन् । कोइरालाको नवीन कृति ‘कुलचन्द्र कोइराला ः समग्र’भित्रका कथाहरूले शताब्दीयौं पहिलेको नेपाली समाजको विदु्रप पक्ष र प्रजातन्त्र आएपछि नेपाली समाजमा सल्बलाएका चेतना–बिम्बहरूलाई आख्यानमार्फत सटीक ढंगले उतार्न खोजिएको छ ।
नेपाली इतिहास रक्तरञ्जित युद्धले लेखिएका छन् । ‘स्मृतिचिह्न’ मा नेपाल अंग्रेज युद्धका समय नेपालीहरूले देखाएको वीरताको गाथा उतारिएको छ । सुगौली सन्धिका बेला अंग्रेज शासकले नेपालका राजालाई झुकाउने नियत राखेर कडा सर्त पठाएका थिए । त्योबेला नेपाली र अंग्रेजी सेनाबीच युद्ध हुने प्रबल सम्भावना थियो । र, अंग्रेज सेनाहरू सिन्धुलीगढीबाट प्रवेश गरेर काठमाडौं आउन सक्ने अनुमान लगाइएको थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरिरहेको समयावधिमा पनि काठमाडौं उपत्यकामा प्रवेश गर्ने क्रममा सिन्धुलीगढीमा भीषण युद्ध भएको थियो र अंग्रेजहरूले पराजयको स्वाद चाखेका थिए । तर, सुगौली सन्धिको पूर्वसन्ध्यामा भने अंग्रेजसँग युद्ध लड्न बडाकाजी अमरसिंह सिन्धुलीगढीमा खटिएका थिए । यो कथामा तत्कालीन समय र परिवेशमा नेपाली सेना युद्ध लड्न कसरी तयार भएका थिए भन्ने पक्षलाई सटीक रूपले उतार्न खोजिएको छ ।
‘एक खुड्को’ मा भने मातृवात्सल्य छताछुल्ल पोखिएको छ । विदेश गएका छोराको कुनै अत्तोपत्तो नहुँदा र कुनै ठेगानासमेत नहुँदा चिठी लेखेर पठाइदिन आग्रह गर्ने एउटी आमाको करुण व्यथा यो कथामा उतारिएको छ । साथै, एउटी महिलाको निर्दोषपनको फाइदा उठाउन तल्लिन पात्रहरू हामी बाँचिरहेकै समाजभित्र छन् भन्ने पक्षलाई पनि देखाउन कथा अग्रसर छ । त्यसो त कोइरालाका कथाहरू आजभन्दा करिब ६ दशकअघिका कथाहरू हुन् । तत्कालीन समाज कस्तो थियो, मानिसहरू कस्तो मनोकांक्षा पालेर बाँचेका हुन्थे, राजनीतिक परिस्थिति कस्तो थियो ? राणाकालीन र प्रजातन्त्र आएपछिको तत्कालीन नेपाली समाजको वस्तुगत पक्षहरूलाई बुझ्न उनका कथाहरू सहयोगी साबित हुनेछन् । नेपाली संस्कृतिको गहन अध्यताका रूपमा चिनिएका कोइराला कथा लेखनमा पनि उत्तिकै क्रियाशील र सफल थिए भन्ने चिनारी उनको यो कृति अध्ययन गरेपछि थाहा हुन्छ ।
कृति ः कुलचन्द्र कोइराला ः समग्र
विधा ः कथा
कथाकार ः कुलचन्द्र कोइराला
प्रकाशक ः कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान
पृष्ठ ः १७४

Leave a Reply

... र यो पनि ...

चक्रपथ

आगलागीमा कर्मचारीकै लापरबाही

ShareTweet काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण त्रिशूली जलविद्युत् आयोजनाको विद्युत् गृहमा एक वर्षमै तीनपटक आगलागी हुन पुगेको छ । तर, पटकपटक आगलागी भएर भौतिक क्षति- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नायक कि खलनायक ?

ShareTweet ‘इतिहास एक संवाद हो,’ आर्थर मारविकले भनेका थिए । तर, अब इतिहास संवादमा मात्र सीमित छैन । संवाद, विवाद, अन्तर–आवाजहरूका घेरा नाघिसकेको छ इतिहासले । केही दिनपूर्व- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कृषिवनको उपयोगिता

ShareTweet जनसंख्या वृद्धिसँगै परिवार टुक्रिने क्रम बढ्दो छ । परिवार टुक्रिएसँगै जग्गा–जमिनहरू खण्डीकृत हुने क्रम पनि उत्तिकै तन्किँदो छ । एकातिर जमिनको खण्डीकरणसँगै- ...
पूरा पढ्नुहोस्

छोटकरीमा