22nd July 2019, Monday

महालक्ष्मी विकास बैंकमा गोलमाल



काठमाडौं । बैंकको नेतृत्व लिएर बसेका व्यक्तिहरूका नालायकीका कारण पछिल्लो समय महालक्ष्मी विकास बैंक समस्यामा परेको छ । बैंकका सीईओ कृष्णराज लामिछाने र केही सञ्चालकले आफूअनुकूलको काम गर्दा बैंकमा फेरि खराब कर्जा बढेकोे छ । पछिल्लो समय सीईओ लामिछाने र तिवारीको चंगुलमा महालक्ष्मी विकास बैंक परेको भन्दा केही सञ्चालक नै रुष्ट भएका छन् ।
६ वटा विकास बैंक तथा फाइनान्स कम्पनीहरू मर्ज भएर बनेको महालक्ष्मी विकास बैंक उच्च जोखिममा परेपछि बैंक वृत्तमा खैलाबैला मच्चिएको छ । बिगतमा समस्याग्रस्त भएको मनकामना डेभलपमेन्ट बैैंक, यती फाइनान्स, महालक्ष्मी फाइनान्स आदि गाभिएर बनेको महालक्ष्मी विकास बैंकमा प्रमुुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने बैंक सुधारका लागि भन्दा पनि कमाउ धन्दामा लाग्दा बैंकको अवस्था पछिल्लो समय झन् खराब भएको बताइन्छ ।
पछिल्लो समय सीईओकै नालायकीका कारण राइटब्याकको कारण नाफा बढेको र खराब कर्जा अधिक पुगेको बताइएको छ । अहिले बैंकको सञ्चालक समिति अध्यक्षमा राजेश उपाध्याय छन् भने बोर्ड अफ डाइरेक्टरमा सञ्जय गिरी, राजेशकुमार रौनियार, रूपेन्द्र पौडेल, श्यामसुन्दर रुङ्टा र राहुल अग्रवाल रहेका छन् ।
बैंकले आव २०७४÷७५ मा ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ खुद कमाएको देखिएको छ । तर, नाफा बैंकको नियमित ब्याज आम्दानीभन्दा पनि सम्भावित जोखिम व्यवस्थापन फिर्ताबापत प्राप्त रकम (राइट ब्याक) बाट सम्भव भएको छ । बैंकले उक्त अवधिमा राइट ब्याकबापत मात्र ७० करोड ५६ लाख ९५ हजार रुपैयाँ प्राप्त गरेको थियो । बैंकमा झन्डै ४ प्रतिशत कर्जा खराव हुँुदा पनि बैंकको नाफा बढ्नुुको कारण नै राइट ब्याक रकम देखिएको छ ।
अर्कोतर्फ बैंकमा खराब कर्जा बढेका कारण बैंकको सम्भावित जोखिम व्यवस्थापन रकम पनि बढेर ६० करोड ५३ लाख ३० हजार रुपैयाँ पुुगेको छ । बैंकमा अहिले पनि तत्कालीन मनकामना डेभलपमेन्ट बंैंक, यती फाइनान्स, यति डेभलमेन्ट बैंक आदिको नाउँमा ठूलो परिमाणमा खराब कर्जा रहेको छ ।
अर्कोेतर्फ नेपालको व्यावसायिक क्षेत्रमा सबैभन्दा बदनाम समूह मानिएको एनबी समूहको पनि अझै महालक्ष्मी विकास बैंकमा ठूलो परिमाणमा कर्जा रहेको छ । सोही कारण पनि बैंकमा खराब कर्जा उच्च रूपमा बढेको हो । बैंकका प्रमुुख कार्यकारी अधिकृत लामिछाने भने वित्तीय रूपमा कमजोर रहेको बैंकलाई माथ उठाउनको भन्दा पनि बैंकलाई आफन्त र साथीभाइको भर्ती केन्द्र बनाउँदै बैंकलाई झन् कमजोर बनाउन प्रेरित भएका छन् ।
स्रोतका अनुसार लामिछानेले विभिन्न गुुट÷उपगुुटको स्वार्थमा बाँधिएर बैैंकलाई कमजोर बनाउने, खराब आचरण भएका ऋणीहरूलाई ठूलो परिमाणममा कर्जा दिएका छन् ।
ती कर्जाबापतको साँवा ब्याज रकम नियमित रूपमा नआएकाले पनि पछिल्लो आर्थिक वर्षमा बैंकमा खराब कर्जा बढेको हो ।
झन्डै आधा दर्जन बैंक तथा फाइनान्स कम्पनीहरूलाई गाभेर राष्ट्रिय स्तरका विकास बैंकहरूले पु¥याउनुुपर्ने न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पु¥याएको बैंकको अधिकांश कर्जा जोखिमपूर्ण रहेको दाबीसमेत स्रोतले गरेको छ ।
बैंकका सञ्चालकहरू तथा प्रमुुख कार्यकारी लामिछाने स्वयंको स्वार्थसिद्ध हुुने गरी ती कर्जाहरू प्रवाह गरिएका कारण पनि बैंकले पछिल्लोपटक प्रक्षेपण गरेको ६० करोड रुपैयाँबराबरको रकम तत्काल उठ्ने सम्भावना न्यून देखिएको पनि स्रोतले जनाएको छ ।
चुुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ रहेको बैंकले आव २०७४÷७५ मा २७ अर्ब २७ करोड ६८ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६५ करोड ९५ लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
घरजग्गा क्षेत्रमा पनि सो अवधिमामा १ अर्ब ९३ करोड ६३ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा १ अर्ब ७ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुुद ब्याज आम्दानी गरेको थियो ।
पछिल्लो समय संस्थागत सुशासनमा एकदमै जीर्ण रहेको बैंकको मनकामना विकास बैंकमा जोडिन आएको महालक्ष्मी विकास बैंकका मर्जरपछाडिका ग्राहकहरू बैंकबाट अहिले रुष्ट भएका छन् । अर्को कुरा बैंकको विभिन्न शाखा खोल्दासमेत शाखा निर्माण गर्ने कम्पनीसँग डेपुटी सीईओ तिवारी र सीईओ लामिछानेले कमाउने माध्यमका रूपमा बैंकलाई प्रयोग गर्दै आएको बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कलाको कदर

ShareTweet हरेक सर्जकले एउटा अपेक्षा सँगालेका हुन्छन्– आफ्नो सिर्जनाले उचित मूल्य पाओस् । त्यस्तो मूल्य भौतिक पनि हुन्छ र आत्मिक पनि । अझ, कला–शिल्पीहरूले त त्यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

काठमाडौंका चुलीहरूको गाइड

ShareTweet काठमाडौं उपत्यकालाई समृद्ध तुल्याउने अजस्र स्रोतहरू हुन्– वरिपरिका डाँडाहरू । उपत्यकावरिपरिका हरियाली वनजंगलले स्वच्छ हावा दिएको छ, पानी दिएको छ र सुन्दरता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा