17th December 2018, Monday

E-budhabar

१० वर्ष, १९ पटक सरुवा



१० वर्ष, १९ पटक सरुवा

काठमाडौं । दस वर्षमा एक कर्मचारीको सरुवा कतिपटक हुन सक्ला ? अनुमान लगाउन सकिन्छ– चार वा पाँचपटक । तर, शिक्षा मन्त्रालयका उपसचिव नगेन्द्रराज पौडेल भने अपवादमा पर्छन् । सुन्दा अचम्म लाग्ला, तर २०६५ सालयता उनको सरुवा र काज मात्रै १९ पटकसम्म भयो ।
पछिल्लोपटक भने पौडेलको सरुवा ६ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा भएको छ । केही दिनअघि मात्रै उनले आफ्नो सो ठाउँमा सरुवा भएको थाहा पाएका हुन् । सो ठाउँमा उनको सरुवा भए पनि पत्र भने बुझिसकेका छैनन् । डेढ वर्षदेखि उनी आफ्नै गृहजिल्ला पर्वतको छिमेकी जिल्ला कास्कीको जिल्ला युवा समितिमा कार्यरत रहँदै आएका छन् ।
२०४४ सालदेखि शिक्षा मन्त्रालयका विभिन्न ठाउँमा कार्यरत रहिसकेका उपसचिव पौडेलको जागिरको अवधि अब एक वर्ष मात्र बाँकी छ । तर, एक वर्ष मात्र सेवाअवधि बाँकी रहे पनि उनलाई बदनियतपूर्वक ४ नम्बर प्रदेशबाट झिकेर ६ नम्बर प्रदेशमा पठाइएको छ । कर्मचारी समायोजन ऐनमा कुनै पनि प्रदेशको सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई ज्येष्ठताको आधारमा खटाइने उल्लेख भए पनि पौडेललाई भने ४ नम्बरबाट ६ नम्बरमा पठाइएको हो । जागिरको अवधि एक वर्ष मात्र बाँकी रहँदा किन अर्कै प्रदेशमा खटाइयो भन्ने कुरा उठ्न पुगेको छ । पौडेलले ज्येष्ठताको आधारमा अहिले आफू कार्यरत कास्कीकै जिल्ला युवा समितिमा रहन पाउने भए पनि सुर्खेत पठाइएको हो ।
१० वर्षमा १९ ठाउँमा काज र सरुवा हुँदा पनि पौडेलले धेरै कष्ट झेल्नुपरेको बुझिएको छ । निजामती सेवा ऐनमा कुनै पनि कर्मचारीले दुई वर्ष एउटा कार्यालयमा बस्नुपर्ने नियम भए पनि पौडेलले दुई वर्ष पूरै बस्न पाएको ठाउँ भने जिल्ला शिक्षा कार्यालय जुम्ला हो । तर, १० वर्षको अवधिमा भने उनलाई १९ ठाउँमा खटाइँदा एकाध महिना मात्र बसेको रेकर्ड पनि छ । सबभन्दा रमाइलो त यही बीचमा उनलाई शिक्षा मन्त्रालयमा दुई दिनका लागि काजमा खटाइएको थियो ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पछ्याउँदै आधुनिक कला

ShareTweet नेपालमा आधुनिक चित्रकलाको जग बसाल्न एकाध कला–शिल्पीको मात्रै सक्रियता छ । अग्रज कलाशिल्पी मदन चित्रकार पनि तीमध्ये एक हुन् । विश्वमा आधुनिक चित्रकलाको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

तिखारिएको सिर्जना

ShareTweet हरेक मानिसमा देश–प्रेमको भावना सल्बलाउनुपर्छ । देशलाई प्रेम गर्नुको अर्थ हो– आफ्नो भूगोल, आफन्तजन र परिवेशलाई माया गर्नु । हुन पनि हामीकहाँ देश–प्रेमको- ...
पूरा पढ्नुहोस्

छोटकरीमा