21st February 2019, Thursday

E-budhabar

भिनाजु भन्दै जुत्तामा नजर



भिनाजु भन्दै जुत्तामा नजर

काठमाडौं । तत्कालीन प्रधानसेनापती राजेन्द्र क्षेत्रीको निगाहले एकैचोटि ठेकेदार बनेका एक व्यक्तिले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भिनाजुको नाता लगाएर नेपाली सेनाको ठेक्का आफूले लिने कसरत गरिरहेका छन् । ती व्यक्ति हुन्, न्यु क्रिएसन नामक संस्थाका सञ्चालक विजय श्रेष्ठ ।
सेनाले ५० हजार थान डीएमएस बुटका लागि टेन्डर आह्वान गरेको छ । जसका लागि श्रेष्ठको क्रिएसनसहित १२ वटा फर्मले आवेदन हालेका छन् । जसमा न्यूनतम प्रतिजोर १८ सयदेखि ३८ सयसम्मको मूल्यांकन हालेका छन् । तर, श्रेष्ठको फर्मले प्रतिजोर २४ सयमा दिने गरी कोटेसन हालेको छ । सो जुत्ता भारतमा प्रतिजोर १२ सय रुपैयाँमा तयार हुन्छ । स्रोतका अनुसार आवेदन हालेका १२ मध्ये श्रेष्ठको सहित सातवटा फर्मको आवश्यक मापदण्ड नै पुग्दैन । आवश्यक मापदण्ड नै नपुग्ने सो फर्मका लागि १० करोडको सो काम हत्याउन श्रेष्ठले मन्त्री पोखरलेललाई भिनाजुको नाता लगाएर अनावश्यक दबाब दिएको बुझिएको छ ।
स्रोतका अनुसार श्रेष्ठ पहिले सेनापति निवास झम्सिखेलमा साबुन, सेम्पु सप्लाई गर्ने सानो ठेकेदारको काम गर्थे । राजेन्द्र क्षेत्री प्रधानसेनापति भएपछि उनले प्रधानसेनापति क्षेत्री’का छोरा अभिषेक र श्रीमती रीता कुँवर क्षत्रीमार्फत पास्ट ट्याकको १९ करोडको ठक्का निगाहमा पाएका थिए । सेनाले खनिरहेको सो बाटोमा उनले ग्याभिन वाल लगाउने काम लिएका थिए । उनै श्रेष्ठले अहिले मन्त्री पोखरेललाई नाता लगाएर प्रधानसेनापति पूर्णचन्द्र थापामाथि जुत्ताको टेण्डर आफ्नोमा पार्न घुँडा धसेर लागेको बुझिएको छ । अब एकदुई दिनभित्रै उक्त टेण्डरको रिजल्ट निकाल्ने तयारी भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

लेखापढी व्यवसायीलाई मर्यादित बनाउनुपर्ने

ShareTweet काठमाडौं । ललितपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीले लेखापढी व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताएका छन् । नेपाल लेखापढी कानुन व्यवसायी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

एउटा समृद्ध गीतको इतिवृत्त

ShareTweet २०४६ सालमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जनजागृत तुल्याउन त्यही गीतलाई रोजियो । २०६२–०६३ सालको जनआन्दोलनलाई सफल तुल्याउने हेतुले जनतालाई सडकमा ओराल्न–जगाउन- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

परिवेश खोतल्ने कथाहरू

ShareTweet हामी बाँचिरहेको समाज ढोंग, आडम्बर र देखासिकीको जगमा उभिएको छ । भित्र खोक्रो भए पनि बाहिर सम्पुष्ट देखिनुपर्ने संस्कृति सामन्ती समाजले हामीलाई उपहारस्वरूप- ...
पूरा पढ्नुहोस्

छोटकरीमा