21st May 2019, Tuesday

E-budhabar

दोस्रो तहकाले भिडाउन खोज्दा नेकपामा समस्या



दोस्रो तहकाले भिडाउन खोज्दा नेकपामा समस्या

काठमाडौं । मुलुकलाई समाजवादको दिशामा डो¥याउँदै ‘सुःखी नेपाली समृद्ध नेपाल’को नारा साकार पार्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बृहत् एकताको आवश्यकता छ । नेतृत्वबीचको एकताबाटै दुई ठूला कम्युनिस्ट पार्टीबीच ऐतिहासिक एकता मात्र होइन, दुई तिहाइ बहुमतको इतिहासकै शक्तिशाली स्थिर सरकार बनेको छ ।
वर्तमान सरकारले सुशासन र विकासमा प्रभावकारी कदम चालोस् भन्ने आमजनअपेक्षा छ भने आमकार्यकर्ता पंक्तिले नेतृत्व पंक्तिमा बलियो एकता, सौहार्दपूर्ण संवाद र छलफलको लोकतान्त्रिक प्रक्रियाबाट पार्टी एकतालाई छिटो टुंग्याइयोस् भन्ने भावना व्यक्त गरिरहेका छन् । तर, ठीक यहीबेला नेतृत्व पंक्तिमा आपसी सौहार्दता, छलफल र संवाद घनीभूत हुन नदिन पार्टीभित्रकै दोस्रो पंक्तिका नेताहरू भने जसरी हुन्छ शीर्ष पंक्तिलाई गुट÷उपगुटका नाममा भिडाएर लामो समयदेखिको कुण्ठामा तुष्टि लिने र नेताका रूपमा स्थापित हुने पार्टीहितविरोधी प्रयासमा लागेको छ ।
खासगरी वरिष्ठ नेता झलनाथ खनाल र रक्षामन्त्री ईश्वर पोखरेलेको अस्वाभाविक चलखेल, उक्साहट र कुण्ठा तुष्टि गर्ने प्रयासले पार्टी एकतामा समस्या भइरहेको छ । उनीहरूले नेतृत्वबीच सहमति, समझदारी, संवाद, विधि, प्रक्रिया र मापदण्डबाट भन्दा पनि नेताहरूबीच अनावश्यक इगो बढाउन भूमिका खेलेका कारण प्रदेश नेतृत्व चयनको नाममा विवाद सतहमा आएको ढिलै भए पनि पुष्टि भएको छ । जबकी अध्यक्ष ओली र प्रचण्डसँग वरिष्ठ नेता नेपालले सबै नेता विदेशबाट फर्किएपछि मात्र एकतासम्बन्धी निर्णय गर्ने सहमति गरेकोमा पार्टी विधान नै उल्लंघन गरेर फटाफट निर्णय गर्न उक्साउँदा नेतृत्वका बीचमा दरार पैदा भएको सन्देश प्रवाहित भएको छ ।
प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयनसम्बन्धी निर्णय खनाल र पोखरेको दबाबमा बाध्य भएर गरिएको स्वयं अध्यक्षद्वयले खुलासा गरेपछि पार्टीभित्र कसले किन खेलिरहेको छ भन्ने तथ्य बाहिर आएको हो । आफ्ना पदीय हैसियत तलमाथि परेको कुण्ठा पोखिँदा नै अहिले पार्टीभित्र दरार पैदा गर्न खोजिएको अध्यक्षद्वय र वरिष्ठ नेता नेपाल स्वयंले महसुस गरेका छन् । शीर्षनेताहरूबीच समझदारी हुँदा आफू नेता नबनिने महसुस गरेका उनीहरूले खासगरी वरिष्ठ नेता नेपाललाई लक्षित गरेर आक्रामक अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको भूमिकाकै कारण आफू एकीकृत पार्टीमा महासचिव बन्न वञ्चित भएको र विष्णु पौडेलले अस्वाभाविक रूपमा जिम्मेवारी पाएको पोखरेलले सञ्चारमाध्यमसँग खुलेर बताएका छन् । पौडेललाई महासचिव बनाउँदा मौन देखिएका पोखरेलले यही मौकामा संचार माध्यमका प्रतिनिधिलाई कार्यकक्षमा छानीछानी बोलाएर कुण्ठा पोखिरहेको चर्चा चलिरहेको छ ।
यदि अध्यक्ष ओली र नेपाल पार्टी एकताको मामिलामा जनताको बहुदलीय जनवादका पक्षमा होस् या अन्य सांगठनिक मामिलामा एक ठाउँमा उभिएर परिपक्व ढंगले अघि नबढेको स्थिति हुन्थ्यो भने पार्टी एकता सायदै तत्काल सम्भव नहुन पनि सक्थ्यो । अध्यक्ष ओली र नेपालबीच एकताका मामिलामा ५०औं पटक वान अन वान खुलस्त कुराकानी मात्र भएको छैन, कतिपय मामिलामा एकता प्रक्रियाको तयारीको सवालमा दुवै नेता रणनीतिक ढंगले समेत प्रस्तुत भएका थुप्रै उदाहरण पनि छन् । यसलाई नजिकबाट बुझेकै कारण अहिले ओली र नेपालबीच दूरी बढाउँदै पार्टीलाई कमजोर बनाएर सरकारको प्रस्तुतिसमेत फितलो साबित गर्ने पार्टीभित्रै प्रयास भइरहेको ढिलै भए पनि पुष्टि हुँदै गएको छ ।
उनीहरूको त्यस्तै प्रयासले गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच अस्वाभाविक दूरी बढेजस्तो नकारात्मक प्रचार भइरहेको छ । जबकि, पछिल्ला घटनाक्रमको खण्डन गर्दै अध्यक्ष ओलीले न्युयोर्क भ्रमणबाट फर्किने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालसँग आफ्नो २०२९ सालदेखिकै नजिकको घनिष्ठ सम्बन्ध रहेको अभिव्यक्ति दिएर पार्टी एकढिक्का साथ अघि बढ्ने सन्देश मात्र दिएनन्, अहिले बाहिर आएका विषय पनि पार्टीभित्र छलफल गरेर तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । शीर्ष तहमा फुट उत्पन्न हुँदा पार्टी सञ्चालन, सरकार सञ्चालनमा गम्भीर असर पर्ने भएकैले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले स्वदेश फर्किएपछि धेरै परिपक्वता प्रदर्शन गरेका छन् । उनले पार्टीलाई मिलाएर सञ्चालन गर्ने सन्देश दिँदै अस्वाभाविक चलखेल नगर्न र अस्वाभाविक रूपमा सानातिना कुरामा उत्तेजित नहुन चेतावनी दिएपछि दुवैतिर दरार उत्पन्न गराउन भित्रभित्र लागेका नेताहरूमा छटपटी बढेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा