20th April 2019, Saturday

E-budhabar

आईजी खनाल पाइन्टमा फस्दै



आईजी खनाल पाइन्टमा फस्दै

काठमाडौं । गुणस्तरहीन म्याट्रेस खरिददेखि सरुवाबढुवामा अयोग्यलाई च्यापेर विवादमा मुछिएका प्रहरी प्रमुख सर्वेन्द्र खनाल फेरि गुणस्तर फेल भएको सामान लिएर थप विवादमा पर्न लागेका छन् ।
ल्याबमा परीक्षण गरेर गुणस्तरहीन भनी प्रमाणित भइसकेको सामान लिन उनी आफैले विश्वास गरेर प्रबन्धमा ल्याएका इन्स्पेक्टर केशव गौतमले ‘घुस’बापतको रकम बुझिसकेको बताइन्छ ।
तीन वर्षअघि आर्थिक वर्ष २०७२÷७३ मा प्रहरीले २० हजार मिटर उलन पाइन्टको कपडा माग गरेको थियो । टेन्डरमार्फत क्राउन टेक्सटायलका ठेकेदार पीताम्बर मुन्काले करिब ढेड करोडको यो ठेक्का पाए तर समयमा सामान ल्याएनन् । उनको समय डेढ महिना थपियो । त्यो समय थपिँदा पनि केही आर्थिक लेनदेन भएको बताइन्छ ।
तत्कालीन प्रहरी प्रमुख प्रकाश अर्याल बिदा भएपछि खनाल नयाँ प्रहरी प्रमुख भएर आएपछि ठेकेदार मुन्काले हेर्दै कम गुणस्तरको खद्दरजस्तो देखिने २० हजार मिटर उलन पाइन्टको कपडा ल्याए । प्रहरीको भण्डारले गुणस्तर परीक्षण गर्न भारतको एसडिएस भन्ने संस्थामा सामान पठायो । त्यहाँबाट सामान फेल भएर आयो । सामान गुणस्तरहीन भन्ने परिणाम आएपछि भण्डारले पटकपटक फिर्ता लैजा भन्यो, मुन्काले मानेनन् । उल्टै उनले बीचमा उच्च अदालत पाटनमा मुद्दा हाले । सामान परीक्षणका लागि पठाउँदा आफूलाई रोहबरमा नराखेकाले उक्त सामान मेरो भएको भन्ने प्रमाण नभएको उनको जिकिरको पक्षमा उच्च अदालतले मुद्दा जिताइदियो । त्यसमा पनि पैसाको चलखेल भएको बताइन्छ । मुद्दा जितेपछि मेरो सामान लिइदे भन्दै उनी अहिले भण्डारमा धाए । भण्डार प्रमुख इन्सपेक्टर गौतमले डेढ करोढको सामानलाई अहिले ५० लाख मूल्यांकन गरेर सामान बुझ्न लागेको स्रोतले बतायो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

डुबान क्षेत्रको साक्षी

ShareTweet भनिन्छ, बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । तर, उपभोक्ताहरूमा वस्तुको गुण चिन्ने क्षमता छ भने बोल्नेको पीठो नबिक्न पनि सक्छ । बितेको वर्ष नेपाली- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षको गाथा

ShareTweet तीसको दशकदेखि प्रगतिशील सांस्कृतिककर्मीहरूले एउटा गीत गाउन थालेका थिए, ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो…।’ यो गीत जीवन–यात्रामा संघर्षका अनेक तह पार गरेका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा