17th December 2018, Monday

E-budhabar

सरकारको नौ महिना ः कहिले होला गेयर ‘चेन्ज’ ?



काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको दुई तिहाइ बहुमतको शक्तिशाली कम्युनिस्ट सरकारले नौ महिना पार गरेको छ । ३ फागुनमा गठित ओली नेतृत्वको शक्तिशाली सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र समृद्धितर्फको यात्रामा अगाडि बढ्ने जनअपेक्षाविपरीत ‘ब्युरोक्रेसी’लाई उचित ढंगले परिचालन गर्न नसकेर यथास्थितिकै गोलचक्करमा फसिरहेको छ ।
पार्टी एकतालाई छिटो पूर्णता दिन नसक्दा तीनवटै तहका सरकारले भ्रष्टाचार नियन्त्रण र विकासको अनुभूति हुने सकारात्मक सन्देश दिन सकेका छैनन् । तल्ला तहका सरकारहरू केन्द्र सरकारलाई गाली गर्नमै समय व्यतीत गरिरहेका छन् । पार्टी एकता समयमै सम्पन्न नभएकाले संगठनात्मक संरचनाको अभावमा स्थानीय तहका सरकारहरू बेलगाम घोडाजस्तो बनेका छन् । स्थानीय तहका थुप्रै जनप्रतिनिधिहरू बिचौलियाहरूको सेटिङमा काम गर्ने, डोजर सञ्चालक, ठेकेदारका रूपमा देखि“दा आमजनतामा सरकारप्रति नै वितृष्णा पैदा हु“दै गएकोमा देशव्यापी आलोचनाको क्रम बढ्दो छ ।
यद्यपि, प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाएर ठूला विकासका आयोजनालाई सनसेट ल ल्याएर तीव्रता दिन विधेयक मस्यौदाको काम अघि बढेकाले सरकारले परम्परागत कार्यशैलीमा क्रमभंगता गर्ने सन्देश दिएको छ । सिन्डिकेटको अन्त्य, सुन तस्करीको जालो अन्त्यको प्रयासजस्ता सकारात्मक कामलाई भने सरकारले निरन्तरता दिन सकेको छैन । देशलाई आत्मनिर्भरतातर्फ लैजाने, आयात घटाएर निर्यात बढाउने, ठूला उद्योगहरूको स्थपनातर्फ कदम अघि चाल्ने सन्दर्भमा भने अहिलेसम्म कुनै परिणाम देखिएको छैन ।
२०५१ सालको नौ महिने अल्पमतको पहिलो कम्युनिस्ट सरकारले राम्रो कामको छाप छोड्न सफल भएको थियो । तर, ओली सरकारले समृद्ध नेपाल र सुःखी नेपालीको नारा अघि सारे पनि राज्यसत्ताका माथिदेखिका तलसम्मका सबै अंगहरूललाई भ्रष्ट, दलालहरूको चंगुलबाट मुक्त गरेर उत्पादनमुखी समृद्धि केन्द्रित अभियान सञ्चालन गर्न असफल देखिएको छ । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री केपी ओलीले आर्थिक वर्षको पहिलो चौमासिक कामको समीक्षाका लागि बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बोलाएका छन् । नया“ आर्थिक वर्षबाट परम्परागत कार्यशैलीमा क्रमभंग गर्दै सरकारको प्राथमिकताअनुसार बजेट कार्यान्वयनमा क्रमभंगता गर्ने घोषणा भए पनि चौमासिक प्रगति भने उत्साहजनक स्थिति छैन । सबै मन्त्रीले कार्ययोजनाअनुसार काम गर्न नसकेका कारण मन्त्रालयहरूले प्रगति विवरण प्रधानमन्त्री कार्यालयले तयार पारेको अनलाइन एप्समा डाउनलोड गरेका छैनन् । संघीयता कार्यान्वयनका सन्दर्भमा पनि अहिलेसम्मको प्रगति निराशाजनक छ । सबैभन्दा धेरै उपलब्धि कानुन निर्माणमा देखिए पनि नौ महिनासम्म प्रदेश र स्थानीय तहहरूमा कर्मचारीहरू खटिन नसक्दा प्रदेशहरूले विकास बजेट नै कार्यान्वयन गर्न सकेका छैनन् । भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा शासकीय सुधारमा परम्परागत कार्यशैलीमा क्रमभंगता हुन सकेको छैन । अधिकांश मन्त्रालयहरूले परिणाममुखी काम देखाउन सकेका छैनन् ।
स्थानीय तहहरूले नियुक्त गर्ने इन्जिनियर, ओभरसियरलगायतका प्राविधिक कर्मचारीहरू बिचौलिया र दलालका रूपमा देखा परेका छन् । नक्सापासजस्ता आधारभूत काममा जनप्रतिनिधि बदनाम हुने गरी प्राविधिक कर्मचारीहरूले काम गरिरहेका छन् । सेटिङमा नहुने काममा ढिलासुस्ती र आलटाल गर्ने परम्परागत कार्यशैलीमा कुनै क्रमभंगता भएको छैन । भ्रष्टाचार नियन्त्रणमा सरकारलाई साथ दिने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो संवैधानिक अंग पंगु साबित भएको छ । भ्रष्टाचारको जालो कतै पनि नतोडिएका कारण अख्तियारको निष्क्रयता नै सरकारको असफलताको कारक बन्न सक्ने विश्लेषण गर्न थालिएको छ ।
सरकार यथास्थितिकै गोलचक्करमा फसिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पनि सरकारको कामको समग्रमा समीक्षा हुने भएको छ । ६ मंसिरमा बोलाइएको सचिवालय बैठकले स्थायी समिति बैठकको मिति तय गर्ने भएकाले त्यस बैठकमा सरकारको कामसम्बन्धी छुट्टै एजेन्डामा जमेर छलफलको तयारी भएको हो । नौ महिनायता पार्टीको नीति, कार्यदिशा, निर्वाचनको घोषणापत्र एकातिर, सरकार अर्कातिर रहेको महसुस भइरहेको नेताहरूले बताउ“दै आएका छन् । संघीयताको अभ्यासमा मुलुक अघि बढिरहेका बेला विकासको नया“ यात्राको अनुभूति हुने गरी राष्ट्रिय अभियान सञ्चालन हुनुपर्ने हो । पहिलो महिने सरकारले देश र जनतामा आशाको संचार प्रवाह गर्ने गरी महŒवपूर्ण काम गरेको परिप्रेक्ष्यमा वतर्मान सरकारले भने त्यस्तो कुनै अनुभूति गराउन सकेको छैन । यी सबै विषयमा स्थायी समिति बैठकमा नेताहरूले खुलेर छलफल गर्ने तयारी गरिरहेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सन्तोषजनक काम गर्न नसकेको स्वीकार गर्दै एक गेयरमा अघि बढेको सरकार अब पार्टी एकतालाई पूर्णता दिएर दुई गेयरमा अघि बढ्ने बताएका छन् । तर, सरकारको गेयर कति नम्बरमा अघि बढ्ला भन्ने विषय भने सरकारको चौमासिक मूल्यांकन र नेकपाको स्थायी समिति बैठकपछि थाहा हुनेछ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पछ्याउँदै आधुनिक कला

ShareTweet नेपालमा आधुनिक चित्रकलाको जग बसाल्न एकाध कला–शिल्पीको मात्रै सक्रियता छ । अग्रज कलाशिल्पी मदन चित्रकार पनि तीमध्ये एक हुन् । विश्वमा आधुनिक चित्रकलाको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

तिखारिएको सिर्जना

ShareTweet हरेक मानिसमा देश–प्रेमको भावना सल्बलाउनुपर्छ । देशलाई प्रेम गर्नुको अर्थ हो– आफ्नो भूगोल, आफन्तजन र परिवेशलाई माया गर्नु । हुन पनि हामीकहाँ देश–प्रेमको- ...
पूरा पढ्नुहोस्

छोटकरीमा