17th December 2018, Monday

E-budhabar

कार्यविभाजनमा सकस



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यको कार्यविभाजन सकसपूर्ण बनेको छ । सोमबार नै सचिवालय बैठकबाट यसको टुंगो लगाउने भनिए पनि गृहकार्य नपुगेको भन्दै हिजोका लागि बैठक सारिएको थियो । हिजो साझँसम्म सचिवालय बैठक बसिरहेको भए पनि यो समाचार तयार पार्दासम्म कुनै निर्णय भएको थिएन । स्रोतका अनुसार अझै केही दिन यसको गृहकार्यमा लाग्नेछ । पार्टी एकता भएको ६ महिना बितिसक्दा पनि नेताहरूको कामको जिम्मा नतोकिँदा पार्टीका गतिविधि ठप्पजस्तै बनेका छन् ।
बैठकका लािग केन्द्रीय सदस्यको कार्यविभाजन गरी जनवर्गीय संगठन, प्रदेश समितिको पूर्णता, स्थायी समितिको बैठकलगायतका कार्यसूची तय गरिएको छ । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ । कार्यविभाजनका लागि गठन भएको कार्यदलले सोमबार थप गृहकार्य गरेको छ । कार्यदलले कार्यविभाजनको टुंगो लगाएपछि सचिवालयमा बुझाउनेछ र त्यसलाई सचिवालयमा बुझाएपछि छलफल गरी टुंगो लगाइनेछ । केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लगाउनुभन्दा पहिला पोलिटब्युरोको टुंगो लगाउनुपर्ने आवाज पनि पार्टीभित्र उठिरहेको छ ।
नेकपाले केन्द्रीय तहमा बनाउनुपर्ने पोलिटब्युरो, ३२ विभाग र सल्लाहकार परिषद्लगायतका समिति हालसम्म गठन गरेको छैन । केन्द्रीय कमिटीको एक तिहाइ सदस्य रहने गरी पोलिटब्युरो गठन गर्नुपर्नेछ । नौ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी छ । संगठन विभाग, विदेश मामिला विभाग, प्रचार तथा प्रकाशन विभाग र पार्टी स्कुलिङ विभागलगायतलाई सचिवालयका सदस्यले नेतृत्व गर्ने भनिएको छ । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको थियो । केन्द्रीय सदस्यहरुको कार्यविभाजन र प्रदेश कमिटीलाई पूर्णता दिने विषयमा अध्ययन गर्न कात्तिक ८ गते बसेको सचिवालय बैठकले सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदललाई पोलिटब्युरो, केन्द्रीय विभाग, जनवर्गीय संगठनको टुंगो लगाउने जिम्मेवारी दिइएको थिएन । पोलिटब्युरो, केन्द्रीय विभागहरूको टुंगो सचिवालयले लगाउने बताइएको छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पछ्याउँदै आधुनिक कला

ShareTweet नेपालमा आधुनिक चित्रकलाको जग बसाल्न एकाध कला–शिल्पीको मात्रै सक्रियता छ । अग्रज कलाशिल्पी मदन चित्रकार पनि तीमध्ये एक हुन् । विश्वमा आधुनिक चित्रकलाको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

तिखारिएको सिर्जना

ShareTweet हरेक मानिसमा देश–प्रेमको भावना सल्बलाउनुपर्छ । देशलाई प्रेम गर्नुको अर्थ हो– आफ्नो भूगोल, आफन्तजन र परिवेशलाई माया गर्नु । हुन पनि हामीकहाँ देश–प्रेमको- ...
पूरा पढ्नुहोस्

छोटकरीमा