17th December 2018, Monday

E-budhabar

भौतिकमा कार्कीको चलखेल व्यापक



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सञ्चालन गरेको मन्त्रालय विवादैविवादमा परेको छ । लामो समय उक्त मन्त्रालयअन्तर्गतहरूमा जाम भएको सरुवा गर्दा करोडौं आर्थिक चलखेल भएको स्रोतले बताएको छ । दुई दिनअघि मात्र भएको सरुवामा जिल्ला प्रमुख तथा सडक विभागअन्तर्गतका विभिन्न परियोजनाहरूमा हाकिमहरू सरुवा गर्दा ठूला बजेट हुने विकासे अड्डाहरूमा आर्थिक चलखेल गरी कायममुकायम तोकिएको बताइएको छ ।
स्रोतका अनुसार मन्त्रीका स्वकीय सचिव किरण कार्कीले मोलतोल गरेर लामो समयपछि बल्लतल्ल केही आयोजना र मन्त्रालयका महाशाखा प्रमुखहरूको सरुवा गरेका छन् । आफू प्रत्यक्ष रूपमा नदेखिएजस्तो गरेर मन्त्री महासेठले कार्कीमार्फत हरेक आयोजना प्रमुखबाट रकम बुझेको बताइएको छ । अर्बौं रकमका आयोजनामा प्रमुख नियुक्त गर्दा वरिष्ठ अर्थात् राजपत्रांकित प्रथम श्रेणीलाई नदिएर कनिष्ठ अर्थात् राजपत्रांकित द्वितीय श्रेणीका प्राविधिक अधिकृतहरूलाई कामु दिएर पठाइएको छ ।
ठूलाठूला आयोजना प्रमुख बनाउँदा मोलमोलाइ कुरा नमिल्दा जुनियरहरूसँग कुरा मिलाएर जिम्मेवारी तोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बताएको छ ।
त्यसो त पहिलेदेखि अन्याय परेका, पार्टीनिकट र लेनदेनमा सहभागी हुने नसक्ने स्वच्छ छविका कर्मचारीहरूलाई भने छानीछानी रेटिएको बताइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार २०७५ मंसिर १६ गते राति गरिएको सरुवाअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सम्भार महाशाखामा प्रमिला बज्राचार्य, वैदेशिक महाशाखामा केशव शर्मा, पुल महाशाखामा दीपक भट्टराई ल्याइएको छ । त्यस्तै, पुल महाशाखाका अर्जुन थापालाई मन्त्रालय, एडीबीमा दीपक श्रेष्ठ, एडीबीका सरोज श्रेष्ठलाई मन्त्रालय, उत्तर–दक्षिण सडक आयोजनामा रामहरि अर्याल, मध्यमाञ्चलमा राजेन्द्रराज शर्मा, महाशाखाका शिवहरि शर्मा मन्त्रालय सरुवा भएका छन् ।
त्यसैगरी, सूर्य विनायक–धुलिखेल सडक विस्तार आयोजनामा सूर्यबहादुर भाटलाई कामु आयोजना प्रमुख तोकिएको छ । कामु नै दिएर श्याम खरेललाई नागढुंगा टनेल प्रोजेक्टको जिम्मेवारी दिइएको छ । त्यस्तै, ठूलो र महŒवपूर्ण हुलाकी सडक आयोजनामा पनि कामु प्रमुख दिएर अशोक तिवारीलाई पठाइएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनामा कामको भद्रगोल पारेर छोडेका तथा परिणाम दिन नसकेका दीपक केसीलाई पुरस्कारस्वरूप कामु दिएरमध्ये पहाडीको आयोजना प्रमुख बनाइएको छ । मदन भण्डारी लोकमार्गमा पनि कामु नै दिएर उमेश विन्दु श्रेष्ठलाई पठाइएको छ । यसले मन्त्रीको साख झनै गिर्दै गएको छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पछ्याउँदै आधुनिक कला

ShareTweet नेपालमा आधुनिक चित्रकलाको जग बसाल्न एकाध कला–शिल्पीको मात्रै सक्रियता छ । अग्रज कलाशिल्पी मदन चित्रकार पनि तीमध्ये एक हुन् । विश्वमा आधुनिक चित्रकलाको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

तिखारिएको सिर्जना

ShareTweet हरेक मानिसमा देश–प्रेमको भावना सल्बलाउनुपर्छ । देशलाई प्रेम गर्नुको अर्थ हो– आफ्नो भूगोल, आफन्तजन र परिवेशलाई माया गर्नु । हुन पनि हामीकहाँ देश–प्रेमको- ...
पूरा पढ्नुहोस्

छोटकरीमा