17th August 2019, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

नेतृत्व जिम्मेवार नहुँदा पार्टी लथालिंग प्रत्यक्ष ३ लाख, अप्रत्यक्ष १२ लाख नेता–कार्यकर्ता बेरोजगार



काठमाडौं । पार्टी एकता भएको करिब सात महिनासम्म एकीकरण प्रक्रियाले पूर्णता नपाउँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठन लथालिंग भएको छ । अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेतृत्वले जिम्मेवारी महसुस नगर्दा लाखौंलाख नेता–कार्यकर्ता र शुभेच्छुक–समर्थकको पार्टी नेकपा लथालिंग अवस्थामा पुगेको हो ।
संसारभर कम्युनिस्ट पार्टीलाई सुव्यवस्थित संगठन भएको कार्यकर्ता आधारित पार्टी मानिन्छ । अझ नेपालमा जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादको सिद्धान्त अंगीकार गर्दै शान्तिपूर्ण जनमतको प्रतिस्पर्धाबाट ‘क्याडर बेस्ड मास पार्टी’का रूपमा पटक–पटक च्याम्पियन बनिसकेको नेकपामा अहिले प्रत्यक्ष देखिने ३ लाख, अप्रत्यक्ष रूपमा कम्तीमा १२ लाख नेता–कार्यकर्ता बेरोजगार छन् । पार्टी एकतासँगै दुई तिहाइ बहुमतको सरकार बन्दा संसार चकित मात्र भएन समृद्ध नेपालको सपनाले लाखौं कार्यकर्ता र मतदाताको विशालपंक्ति उत्साहित भएको थियो । तर, तिनै लाखौं कार्यकर्तालाई करिब सात महिनादेखि बेरोजगार राखिँदा ठूलो निराशा पैदा भएको छ । नेतृत्वको गैरजिम्मेवार कार्यशैलीका कारण कतिपय राम्रो काम गर्दा समेत सरकार प्रतिरक्षात्मक अवस्थामा पुगेको छ ।
यही बीचमा पार्टी एकताको बाँकी कामलाई पूर्णता दिन डाकिएको केन्द्रीय सचिवालय बैठक पटक–पटक स्थगित भएको छ भने स्थायी समिति पाँच महिना र केन्द्रीय कमिटी बैठक ६ महिनायता बस्न सकेको छैन । नेतृत्वको यस्तो कार्यशैलीबाट आजित पार्टीलाई नेतृत्व गरिसकेका नेताहरूले नै पछिल्लोपटक बैठकस्थल छाडेर बहिष्कार गर्नुपरेको सम्मका घटना यसबीचमा सार्वजनिक भएको छ । नेतृत्वको कार्यशैली र शीर्ष नेताहरूको बहिष्कारको घटनाले पार्टीमा गुटबन्दी मौलाउने खतरा बढेको छ भने वाम विश्लेषकदेखि पार्टीलाई जिताउने मतदाता निरास बनेका छन् ।
करिब सात महिनायता केन्द्रीय कमिटी र प्रदेश कमिटीबाहेकको एकीकरण सम्पन्न भएको छैन । प्रदेश कमिटीको एकीकरणपछि पदाधिकारीसहित १४ सयले जिम्मेवारी पाए पनि स्थायी समितिलाई बाइपास गरिएकोमा धेरै नेता असन्तुष्ट छन् । विधानले व्यवस्था गरेबमोजिम केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र निर्वाचन आयोगको एकीकरण नै भइसकेको छैन । ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहकार परिषद् गठन हुन बाँकी छ । विधानले व्यवस्था गरेबमोजिम सबै तहका कमिटी बन्दा कम्तीमा ३ लाखदेखि बढीमा १५ लाखसम्म नेता–कार्यकर्ताले जिम्मेवारी पाउने हिसाब–किताब निस्किन्छ ।
केन्द्रीय सल्लाहकार परिषद् केन्द्रीय कमिटीको आधा संख्या कम्तीमा २ सय २० जनाले जिम्मेवारी पाउनेछन् । राष्ट्रिय परिषद्मा केन्द्र, प्रदेश, जिल्ला अध्यक्ष, जनसंगठनका प्रमुख र विभागीय सचिवबाहेकले २५ प्रतिशत मनोनीत गर्नुपर्ने हुँदा कम्तीमा थप नयाँ साढे ४ सयले जिम्मेवारी पाउन सक्नेछन् । त्यस्तै, ३२ वटा केन्द्रीय विभागमा बढीमा ३५ जनाका दरले ११ सय २० जनालाई जिम्मेवारी दिइएको छैन । प्रदेश र जिल्लामा आवश्यकताअनुसार २९ वटा विभाग गठन गर्न सक्ने व्यवस्था गरेकाले त्यहाँ पनि कम्तीमा १० हजार कार्यकर्ताले जिम्मेवारी पाउने स्थिति छ ।
विधानले एक संघीय निर्वाचन क्षेत्रमा कम्तीमा १ सय २५ सदस्यीय जिल्ला कमिटी गठनको व्यवस्था गरेकाले कम्तीमा १ सय २५ देखि बढीमा २ सय २५ जनासम्मको ७७ वटा जिल्ला कमिटी गठन हुन बाँकी नै छ । एउटा जिल्ला कमिटीमा औसतमा १ सय ५० जनाले जिम्मेवारी पाउन सक्ने अनुमान गर्ने हो भने ७७ जिल्ला कमिटीमा कम्तीमा ११ हजार ५ सय ५० जनाले नयाँ जिम्मेवारी पाउनेछन् । त्यस्तै, एक संघीय निर्वाचन क्षेत्रभन्दा बढि रहेका जिल्लाहरूमा संघीय निर्वाचन क्षेत्रीय कमिटी र ७७ वटै जिल्लामा प्रदेश निर्वाचन क्षेत्रीय कमिटीमा पनि नेता–कार्यकर्ताहरूले विधानअनुसार जिम्मेवारी पाउनेछन् । यी कमिटीहरू कार्यकारीभन्दा पनि समन्वयकारी र पदेन सदस्यहरू नै बढी हुने हुँदा थोरै संख्यामा संगठित हुन पाउनेछन् । ती कमिटीहरूमा पनि कम्तीमा २० हजार कार्यकर्ताहरूलाई नयाँ जिम्मेवारी दिने काम बाँकी छ । ७ सय ५३ वटा स्थानीय तहमा नेकपाको विधानअनुसार ६ ओटा महानगर, ११ ओटा उपमहानगर, २ सय ८३ ओटा नगरपालिका र ४ सय ५३ ओटा गाउँपालिका कमिटी र ६ हजार ७ सय ३४ वटा वडा कमिटी बन्न बाँकी छन् । त्यसबाहेक ५० हजारदेखि १ लाखसम्मको संख्याका प्रारम्भिक, टोल र सेल कमिटीसम्म बनाउने पार्टी विधानले व्यवस्था गरेको छ ।
विधानअनुसार हिसाब गर्ने हो भने ६ वटा महानगर कमिटीमा ७ सय ५० जना, ११ वटा उपमहानगर कमिटीमा ११ सय ११, २ सय ८३ ओटा नगरपालिका कमिटीमा २२ हजार ९ सय २३ जनाले जिम्मेवारी पाउनेछन् । त्यस्तै, गाउँपालिका कमिटीमा ३३ हजार ९ सय ७५ जनाले नयाँ जिम्मेवारी पाउन बाँकी छ । स्थानीय तहअन्तर्गत ६ हजार ७ सय ३४ वटा वडा छन् । ती सबैमा विधानले कम्तीमा २९ जनाको कमिटी बनाउन सक्ने व्यवस्था गरेको छ । यस हिसाबले १ लाख ९५ हजार २ सय ८६ जनाले पार्टी एकतापछि नयाँ जिम्मेवारी पाउनेछन् । वडा तहसम्मको एकताले मात्र पार्टी एकताले पूर्णाकार ग्रहण गर्नेछ । साबिकका गाविस, नगर र महानगनका वडाहरूमा विधानले व्यवस्था गरेअनुसार आधा मात्र प्रारम्भिक कमिटी बनाउने हो भने कम्तीमा ५५ हजार वटा कमिटी बन्नेछन् । त्यस्तो अवस्थामा १० लाख ४५ हजार जना थप कार्यकर्ता संगठित हुन पाउनेछन् । जबकि विधानले त्यसभन्दा तल टोल र सेलसहितका दुई तहका कमिटीहरूसमेत गठन गर्न सकिने लचिलो व्यवस्था गरेको छ ।
यसबाहेक चारवटा विशेष जिल्ला कमिटीमा कम्तीमा ३ सय २० जनाले, केन्द्रीय सम्पर्क समन्वय समिटीअन्तर्गत १० हजारभन्दा बढी नेता–कार्यकर्तालाई पनि जिम्म्मेवारी दिने काम बाँकी नै छ । प्रवासमा समेत पार्टी कमिटी बनाउन सकिने र थप दसौं हजार कार्यकर्ता जनसंगठनमा समेत आबद्ध हुने भएकाले नेकपामा कम्तीमा १५ लाख नेता–कार्यकर्ता संगठित विशाल पंक्तिको पार्टी बन्ने स्थिति छ । यी सबै देशैभर एकैपटक परिचालन गरेर तीनवटै तहको सरकारले समृद्ध नेपाल निर्माण गर्ने अभियानलाई तीव्र रूपमा अघि बढाउने अवसरमा पार्टी नेतृत्व चुकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

कसले लग्यो गैंडाको खाग र बाघको जुँगा ?

ShareTweet काठमाडौं । सिंहदरबारस्थित पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेलायती बैठकमा सजाइएको अखेटपहारहरू हराएपछि त्यसको चोरी गर्ने चोरको खोजी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नगुन्जिएको एउटा जिन्दगी

ShareTweet ‘वैरीहरू आफ्नै कुकृत्यहरूले उदांगियून् आफ्नै मुर्खतापूर्ण प्रयासले पराजित होऊन् हास्यास्पद तर्कहरू न्यायले शान्तिले समानताका गुञ्जले गुञ्जित होऊन्- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

जातीय विभेदविरुद्ध अडिग

ShareTweet नेपाली समाजलाई परिवर्तनको लहरले स्पर्श गरे पनि जातीय विभेद र छुवाछुतका प्रकरणमा भने अझै पनि संकुचित र निर्मम नै प्रतीत हुन्छ । आधुनिक विकास र परिवर्तनका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा