16th February 2019, Saturday

E-budhabar

एसएसपी बढुवामा गृहको अवरोध बढुवाका लागि चार वर्ष पुग्नैपर्ने



काठमाडौँ । नियमित बढुवाको प्रक्रियामा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलई बढुवामा प्रहरी नियमावली बाधक बनेको छ । एसपीबाट एसएसपीमा बढुवा भएको चार वर्ष नपुगेका कारण उनीहरूको बढुवा रोकिएको हो । बढुवा गर्न प्रहरी प्रधान कार्यालय तयार भए पनि नियमावली भएको प्रावधान नहटेसम्म बढुवा नहुने देखिएको छ ।
केही दिनअघि कानुन शाखाका एसपी डा. गणेश रेग्मीले गृह मन्त्रालयमा बढुवा प्रावधानको संशोधन प्रस्ताव गरी पठाएको भए पनि त्यसलाई अस्वीकार गरिदिएको छ । यसअघि पनि दुई पटकसम्म प्रहरी मुख्यालयले यस्तो प्रस्ताव गृहमा पठाएकोमा गृहले थन्क्याइदिएको थियो । जसका कारण एसएसपीका पद रिक्त हुँदाहुँदै पनि नियमावलीमा भएको एसपीको चारवर्षे बढुवासम्बन्धी प्रावधानका कारण बढुवा हुन सकेको छैन ।
सर्वोच्च अदालतले पूर्वएसएसपी यादवराज खनालले दिएको मुद्दाको फैसलाका क्रममा पद रिक्त हुँदाहुँदै तीन महिनाभित्र पदपूर्ति गरिसक्नुपर्ने फैसला गरेपछि प्रहरी प्रधानकार्यालयले नियमावली संशोधनको प्रस्ताव गरेका थियो । सर्वोच्चको फैसलालाई आधार मान्दै प्रहरी मुख्यालयले गृहसमक्ष संशोधनसहितको प्रस्ताव पठाएको थियो तर समय आएपछि संशोधन हुने भनेर ठाडो आदेशमा प्रस्ताव फिर्ता गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
केही प्रहरी अधिकृतहरूको व्यक्तिगत स्वार्थका कारण सो प्रस्ताव विगतमा पनि फर्किएको र यसपटक पनि अल्मल्याउने अवस्थामा देखिएको छ । एसएसपीको बढी पद रिक्त रहेका खण्डमा र बढुवाको प्रावधानमा चार वर्ष हटाएका खण्डमा दुई वर्ष कायम गर्नुपर्ने प्रावधान राखिनुपर्ने दबाबका कारण यसपटक पनि यो प्रस्ताव विवादमा परेको छ । विगतमा व्यक्तिगत स्वार्थका कारण केही क्षमतावान् अधिकृतहरूलाई एसपीमा बढुवा गर्दा पछि पारिएको कारणले पनि अहिले ती अधिकृतहरूलाई अघिल्लो समूहसँगै एसएसपी बनाउनुपर्ने आवाज पनि गृहमा उठेको छ । हाल नेपाल प्रहरीका १५ जना एसएसपीमा पद रिक्त रहेको छ ।
बढुवाको लाइनमा रहेका एसपीहरूमा नरेन्द्रप्रसाद उप्रेती, सन्दीप भण्डारी, मीरा चौधरी थारू, दुर्गा सिंह र भरतबहादुर बोहरा छन् । यसैगरी, टेकप्रसाद राई, वसन्तबहादुर कुँवर, विष्णुकुमार केसी, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, राजेशनाथ बास्तोला एसएसपी बढुवाको दौडमा रहेका छन् । यस्तै, जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्रप्रसाद मैनाली, दीपक थापा, पोषराज पोखरेल, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, अशोक सिंह, हृदय थापा, कुवेर कडायत, केदार ढकाल, लालमणि आचार्य, गोविन्दकुमार शाह, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, किरण राणा, अर्जुनचन्द ठकुरीलगायतबीच प्रतिस्पर्धा हुनेछ । प्रहरी नियमावली २०७१ अनुसार एसएसपीमा बढुवा हुन एसपी पदमा रही कम्तीमा चार वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान छ । प्रहरी नियमवालीको नियम ४ मा प्रहरीको श्रेणी र पद छुट्ट्याइएको छ । जसमा राजपत्रांकित र राजपत्र अनंकित श्रेणी छन् । राजपत्रांकितभित्र विशिष्ट श्रेणीमा प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक, प्रथम श्रेणीमा प्रहरी नायब महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक, द्वितीय श्रेणीमा प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षक र तृतीय श्रेणीमा प्रहरी निरीक्षक पद पर्दछन् । प्रहरी नियमवालीको नियम २८ अनुसार बढुवाका लागि उम्मेदवार हुन चाहिने सेवा अवधिबारे उल्लेख गरिएको छ । नियम २८ (१) का अनुसार प्रहरी सेवाको रिक्त पदमा बढुवाद्वारा पदपूर्ति हुने पदको उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी वा तह मुनिको पदमा तल उल्लिखित सेवा अवधि पूरा गरेको हुनुपर्ने उल्लेख छ । (क) प्रहरी सेवाको राजपत्रांकित अधिकृत पदका लागि चार वर्ष (ख) प्रहरी सेवाको राजपत्र अनंकित पदबाट राजपत्रांकित अधिकृत पदमा बढुवा हुन आठ वर्ष (ग) राजपत्र अनंकित पदका लागि चार वर्ष एसपी पद राजपत्रांकित पद भएकाले एसएसपीमा बढुवा हुन चार वर्ष पूरा भएको हुनुपर्ने उल्लेख छ ।
असोज अन्तिम साता ११ एसएसपीलाई डीआईजीमा बढुवा गरिएपछि रिक्त भएको ११ एसएसपीको पद र त्यसभन्दा अघि नै रिक्त चार एसएसपीको पद गरी १५ एसएसपीको पद रिक्त भएका हुन । प्रहरी नियमावली २०७१ अनुसार एसएसपीमा बढुवा हुन एसपी पदमा रही कम्तीमा चार वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान भएकाले १५ एसएसपीको दरबन्दी फागुनसम्म खाली हुने देखिन्छ । अहिले एसएसपीका प्रतिस्पर्धीहरू २०७१ साल फागुन १० गते एसपी भएका थिए । फागुन १० गते मात्रै एसपी भएको चार वर्ष पूरा हुने भएकाले प्रहरी नियमावलीअनुसार उनीहरूको बढुवा गर्न फागुन १० गतेसम्म कुर्नुपर्ने अवस्था छ । अहिले एसएसपीमा बढुवाका प्रतिस्पर्धीहरू २०५१ र २०५२ सालमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका हुन् । उनीहरू २०७१ फागनु १० गते एसपीमा बढुवा भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

ढुंगा खानी ‘बन्द गराउन’ प्रदेश सरकारलाई ध्यानाकर्षण

ShareTweet हेटौंडा । भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले भीमफेदी गाउँपालिकामा रहेको सिमेन्ट ढुंगा खानी बन्द गराउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएकी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

प्रशंसाको भागीदार बन्ने अवसर

ShareTweet स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरूले स्थानीय सरकारको बागडोर सम्हाल्न थालेको करिब दुई वर्ष पुग्न लाग्दै छ । करिब–करिब आधा समय व्यतीत गरिसक्नै लाग्दा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

बहुआयामिक सिर्जना

ShareTweet कुनै समय साहित्य वृत्तमा मुक्तक विधाले राम्रै स्थान पाएको थियो । मुक्तक विधाको ‘चार्म’ यति धेरै थियो कि काठमाडौंमा नभए पनि पोखरा, धरानजस्ता सहरका साहित्यप्रेमीहरू- ...
पूरा पढ्नुहोस्

छोटकरीमा