25th May 2019, Saturday

E-budhabar

नेकपाका छविसँग जोडिएका प्रश्नहरु



नेकपाका छविसँग जोडिएका प्रश्नहरु

श्रमजीवि वर्गको अग्रदुतको रुपमा नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीले सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको निरन्तर नेतृत्व गर्दै आएको परिणाम स्वरुप सन् २००६ मा आईपुग्दा शसस्त्र एवं शान्तिपूणं जनक्रान्तिका माध्यमबाट सामन्तवादको नेतृत्व गरिरहेको राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको छ । माक्र्सेली भाषामा उल्लेख गर्नु पर्दा सन् २००६ मा भएको क्रान्तिबाट नेपालमा पूँजीवादी जनक्रान्ति सम्पन्न भएको छ । अब नेपाली क्रान्तिलाई पूर्णता प्रदान गरी, समाजवादी समाज स्थापना गर्न आर्थिक–सामाजिक क्रान्ति सम्पन्न गर्नुपर्ने अभिभारा नेपाली कम्युनिष्ट आन्दोलनका सामू रहेको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा यतिखेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मूल प्रवाह बनेको छ । अर्थात नेपालको कम्युनिष्ट आन्दोलनलाई अग्रगतीमा लैजानुका साथै नेपाली क्रान्तिलाई नेतृत्व गर्ने र अगाडी बढाउने अभिभारा नेपाल कम्युनिष्ट पार्टीका सामू नै आएको छ । यसै भएर पनि नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टीलाई निर्वाचनमा समेत दुई तिहाईको अभिमत प्रकट गरी सरकारमा पु¥याएका छन् । यो नेपाल कम्युनिष्ट पार्टीका लागि ऐतिहांसिक अवसर हो । मुलुकको अर्थराजनीतिमा हावी भईरहेको दलाल पूँजीवादलाई परास्त गर्दै लोकतान्त्रिक तवरले राष्ट्रिय पूँजीको विकास गरेर स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरेर सामाजिक न्याय, आर्थिक समानता र दीगो आर्थिक विकास र समृद्धि हासिल गरेर समाजवादतर्पm मुलुकलाई अगाडी बढाउने जुन अवसर र अभिभारा आएको छ, अब नेपालमा कम्युनिष्ट पार्टीले आपूmलाई कसरी अगाडी बढाउछ ? यसैमा नै मुलुकको कम्युनिष्ट आन्दोलनको भविष्य र मुलुकको आर्थिक विकास, समृद्धि र समाजवादको यात्रा तय हुनेछ ।
नेपाल कम्युनिष्ट पार्टीले आफ्नो भूमिकालाई अगाडी बढाउने क्रममा पार्टीलाई अब कस्तो पार्टी बनाउने ? बुर्जुवा पूँजीवादीहरुको भैंm ‘राजनीतिक पार्टी’ मात्रै कि सैद्धान्तिक, वैचारिक, सांगठनिक, कार्यक्रमिक हिसाबले श्रम वर्गको आशा, भरोसायुक्त, अभिभावक, अग्रदुत पार्टी बनाउने भन्ने विषय यतिखेर निरुपण हुन जरुरी देखिन्छ । अब जनताले सत्तामा पु¥याई सकेको स्थितिमा धेरै सिद्धान्त, विचारको कुरा गर्नु आवश्यक छैन भनेर पार्टीको सैद्धान्तिक, वैचारिक, लाइनलाई ओझेलमा पार्ने सोंच, विचार र प्रवृत्तिलाई परास्त गर्नु यतिखेर नेकपाका सामूको पहिलो चुनौती बनेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका सामू मुलुकलाई लोकतान्त्रिकरण गरेर आमूल सुधार र परिवर्तन गर्नुपर्ने जुन अभिभारा छ, मुलुकलाई लोकतान्त्रिकरण गर्ने भनेकै सरकारलाई लोकतान्त्रिक तवरले संचालित गर्नु हो । यसका लागि सत्ताको नेतृत्व गरिरहेको पार्टी आपैm लोकतान्त्रिक तवरले संचालित हुन जरुरी हुन्छ । पार्टी भित्र जनवाद र केन्द्रीयताको सन्तुलित अभ्यासले मात्र पार्टीलाई लोकतान्त्रिक बनाउँदछ । पार्टीका कमिटी भित्र सदस्यहरुका बीचमा आपसी छलफल, विचार विमर्श हुने, सरकारले अवलम्वन गर्नुपर्ने नीति, कार्यक्रमका बारेमा आपसी छलफल गर्ने र सो आधारमा सरकारलाई दिशाबोध गर्न सक्दा मात्र पार्टी भित्र लोकतान्त्रिक वातावरण बन्दछ, र जनवादी अभ्यासको प्रयोग हुन्छ । यसरी जनवादको उच्चतम अभ्यासले मात्र पार्टी र सरकारले अवलम्वन गरेका नीति कार्यक्रमको अपनत्व हुन्छ । सिंगो पार्टी पंक्तिले सरकारले गरेको कामको अपनत्व लिन सकेन भने पार्टी र सरकारका बीचमा ‘भ्याकुम’ श्रृजना हुन्छ । अतः पार्टी भित्र सबै तहमा जनवादी अभ्यासको सही र सफल प्रयोग गर्नु र पार्टीले पैmसला गरेका नीति कार्यक्रमको अक्षरशः लागु गर्नु अर्काे चुनौतीको विषय बनेको छ ।
अहिले एउटा कोणबाट राजनैतिक संघर्षको कोर्ष, पुरा भएको र अब विकास र समृद्धितर्पm लाग्नु पर्दछ भन्ने ‘स्कुलिङ’ पनि सँगै सँगै भईरहेको छ । साथै संसद र सरकारमा नेतृत्व गरिरहेको पाार्टीले संघर्ष आन्दोलनतर्पm होईन सरकारलाई सफल बनाउनु पर्दछ भन्ने दृष्टिकोणहरु पनि आउने गर्दछ । कम्युनिष्ट पार्टीले संसद, सडक र सरकारका तीन वटै मोर्चाबाट वर्ग संघर्षलाई तिब्र बनाउदै जानुपर्दछ भन्ने मान्यतालाई अंगीकार गर्ने हो भने संघर्ष त कहाँ सकिएको छ र ? भनेर प्रश्न उठ्न स्वभाविक हुन्छ । अतः यतिखेर वर्ग संघर्षको मोर्चा सदन र सरकार हो भने जनसमुदायले भोगिरहेका समस्या र उनीहरु माथि भईरहेको शोषण, दमन, उत्पीडनका साथै देशलाई कमजोर बनाउन राष्ट्रियतालाई कमजोर बनाउने विदेशी प्रतिक्रियावादीहरुले गरिहेको हर्कत र षड्यन्त्रका विरुद्ध संचालन हुने संघर्षका रुप र तरिकाका बारेमा पनि पाटीृ पंक्तिलाई निर्देशित गर्नु र पार्टीको स्पष्ट नीति, विचार र कार्यक्रमका साथ जनसमुदायलाई गोलबद्ध, एकाकार गर्ने र उनीहरुले भोगिरहेका समस्या सरकारबाट समाधान गर्ने गरी संगठन र आन्दोलनलाई अगाडी बढाउने अर्काे चुनौती देखिएको छ ।
कम्युनिष्ट पार्टी सत्तारुढ भएपछि पार्टीको तर्पmबाट संसद, सरकार लगायत राजकीय क्षेत्रमा सयौ, हजारौ जिम्मेवारी आईरहेका छन् । “उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा उपयुक्त जिम्मेवारी” कसरी प्रदान गर्ने ? पार्टीबाट नियुक्त हुने÷गरिने व्यक्तिको मूल्याङ्कनको विधि के हुने ? यसरी नियुक्ति हुने व्यक्तिको कसले मूल्याङ्कन गर्ने ? कहाँबाट नियुक्ती हुने ? पार्टीको संस्थागत निर्णयबाट कि व्यक्तिबाट मात्र गर्ने ? अनि राजकीय क्षेत्रमा एउटै व्यक्तिले पटक पटक अवसर पाईरहने ? वा अवसर नपाएका सक्षम व्यक्तिहरुले पनि राजकीय क्षेत्रको जिम्मेवारी र अवसर पाउने ? यि विषयहरु पनि पार्टीले नीतिगत र कार्यान्वयनको हिसाबले निरुपण गर्नु पर्ने देखिएको छ । पार्टी सत्तारुढ भएपछि पार्टी काम र सरकारको काममा नेतृत्वको बिन्यास कसरी गर्ने ? पार्टी भित्र सरकारका कामको नियन्त्रण र सन्तुलनको पद्धतिलाई कसरी स्थापित गर्ने ? यि विषयहरु पनि निरुपण हुन जरुरी हुन्छ । पार्टीका नेता कार्यकर्ता मध्ये राजकीय क्षेत्रमा जाने र नजाने कार्यकर्ताका बीचको वर्ग अन्तर बढ्दै गएको सर्वग टिप्पणी र आलोचना हुने गरेको छ । यसरी बढ्दै गएको वर्ग अन्तरलाई कसरी न्यून गर्ने र समन्याय स्थापित गर्ने भन्ने विषय अर्काे चुनौतीको विषय बन्दै गएको छ ।
मुलुकको अर्थतन्त्रमा दलाल पूँजीवाद हावी हुँदै गएको छ । राजनीतिक संरक्षणमा हुर्किएको दलाल पूँजीवादका बाछिटाले पनि कम्युनिष्ट आन्दोलनलाई प्रभाव पार्न थालेको छ । खास गरी निर्वाचनका बखत पैसावाल र निर्वाचनमा पैसा खर्च गर्न सक्ने उम्मेद्वारको छनौट र उनीहरुले निर्वाचन जितेपछि ऐन कानून बनाउने थलोमा उनीहरुकै प्रतिनिधित्व र नेतृत्वले दलाल पूँजीवादको प्रोत्साहन गर्ने कर छुट, उद्योग धन्दा, कलेज, नर्सिङ होम स्थापना र ठेक्का पट्टा प्राप्तीमा खुकुलो नीति नियम कानून बनाउन उनीहरु नै सक्रिय हुँदैछन् । यति मात्रै होईन कम्युनिष्ट पार्टीको लोकप्रियता बढ्न थालेपछि, गैह्र बामपन्थी पार्टीमा सक्रिय भएका कार्यकर्ता पार्टी प्रवेश गर्ने र पार्टी प्रवेश गर्ने वित्तिकै साँसदको टिकट पाउने र पार्टीको उच्च तहको नेतृत्व पनि पाईहाल्ने स्थितिको विकास भएको छ । माक्र्सवादी विचारबाट लैस नभईकन, निश्चित अवधीसम्म कम्युनिष्ट पार्टी कमिटीको ‘जीवन’ नै नबिताईकन गैह्र पार्टीबाट आएका व्यक्तिलाई धमाधम माथिल्लो कमिटीको जिम्मेवारी दिंदै जाने हो भने ३०÷४० वर्ष देखि योगदान गर्दै आएका पार्टीका कार्यकर्ताको मूल्याङ्कन कसरी होला ? यक्ष प्रश्न खडा भएको छ
यतिखेर कम्युनिष्ट आन्दोलनमा एकातिर देशीय दलाल–पूँजीवादका विरुद्ध संघर्ष गर्नु परेको छ भने अर्काेतिर दलालपूँजीवादको नायक साम्राज्यावादका विरुद्ध पनि संघर्ष गर्नु परेको छ । पार्टी र यसका जनसंगठनहरुले कायम गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध, आवद्धता र प्रतिनिधित्वले साम्राज्यवाद र दलालपूँजीवाद विरोधी आन्दोलनलाई सहयोग पु¥याउनु पर्ने हुन्छ । तर विगत लामो समय देखि अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्ने सन्दर्भमा नीतिगत अस्पष्टता वा सही नीति भए पनि नीति विपरित कपितपय जनसंगठनहरुको नेतृत्वको पनि गैह्र प्रगतिशील र बामपन्थीविरोधी संघसंस्था र केन्द्रहरुमा भएको सहभागिता र प्रतिनिधित्वले ‘कन्फ्युजन’ श्रृजना गरेको छ । सँगसँगै यसले साम्राज्यवाद विरोधी आन्दोलन भुत्ते बन्दै गएको छ । अतः यतिखेर साम्राज्यवाद विरोधी आन्दोलनलाई अगाडी बढाउने र नेतृत्व गर्ने अन्तर्राष्ट्रिय केन्द्रहरुमा संलग्नताका लागि पार्टीको सही अन्तर्राष्ट्रिय सम्बन्ध र आवद्धताको नीति हुन जरुरी छ ।
समाजवादको यात्रामा अगाडी बढी रहदा साँस्कृतिक रुपान्तरण गर्नु कम्युनिष्ट आन्दोलनका सामू अहै विषय हो । अझ पार्टी सत्तारुढ भएपछि सामाजवादी जनवादी साँस्कृतिक नीतिको निरुपण र त्यसको आलोकमा सिंगो पार्टी पंक्ति र राजकीय क्षेत्रमा गएकाहरु बाट पनि व्यवहारमा प्रदर्शित गर्नुपर्ने हुन्छ । तर राजकीय क्षेत्रमा गएपछि केही पनि परिवर्तनको आभाष नहुने, उही हिजोकै राजा महाराजाहरु र बुर्जुवाहरुले जबरजस्त लागु गरेको ‘धार्मिक अन्धभक्तता’ राजकीय आडम्बर र शैलीलाई अवलम्वन गर्न थाल्दा कम्युनिष्ट पाार्टीको ‘इमेज’ धुमिल बन्न पुग्दछ । अतः समाजवादी साँस्कृतिक रुपान्तरणको नीति तय गरी पार्टी र पंक्ति राजकीय क्षेत्रमा अवलम्वन गर्नु अहिलेको आवश्यकता बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद

ShareTweet काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा