23rd March 2019, Saturday

E-budhabar

डायास्पोरा र युद्ध–साहित्यको स्वाद



डायास्पोरा र युद्ध–साहित्यको स्वाद

कवि देवेन्द्र खेरेसको काव्यिक यात्राले निकै लामो समय व्यतीत गरिसकेको छ । यद्यपि, उनको कवितायात्राको प्रारम्भिक पाइलाको डोबसम्म पुग्न नसके पनि कृतिकारका रूपमा बेलायत आगमनपूर्व (हङकङमा रहँदाताका) नै सन् २००८ मा प्रथम काव्यकृति ‘रुङ्रीको बयान र नदी किनारा’ प्रकाशित गरेर नेपाली काव्यजगत्मा प्रभावकारी उपस्थिति जनाइसकेका छन् । उनताका नै उनले आफ्ना कवितामा नयाँ प्रयोगवादी रङ भरेर काव्यिक दक्षताको प्रस्तुति गरिसकेका छन् भने कविताप्रतिको निःस्वार्थ समर्पण, त्याग, प्रेम, लगाव र सशक्त क्षमताको प्रदर्शन गरिसकेका छन् । कवि खेरेसको कविताप्रतिको लगभग एक दशक मौनतापछि कविता सिर्जनाको सघन साधना र कठोर तपस्याले ‘कोलम्बस यात्रा’ नामक कविताकृतिको निर्माण भएको छ
मूलतः कवि देवेन्द्र खेरेस बेलायती डायस्पोराका सशक्त, दर्बिला र हस्तक्षेपकारी कवि र रचनाकार हुन् । उनी सिद्धान्तकार होइनन् । उनी सिद्धान्तका आविष्कारक नभएर पनि उनका रचनाहरू सिद्धान्तभन्दा अघि उभिएका छन् । यस अर्थमा उनले चुपचाप कर्मले सिद्धान्तभन्दा रचना प्रमुख वस्तु भएको प्रमाणित गरिदिएका छन् । कारण उनले सिद्धान्त नजन्माए पनि अहिलेसम्मकै मानक प्रतिनिधि डायास्पोरा तथा युद्वकविताको जन्म गराएर आफ्नो अद्भूत सिर्जनात्मक क्षमतालाई प्रस्तुत गरेका छन् ।
यसपटक ३१ वटा कविताको संकलनमा दोस्रो कृति ‘कोलम्बस यात्रा’ तयार गरिएको छ । यसले पनि उनी कति लेख्ने ? भन्दा पनि के लेख्ने ? भन्नेप्रति सचेत रहेका स्रष्टा हुन् भन्ने देखाउँछ, जो उनको लेखनप्रतिको सुन्दर अभिलक्षण हो । सिर्जनामा के लेख्ने भन्ने चिन्ता र चिन्तनले नै स्रष्टालाई गुणात्मकतातर्फ अभिप्रेरित गर्दछ । कुनै पनि सवाल सिर्जनाले एकैचोटि चाल र गतिलाई उत्पन्न गर्दछ । तर दुर्बल सिर्जनाले चाल मात्र उत्पन्न गर्दछ गति उत्पन्न गर्न सक्दैन । चाल र गति उत्पन्न गर्न सक्ने सिर्जनाको प्रारम्भ के लेख्ने भन्ने चिन्तनबाट नै हुन्छ । संसारका महान् कविहरू यिनै चिन्ताको रोगले ग्रसित भएर कालजयी कविताका सर्जक बनेका हुन् । कवि खेरेसमा त्यो चिन्ताको रोग संक्रमण हुनु काव्य सिर्जनाका लागि सुन्दर पक्ष हो ।
खेरेस कवितामा थोरै बोलेर धेरै भन्न सक्ने कवि हुन् । वास्तवमा कविताको कला र शक्ति नै त्यही हो । उनी छोटा र मझौला आकारमा लेख्छन् र हरेक कवितालाई न्याय गर्दै माथिल्लो कद दिन सफल हुन्छन् । कविको सफलता नै त्यही हो । उनले कविको भीड र कविताको गन्जागोलमा परैबाट प्रस्ट छुट्टिने गरी कविताको मौलिक भाषा बनाएका छन् । हरेक कविको मौलिक पहिचान नै उसले निर्माण गरेको कविताको भाषाले गर्दछ । त्यो भाषा प्राप्त गर्न हरेक कविले लामो तपस्या गर्दछ । खेरेसले आफ्ना कविताको मौलिक भाषा प्राप्त गर्न लामो तपस्या पूरा गरेका छन् । उनका काव्यिक भाषा अत्यन्त सरल, सरस र हृदयग्राही छन्, जसले पाठकको हृदयसँग सोझै संवाद गर्दछ ।
उनका कविता आममान्छेका भाका, बोली र आवाज हुन् । उनका कविताले पाठकको ब्रह्माण्ड नै थर्किने गरी मष्तिष्कको छानोमाथि विचारका ढुंगामुढाहरू फाल्दैनन्, बरु मसिना शब्दहरूको लयबद्व ध्वनिहरूको संगीत प्रतिध्वनित हुन्छ र मनमष्तिष्कमा झंकृत हुन्छ । मन, चेतना र संवेदनालाई स्पर्श गर्दछ । त्यतिखेर कविताले विकारयुक्त मनोरोगीको उपचारको काम पनि गर्दछ, कारण असल कविताको पठन मनोविकारको विरेचनका लागि सुन्दर ध्यान वा मेडिटेसन या आनन्द र परमान्दसम्मको यात्रा पनि हो । कविता आफैंमा कलात्मक विशिष्ट अभिव्यक्ति हो । उनका कविता शब्द, भाव, मन मस्तिष्क, भावना र विचारको उत्कृष्ट समन्वयद्वारा परिष्कृत भएका छन् । उनका काव्य लेखनको प्रखर शक्ति भनेको प्रेम नै हो । त्यो प्रेम व्यक्तिवादी मात्र नभएर समुदाय, जाति, समाज, संस्कृति, पहिचान, माटो र राष्ट्रसम्मको हो । प्रेमले हेरिसकेपछि जीवन जगत् सुन्दर र कलात्मक देखिन्छ । उनको प्रेमको शक्तिको सार यति नै हो । उनका कविताका मूलभूत तŒव पूर्वीय मूल्यमान्यता, धर्म, संस्कृति र पश्चिमा भूगोल, समाज, इतिहास र सभ्यताको समिश्रण र ठिमाहा चेतना हो । ठिमाहा चेतना भनेको मूलभूमिको वा राष्ट्रको धर्म, संस्कृति र सामाजिक मूल्य मान्यताद्वारा निर्मित चेतना वा ज्ञानले अतिथि मुलुकको सभ्यतालाई जान्ने वा बुझ्ने मानसिक प्रक्रिया हो, जसलाई डायास्पोरिक चेतना पनि भन्न सकिन्छ ।
कवि खेरेसले समग्रमा नेपाली साहित्यमा अहिलेसम्मकै मानक र प्रतिनिधि डायास्पोरिक कविताको जन्म गराएका छन् । हुन त डायास्पोरापदको जन्म इपू पाचौं शताब्दीतिर पूर्वी युरोपबाट भएर तत्कालका युद्धका घटना वा यौद्धिक चरित्रहरूले पश्चिम युरोपसम्म फैलिन गयो । तथापि, उन्नाइसौँ शताब्दीमा मात्र पूर्व र पश्चिम युरोपभरि डायास्पोरापदलाई सिद्धान्तकै रूपमा व्यापक चर्चा, विमर्श र अनुसन्धान गरियो र डायास्पोरा सिद्धान्तको विकास हुन गयो । बीसौं शताब्दीको उत्तरार्धमा सोभियत संघको विघटनपछि पश्चिमी समाजवादी राष्ट्रहरू राजनीतिक शक्ति केन्द्रमा टिकिरहने रणनीतिमा पुँजीवादी अर्थनीतिलाई विश्व व्यापीकरण गरिएपछि विश्व मानव समुदायको चलायमानको गति अर्को ढंगबाट हुन थाल्यो । त्यसबाट नेपाल पनि अछुत रहेन । त्यसपछि मात्र विक्रमको साठीको दशकबाट नेपाली साहित्यमा डायास्पोरापदको अनुकरण हुन थाल्यो । त्यो आज नेपाली साहित्यमा विश्वव्यापी रूपमा स्थापित भइसकेको छ । आज कवि खेरेस डायास्पोरिक सिर्जनाकारका रूपमा अन्य डायास्पोराका कविभन्दा धेरै अघि पुगेका छन् ।
कवि देवेन्द्र खेरेस मूलतः लाहुरे अर्थात् भूपू गोर्खाका सन्तान हुनुको कारण पनि प्रत्यक्ष–परोक्ष युद्धको प्रभाव वा युद्धजन्य अनुभूतिहरूद्वारा उनी प्रभावित हुने नै भए । तसर्थ, उनले युद्धकविता लेखनलाई पनि छुटाएनन् । हुन त उनी प्रत्यक्ष युद्धदर्शी वा भोक्ता होइनन्, तथापि परोक्ष प्रभाव वा युद्धजन्य अनुभूतिद्वारा पनि युद्धसाहित्य लेख्न सकिन्छ । त्यो कर्म पनि गर्न उनले छुटाएका छैनन् । समग्रमा उनका कविताको शक्ति र सफलता सरलता, सरसता र हृदयग्राहिता नै हो । यी कविताहरू उनको अघिका विचार प्रधान कविताहरूबाट भावना प्रधानमा रूपान्तरित हुँदै आएका छन् । यसो भनौं, विचार र भावनाको उचित समन्वय गर्ने सीप वा दक्षताको विकासले उनका कविताहरू रूपान्तरित हुँदै आएका छन् ।
किताब ः कोलम्बस यात्रा
विधा ः कविता
कवि ः देवेन्द्र खेरेस
प्रकाशक ः नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत
मूल्य ः रु. २००।–

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा