16th January 2019, Wednesday

E-budhabar

अध्यक्षको लफडामा अल्मलियो एकता



काठमाठौं । १० प्रतिशत पनि कर्मचारी नभएको पूर्वमाओवादी केन्द्रले निजामती कर्मचारी संगठनमा अध्यक्ष पद पाउनुपर्ने दाबी गरेपछि पूर्वएमाले र माओवादी केन्द्रको निजामती कर्मचारीबीचको एकता प्रक्रिया टाढिँदै गएको छ । निजामती कर्मचारी एकतामा कुरा नमिलेपछि पेसागत महासंघको एकता पनि बिथोलिन पुगेको छ ।
एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएपछि ती दुवै पार्टीको जनवर्गीय संगठनबीच तीन महिनाभित्र एकता हुने कुरा पार्टीका शीर्षस्थ नेताहरूले बताएका थिए । कतिपय पेसागत संगठनहरूबीच त एकतासमेत भइसकेको छ । त्यसमा नेपाल विद्युत् प्राधिकरण र इन्जिनियरिङ संगठनबीच एकता भइसकेको छ । इन्जिनियरिङ संगठनबीचको एकताले त नेपाल इन्जिनियरिङ एसोसियनको केही दिनअघि सम्पन्न निर्वाचनमा सकारात्मक प्रभावसमेत पारेको छ र प्रगतिशील समूहका डा. त्रिरत्न बज्राचार्यको नेतृत्वमा चुनावमा विजय हासिल प्राप्त गरेको छ ।
तर, निजामती कर्मचारीबीचको एकता भने अध्यक्षको दाबीको कारण अन्योलमा पर्न पुगेको छ । अहिले पूर्वएमालेनिकट कर्मचारी संगठनको अध्यक्षमा केदारप्रसाद देवकोटा छन् भने पूर्वमाओवादी केन्द्रनिकटको अध्यक्ष हरि रावल छन् । तर, एकता हुँदा देवकोटालाई नदिई रावललाई दिनुपर्ने कुरा उठेपछि एकता प्रक्रिया नै अन्योलमा पर्न पुगेको हो । पूर्वमाओवादी केन्द्रका रावल पक्षले अध्यक्षमा दाबी नछाडेपछि निजामती कर्मचारी संगठनबीचको एकता अनिश्चित बन्न पुगेको हो ।
यसअघि यी दुई संगठनबीच एकता हुँदा ६० र ४० प्रतिशतको आधारमा गर्ने भन्ने टुंगो लागेको थियो । जसमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत पाउने निश्चित भएको थियो । दुवै पार्टीबीच एकता हुँदा जुन प्रक्रिया अपनाइएको थियो, निजामती कर्मचारीमा पनि त्यही प्रक्रिया र आधार अपनाउने टुंगो लागेको थियो । तर, पूर्वमाओवादी केन्द्रका अध्यक्षले एकतापछि संगठनको अध्यक्ष पाउनुपर्ने दाबीसँगै सबै कुरा अलपत्र परेका छन् ।
पूर्वएमालेनिकट कर्मचारी संगठनले भने आधिकारिक ट्रेड युनियनको निर्वाचनलाई आधार मानेर पद बाँडफाँट गर्नुपर्ने कुरा उठाउँदै आएको छ । आधिकारिक ट्रेड युनियनको निर्वाचनमा पूर्वएमालेनिकट निजामती कर्मचारी संगठनले ३६ प्रतिशत ल्याएको थियो । तर, पूर्वमाओवादी केन्द्रनिकट कर्मचारी संगठनले भने १० प्रतिशत पनि कटाउन सकेको थिएन । १० प्रतिशत मत नपु¥याएकै कारण सो संगठन राष्ट्रिय स्तरको टे«ड युनियन बन्नबाट वञ्चित हुन पुगेको थियो । निजामती कर्मचारी ऐनमा १० प्रतिशत मत ल्याउने संगठनले मात्र राष्ट्रिय स्तरको संगठन बन्न पाउने प्रावधान रहेको छ । सो निर्वाचनमा कांग्रेसनिकट संगठनले भने २२ प्रतिशत मत ल्याउन सफल भएको थियो ।
निजामती कर्मचारीको एकता प्रक्रिया रोकिएसँगै पेसागत महासंघको एकताको घोषणा पनि रोकिन पुगेको छ । पेसागत महासंघमा पूर्वएमालेनिकट अध्यक्ष विश्वनाथ प्याकुरेल नै अध्यक्ष हुने गरी एकता हुने कुरा यसअघि नै टुंगिसकेको थियो । त्यसका निम्ति एकताको घोषणा हुने मितिसमेत तय भइसकेको थियो । तर, निजामती कर्मचारीमा भने अध्यक्ष पद छाड्नुपर्ने प्रस्ताव आएपछि भने पेसागत महासंघको एकता पनि रोकिन पुगेको छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

आगलागीमा कर्मचारीकै लापरबाही

ShareTweet काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण त्रिशूली जलविद्युत् आयोजनाको विद्युत् गृहमा एक वर्षमै तीनपटक आगलागी हुन पुगेको छ । तर, पटकपटक आगलागी भएर भौतिक क्षति- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नायक कि खलनायक ?

ShareTweet ‘इतिहास एक संवाद हो,’ आर्थर मारविकले भनेका थिए । तर, अब इतिहास संवादमा मात्र सीमित छैन । संवाद, विवाद, अन्तर–आवाजहरूका घेरा नाघिसकेको छ इतिहासले । केही दिनपूर्व- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कृषिवनको उपयोगिता

ShareTweet जनसंख्या वृद्धिसँगै परिवार टुक्रिने क्रम बढ्दो छ । परिवार टुक्रिएसँगै जग्गा–जमिनहरू खण्डीकृत हुने क्रम पनि उत्तिकै तन्किँदो छ । एकातिर जमिनको खण्डीकरणसँगै- ...
पूरा पढ्नुहोस्

छोटकरीमा