27th May 2019, Monday

E-budhabar

निर्मलाको हत्यारा खै उपप्रधानमन्त्रीज्यू ?



निर्मलाको हत्यारा खै उपप्रधानमन्त्रीज्यू ?

काठमाडौं । ‘अजासु’ अर्थात् अति जान्नेसुन्ने हुँदा कहिलेकाहीँ राम्रै बल्ड्याङ खानुपर्दो रहेछ भन्ने कुरा अहिले नेकपाका नेता तथा सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलमा लागू भएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको उनको अभिव्यक्तिका कारण अहिले आममान्छेले उनलाई उपप्रधानमन्त्री होइन, ‘हावादारी मन्त्री’को संज्ञा दिन थालेका छन् ।
उपप्रधानमन्त्री पोखरेलले निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको र सरकारले छिट्टै सार्वजनिक गर्छ भनेर अभिव्यक्ति दिएको डेढ हप्ता भइसकेको छ । मंसिर २२ गते राजधानीमा आयोजित एक कार्यक्रममा उनले घोषणा गर्दै भनेका थिए, ‘निर्मलाको हत्यारा पक्राउ परिसक्यो, छिट्टै सार्वजनिक गर्छौं ।’ उनले सरकारलाई समेत अप्ठ्यारो पार्ने गरी यो वक्तव्य दिएपछि धेरैले पत्याएका थिए कि अब हत्यारा पक्कै पत्ता लाग्ला । तर, डेढ हप्ता बित्दा पनि त्यसबारे कुनै नयाँ कुरा पत्ता नलागेपछि उपप्रधानमन्त्रीजस्तो व्यक्तिले बोलेको कुरा पनि हावादारी साबित भएको छ ।
उपप्रधानमन्त्रीजस्तो व्यक्तिले बोलेको कुरा रत्नपार्कको रूखमा बसेर ‘जो पायो त्यो व्यक्तिलाई’ गाली गरिहिँड्ने मुकुन्देको जत्तिको पनि स्तरीय नभएको चर्चा छ । उनले त्यो बेला प्रस्ट शब्दमा निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरू पक्राउ परिसकेको दाबी गरेका थिए । त्यति मात्र होइन, अझ थपेका थिए, ‘राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने हो कि भन्ने डर लागेको छ ।’
१०औं मानवअधिकार राष्ट्रिय महाभेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भनेका थिए, ‘म यति भन्न चाहन्छु, अपराधी पत्ता लागिसकेको छ, नियन्त्रणमा आइसकेको छ । हामी चाँडै विधिसम्मत ढंगले सार्वजनिक गर्छौं ।’
उनले कार्यक्रममा उपस्थित कांग्रेस नेतृ पुष्पा भुसालको नाम लिँदै नेकपाका नेतासमेत रहेका मन्त्री पोखरेलले राजनीतिक आवरणमा हत्यारा जोगाउन नआउन भनेका थिए । उनले आफूलाई एउटा कुराले डर लागेको भन्दै ‘सरकारले त्यसलाई सार्वजनिक गर्दा राजनीचिको ध्येय बोकेकाहरू छाता ओढाउन आउने हुन् कि भन्ने लागेको छ । पुष्पाजी ख्याल गर्नुहोला ।’ भनेका थिए ।
उनले प्रतिपक्षी दलका नेता र अखबारका स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने ठोकुवा गरेका थिए । उनले हत्यारा पत्ता लागिसकेको दाबी गर्दै अपराधी बाहिर ल्याउँदा कसैले पनि छाता ओढाउन नआउन चेतावनी दिएका हुन् । उनले अन्य दललाई आफ्नो राजनीतिको रोटी सेकाउनकै लागि यो काण्ड बढी नउछाल्न पनि चेतावनी दिएका थिए । तर, उनको कुरा हचुवा र हावादारी नै साबित भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद

ShareTweet काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा