18th September 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

प्राईम कलेजमा अन्तराष्ट्रिय स्तरको एआई पाठशाला सुरु हुँदै



प्राईम कलेजमा अन्तराष्ट्रिय स्तरको एआई पाठशाला सुरु हुँदै

काठमाडौं । नेपाल अप्लाईड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स ईन्स्टिच्यूट अफ रिसर्च, (नामी) को आयोजनामा काठमाडौंमा ११ दिने प्रथम नेपाल एआई पाठशाला सुरु भएको छ । नेपाल, भारत, चीन, फिलिपिन्स, जर्मनी, नर्वे लगायतका देशहरुबाट आएका १२० जना प्रशिक्षार्थीहरुले उक्त पाठशालामा सहभागिता जनाईरहेका छन् । पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्सको प्रयोग, उपादयता र आवश्यकताको सन्दर्भमा आवश्यक, तालिम, परामर्श र अनुसन्धान गरिने वताईएको छ । उक्त ११ दिने पाठशालामा २२ जना विदेशी, ७० जना काठमाडौं उपत्यका, १७ जना काठमाडौं उपत्यका बाहिरका र २० जना व्यावसायिक क्षेत्रका ब्यक्तित्वहरु सहभागि रहेका छन् ।
पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) लाई नेपालको सन्दर्भमा कसरी प्रयोग गर्ने ? तथा नेपालले झेलिरहेका आर्थिक, शैक्षिक, ब्यवस्थापकिय, स्वास्थ्य लगायतका समस्याहरुको समाधानमा एआईलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिनेछ ।
उक्त कार्यक्रममा सहभागिहरुलाई तालिम र परामर्र्श दिन आउनु भएका नामीका सदस्य तथा बेलायतमा रहेको योर्क विश्वविद्यालय अन्तर्गत कम्यूटर विज्ञान विभागका प्राध्यापक सुरेश मानन्धर नेपालमा एआई सम्वन्धि प्रभाकारी शिक्षणको सुरुवात नै हुन नसकेको वताउनुहुन्छ । मानन्धरका अनुसार यो पाठशालाले एआईको सम्वन्धमा विद्यमान भ्रम निवारण तथा यसको उपादयताको बढोत्तरी र एआई पढाउने शैक्षिक संस्थाहरुको स्तर उन्नतीमा सहयोग पु¥याउनेछ ।
नामीका अर्का सदस्य तथा ईम्पेरियल कलेज लण्डनमा पोष्ट डक्टरल अनुशन्धानकर्ताको रुपमा कार्यरत डा.विनोद भट्टराईका अनुसार पाठशालाको आयोजना गर्नुको पछाडि नेपालमा ‘अनुशन्धान सँस्कारलाई सहयोग पु¥याउनु हो ।’ भट्टराई, नेपालका लागि कस्तो प्रविधि आवश्यकता हुन्छ भन्ने कुरा नेपालले नै तय गर्न सक्नु पर्ने बताउनु हुन्छ । नेपालको कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक प्रविधिका लागि आज पनि बाहिरी देशसँग निर्भर हुनु परिरहेको भट्टराईको भनाई छ । भट्टराई ‘जबसम्म अनुशन्धान गर्ने सँस्कार र वातावरण निर्माण गरिदैन तबसम्म प्रविधिको क्षेत्रमा प्रगति नहुने’ दावी गर्नु हुन्छ ।
विज्ञान प्रविधिको क्षेत्रमा अत्यन्तै पछौटेपन बेहोरीरहेको नेपालमा आर्टिफिसियल ईन्टेलीजेन्स जस्तो अत्याधुनिक विज्ञान र प्रविधिसँग सम्वन्धित विषयमा सोध, तालिम र वहस हुनु आफैंमा सुखद विषय हो । प्राईम कलेजका प्रिन्सिपल प्राध्यापक डाक्टर कृष्ण कुमार श्रेष्ठ नामीले सञ्चालन गरेको पाठशालाले एआई सँगसँगै समग्र सुचना प्रविधि क्षेत्रलाई उत्प्रेरित गर्ने वताउनुहुन्छ ।
नेपालबाट विश्वका विभिन्न विश्वाविद्यालय र अनशन्धान केन्द्रहरु पुगेर उक्त विश्वविद्यालयहरुमा कम्यूटर विज्ञान र एआईको क्षेत्रमा कार्य गरेका तथा नेपालमा पनि सुचना प्रविधि क्षेत्रमै कार्य गरेका प्राध्यापक, अनशन्धानकर्ता र बैज्ञानिकहरु मिलेर स्थापना गरिएको नामीको अवधारणा सन् २०१५ बाट नै अगाडि बढेको हो । नेपालमा सन् २०१८ मा कानुनी प्रकृया पुरा गरी गैर नाफामुलक संस्थाको रुपमा स्थापित नामीले नेपालको शैक्षिक, औद्योगिक, ब्यवस्थापकीय र स्वास्थ्य क्षेत्रसँग मिलेर उक्त विषयगत क्षेत्रहरुको विकासका लागि एआई सम्वद्ध अध्ययन अनुशन्धान गर्ने तय गरेको छ ।
नेपाली विद्यार्थीहरुको विद्यावारिधि लगायत सोध र अनुशन्धानको कार्यलाई सहयोग गर्ने र नेपालको आवश्यकतामा आधारित वृहत्तर अनशन्धानलाई कार्यान्वयनमा लैजाने उद्देश्य सहित स्थापित नामीले विज्ञान प्रविधिको विकासका लागि आवश्यक नीति निर्माणमा सहेत सहयोग गर्ने वताएको छ ।
प्रथम नेपाल एआई पाठशालाका लागि सहभागिहरु छनौट गर्न अनलाईन मार्फत विश्वब्यापी आवेदन माग गरिएको थियो भने नेपालका कलेजहरुमा विभिन्न माध्यम मार्फत सुचना सम्प्रेशण गरिएको थियो । विभिन्न मापन विधि मार्फत १२० जना सहभागिहरुको छनौट गरिएको पाठशालामा काठमाण्डौं उपत्यकाभन्दा बाहिरका सहभागिहरुका लागि आवासिय ब्यवस्था गरिएको छ । एनसेलको प्रायोजनमा काठमाडौं नयाँ बजार, खुशीबँुमा रहेको प्राईम कलेजमा सञ्चालन भइरहेको पाठशाला यही डिसेम्वर २० तारिखदेखि ११ दिनसम्म सञ्चालन हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

तिमी कहाँ सुरक्षित छौ ?

ShareTweet कुनै महिलाका निम्ति सुरक्षित ठाउँ कुन होला ? घर, विद्यालय वा सार्वजनिक स्थल ? केही दिनपूर्व वीरगन्जकी एउटी किशोरीको अनुहारमा दुई किशोरले एसिड छ्यापे । एकान्त- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

प्रेममा तरंगित सिर्जना

ShareTweet युवा–सर्जक हरिराम पौडेलको गीति–सिर्जना प्रेमका कोमल अनुभूतिहरूका खानी हुन्, सायद । किनभने, प्रेमका अनगिन्ति आवाजहरू उनका गीति–लेखनमा सहजै र सर्वस्वीकृत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा