16th January 2019, Wednesday

E-budhabar

बालाजुका डीएसपी अपराधीकै पक्षमा



काठमाडौं । पछिल्लो समय रक्षकै भक्षक भएका धेरै उदाहरण छन् । अझ जनतालाई जीउधनको सुरक्षा प्रदान गर्ने जिम्मेवारी बोकेको प्रहरीका एकाइ प्रमुखहरू नै त्यस्तो भएपछि जनताले त्यस्ताबाट के आशा गर्नु ?
उपत्यकाको महानगरीय प्रहरी वृत्त बालाजुमा इन्चार्जका रूपमा चिरञ्जीवी कोइराला आएपछि यस्तै समस्या भएको छ । पछिल्ला दिनमा उनको गतिविधि शंकास्पद हुँदै गएको र अपराधी भगाउने र पीडित धम्काउने काममा समेत उनै आफैं संलग्न हुने गरेको पीडितको गुनासो छ । उनले विभिन्न घटनाका पीडितले प्रहरीमा जाहेरी दिन जाँदा उनीहरूलाई नै धम्क्याउने र दोषीलाई उम्काउने काममा संलग्नता राख्दै आएको भेटिएपछि यस्तो रहस्य खुलेको हो ।
एक महिनाअघि बालाजु शेषमतीमा रहेको आफ्नो डेरामा चोरी भएको भन्दै प्रहरीमा जाहेरी लिएर पुगेका नुवाकोटका सुमिर तामाङ प्रहरी कार्यालयभित्रै कुटिएका थिए । तामाङले चोरीमा संलग्न भएको आरोपमा समातेर प्रहरीमा बुझाएका दुई व्यक्तिलाई अनुसन्धान गर्नुको साटो पीडितलाई नै धम्काएर फिर्ता पठाएका थिए । घटनामा संलग्नहरू बालाजु प्रहरी कार्यालयमै कार्यरत प्रहरी अधिकृतका आफन्त भएकाले उनीहरूलाई जोगाउन डीएसपी कोइरालासहित इन्सपेक्टर जीवन निरौलाले पीडितलाई धम्काएर घटनाको ढाकछोप गर्न लगाएको पीडित तामाङको आरोप छ । चोरीका प्रत्यक्षदर्शी घरधनी समेत प्रहरीमा पुगेर चोरलाई प्रहरीको जिम्मा लगाउँदा त्यहाँ कार्यरत प्रहरीले उनीहरू निर्दोष रहेको भन्दै प्रत्यक्षदर्शीलाई समेत अप्ठ्यारोमा पार्ने भन्दै धम्काएर फिर्ता पठाएका थिए । चोरीमा आफ्ना आफन्तकै संलग्नता भेटिएपछि प्रहरीले पीडितले दिएको किटानी जाहेरी र प्रत्यक्षदर्शीको बेवास्ता गर्दै दोषी भगाएपछि पीडित एकमहिनादेखी दैनिक प्रहरी कार्यालयसँग अन्य नियमक निकायमा धाउने गरेका छन् ।
दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने तामाङ परिवार दैनिक प्रहरी कार्यालय धाउँदासमेत न्याय दिने प्रहरी नै अपराधीसँग मिलेर आफूलाई हप्कीदप्की गरेर फर्काउँदा निराश बनेर फर्कर्ने गरेका छन् । त्यसो त केही दिनअघि मात्रै सडकमा हिँडिरहेका एक सर्वसाधारणलाई डीएसपीकै आफन्त पर्ने मादक पदार्थ सेवन गरेको समूहले कुटपिट गरेको घटनामा समेत बालाजु प्रहरीका डीएसपी कोइराला र इन्सपेक्टर जीवन निरौलाले यस्तो विषयमा जाहेरी लिन नमिल्ने र आफूआफूबीच मिल्नुपर्ने दबाब दिएर फर्काएका थिए ।
पछिल्लोपटक गोंगबु, नयाँ बसपार्क र आशो तपोवन क्षेत्रमा यौनधन्दा फस्टाइरहेको छ । बालाजु प्रहरीको नियमित कमाइको मुख्य आयक्षेत्र भएकाले उनीहरूले सो क्षेत्रका अश्लील गतिविधि नियन्त्रण गर्न नसकिएको बताइन्छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

आगलागीमा कर्मचारीकै लापरबाही

ShareTweet काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण त्रिशूली जलविद्युत् आयोजनाको विद्युत् गृहमा एक वर्षमै तीनपटक आगलागी हुन पुगेको छ । तर, पटकपटक आगलागी भएर भौतिक क्षति- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नायक कि खलनायक ?

ShareTweet ‘इतिहास एक संवाद हो,’ आर्थर मारविकले भनेका थिए । तर, अब इतिहास संवादमा मात्र सीमित छैन । संवाद, विवाद, अन्तर–आवाजहरूका घेरा नाघिसकेको छ इतिहासले । केही दिनपूर्व- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कृषिवनको उपयोगिता

ShareTweet जनसंख्या वृद्धिसँगै परिवार टुक्रिने क्रम बढ्दो छ । परिवार टुक्रिएसँगै जग्गा–जमिनहरू खण्डीकृत हुने क्रम पनि उत्तिकै तन्किँदो छ । एकातिर जमिनको खण्डीकरणसँगै- ...
पूरा पढ्नुहोस्

छोटकरीमा