25th May 2019, Saturday

E-budhabar

नटुसाओस् निराशा



अधिकांशलाई असम्भव लागेको थियो । तर, अनेक असम्भाव्यतालाई चिर्दै दुई ठूला कम्युनिस्ट घटक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएको पनि महिनौं गुज्रिसकेको छ । नौ महिनाअघि राष्ट्रिय राजनीतिमा तरंग ल्याउने दुई राजनीतिक शक्ति एकताको सूत्रमा बाँधिनुलाई नेपालको राजनीतिक इतिहासमा एउटा महŒवपूर्ण परिघटना मानिएको थियो । फुट र विभाजनको लामो शृंखला झेल्दै विकसित भएको नेपालको कम्युनिस्ट आन्दोलनमा एमाले र माओवादी केन्द्रबीचको एकतालाई ‘आठौं आश्चर्य’का रूपमा समेत हेरिएको थियो । भिन्नभिन्न राजनीतिक अस्तित्व बोकेर बाँचेका यी दुई शक्तिबीच एकता हुनु नौलो र आश्चर्यको विषय थियो । तर, ‘राजनीतिमा असम्भव हुँदैन’ भन्ने सर्वस्वीकृत मान्यतालाई पछ्याउँदै दुई पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टीमा रूपान्तरण भएको थियो र त्यसयता राष्ट्रिय राजनीतिले नयाँ मार्ग समातेर अग्रसरता लिएको प्रतीतसमेत हुँदैछ ।
एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन हुनु आफैंमा गौरवको विषय थियो । यी दुई शक्तिको एकताले राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव पार्ने अनुमान गरिएको थियो, त्यो स्वाभाविकसमेत थियो । तर, यी दुई घटकबीचको एकताले मुलुकको राजनीतिमा ठोस र उल्लेख्य प्रभाव पा¥यो वा पारेन, समृद्धिको स्वप्नले फल्ने–फुल्ने अवसर पायो वा पाएन ? अब भने नेपाली जनताले मूल्यांकन गर्न थालेका छन् । आफूले विश्वासको मत सुम्पेको शक्ति सही दिशा समातेर अगाडि बढ्दैछ वा अनकन्टार सिस्नुघारीमा रुमलिन थालेको छ ? जनताले लेखाजोखा गर्न थालेको आभास हुँदैछ । मूलतः सरकारको सुस्त कार्यशैली र पार्टीका नेताहरूमा देखिएको बढ्दो असमझदारीबाट दिक्क भएका जनताले सरकार र नेकपा दुवैलाई मूल्यांकनको तराजुमा राखेर तौलन थालेका छन् । आखिर, यो विषय जनताको हकको सीमाभित्रै पर्दछ ।
जनता अहिल्यै निराश भइसकेका छैनन् । एकाध वर्ष सरकारको कार्यशैली हेरेपछि मात्र आफूलाई निराशा वा आशाको बिन्दुमा उभ्याउने भन्ने निक्र्योल पक्कै पनि जनताले गर्लान् । तर, जनता निराशा भएको दिन त्यसले नेकपाको सिंगो नेतृत्वलाई मात्र झट्का लगाउँदैन, एउटा ठूलो राजनीतिक शक्तिप्रतिको आस्था अनास्थामा बदलिन पुग्छ । त्यसो हुँदा देश र जनताको भविष्य केवल अँध्यारो दुर्गमा थन्किनेमा दुईमत देखिँदैन । त्यो समय नेतृत्वसँग जनतामा व्याप्त निराशा चिर्न सक्ने न त नैतिक बल हुनेछ, न त आत्मबल नै सुदृढ हुनेछ । जनपंक्तिमा निराशाका पालुवा पलाउन नदिन नेतृत्व तहले समय छँदै सोचविचार पु¥याउन वाञ्छनीय देखिनुको विकल्प छैन ।
जनपंक्तिलाई आशा, भरोसा र विश्वासमा लिन सक्ने ल्याकत तल्लो तहमा क्रियाशील नेकपाका कार्यकर्ताहरूले मात्रै राख्न सक्छन् । नेकपाको सरकारले गरेका जनमुखी एवं राष्ट्रिय जीवनमा दीर्घकालीन प्रभाव पार्ने कार्यहरूबारे प्रस्ट रूपमा बताउने सक्ने असल र इमानदार प्रवक्ता केवल कार्यकर्ताहरू नै हुन् । तर, दुई राजनीतिक शक्ति एक भए पनि एकताको प्रतीति कार्यकर्ताको तहसम्म पुग्न सकेको छैन अझसम्म । केन्द्रीय तहमा एकता भए पनि तल्लो तहलाई भने एकताको किरणले अझै उजिल्याउन सकेको छैन । केही समयअघि प्रदेश तहसम्म एकता पुग्यो । तर, तत्कालीन एमाले र माओवादी केन्द्रको जग त जिल्ला, नगर र गाउँ तहहरू नै हुन् । ती तहहरूलाई उपेक्षा गर्दा वा एकता प्रक्रियामा ढिलाइ गर्दा त्यसको असर सिंगो पार्टीले नै भोग्नुपर्छ ।
तल्लो तहसम्म एकता प्रक्रिया नपुग्दा कार्यकर्ताहरूमा मनोवैज्ञानिक असरसमेत देखिन थालेका छन् । ‘ठूला नेताहरूले टाउको जोडेर मात्र हुँदैन’ भन्ने भावना कार्यकर्ता–पंक्तिमा बिस्तारै पलाउन थालेको छ । अझ एकता प्रक्रिया अन्योलमा पर्दा दुवै पार्टीका तल्ला तहका कार्यकर्ताहरूमा पलाउनुपर्ने भावनात्मक सम्बन्ध र आत्मीयताका रेखाहरू पनि बिस्तारै फाट्दै गएका छन् । कुनै दुई राजनीतिक शक्तिबीच एकता हुनु भनेको केवल प्राविधिक रूपले कमिटीहरू मिलाउनु मात्र होइन, ती दुवै दलका कार्यकर्ताहरूबीच भावनात्मक सम्बन्ध र मेल हुनु पनि हो । जबसम्म भावनात्मक मेल हुन सक्दैन, तबसम्म एकताको औचित्य पुष्टि होला भनेर कल्पना गर्नु व्यर्थ देखिन्छ । मन र भावना मिल्नु सबभन्दा ठूलो एकता हो ।
नेकपाको नेतृत्व तहले तत्काल दुइटा कार्यमा आफूलाई क्रियाशील तुल्याउनुको विकल्प देखिँदैन । एउटा, तल्लो तहसम्मै तदारुकताका साथ पार्टी एकतालाई पु¥याउनु र अर्को, सरकारलाई चुस्त, जिम्मेवार र क्रियाशील तुल्याउनु । जनपंक्ति र कार्यकर्ताको तहमा निराशाका लक्षणहरू देखा पर्नुअगावै त्यसको निराकरण गर्नुमा नेकपाको नेतृत्व तह तन, मनसहित लाग्ने कार्यलाई नै अहिलेको अपरिहार्यता ठान्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद

ShareTweet काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा