23rd March 2019, Saturday

E-budhabar

के यसैलाई भनिन्छ गुटबन्दी ?



अध्यक्षद्वयबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा सरकारका राम्रा कामहरूको चर्चा त गरियो तर गल्तीकमजोरीको चर्चा गरिएन, आत्मालोचक बनिएन भन्ने कोणबाट पनि विचार व्यक्त भएको छ । प्रतिवेदनमा उल्लेख गर्नुपर्ने तहको गल्ती के भएको छ र आत्मालोचना गर्नुपर्ने ? प्रतिवेदनमा सरकारले गरेका प्रतिनिधिमूलक राम्रा कामहरू समेटिएका छन् र समेटिनु पनि पथ्र्यो । र, त्यसकै आधारमा प्रतिवेदनलाई सरकारको प्रशंसापत्र भन्नु उचित होइन । हामीले पार्टी, सरकार र राष्ट्रिय राजनीतिको सन्दर्भमा गर्व गर्न लायक उपलब्धि आर्जन गरेका छौं । ऐतिहासिक सफलता प्राप्त गरेका छौं । यी उपलब्धिहरूको चर्चा गरिनुलाई प्रशंसापत्र भनिँदैन, भन्नुहुँदैन । प्रतिवेदनमा कमजोरी भेटियो भने आलोचना गर्नु उचित नै हुन्छ । तर, नभएका कमजोरी खोजेर प्रतिवेदनलाई कमजोर साबित गर्ने प्रयास गर्नु र घटनाक्रमको अतिरञ्जनापूर्ण वर्णन गर्नु पनि उचित होइन ।
पाँच महिनापछि बैठक बस्दै छ, सात महिना भन्नुपर्ने ? कांग्रेसलाई वामपन्थीविरोधी भनेर नपुग्ने, हरेक ठाउँमा कम्युनिस्टविरोधी भन्नुपर्ने ? हामी आफैंलाई वामपन्थी हौं कि कम्युनिस्ट भनेर प्रश्न गर्नुपर्ने ? हामी चिनियाँ भूमि भएर समुद्रसम्म र तेस्रो मुलुकसम्म पुग्न सक्ने भएका छौं, भूजडित भन्न नहुने ? चीनसँग पारवहन सन्धि हुनुलाई स्वातयोग्य भनिरहँदा पनि यसको उपायदेयताको सर्त अघि सार्ने ? के उक्त सन्धि ससर्त समर्थन गर्नुपर्ने प्रकृतिको छ ? प्रोटोकलमा हस्ताक्षर गर्नेले कार्यान्वयन गर्न गरेका होलान् भनेर विश्वास गर्न नहुने ? यस हदसम्मको बहस र आलोचना नगर्दा कसो होला ?
प्रतिवेदनबारे उत्साह प्रदान गर्न नसक्ने, दिशानिर्देशन गर्न नसक्ने, कमजोर, पुनर्लेखन गर्नुपर्ने भनेर गरिएको आलोचना आधारहीन छ । बैठकमा प्रस्तुत भएका उपयुक्त सुझावहरूलाई समेटेर प्रतिवेदनलाई परिमार्जन गर्नु भने उचित नै हुनेछ । कतिपय कमरेडहरूबाट अयोग्य नेतृत्व, यसले केही गर्न सकेन, बिगा¥यो मात्रै भने जसोगरी विचारहरू व्यक्त भए । कमजोरी भएका छन् भने त्यसका लागि नेतृत्वलाई जिम्मेवार बनाऔं तर उपलब्धिको श्रेय पनि नेतृत्वलाई दिन सक्नुपर्छ ।
यो नेतृत्वले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली इतिहासकै महŒवपूर्ण उपलब्धिका लागि योग्यतापूर्ण नेतृत्व गरेको छ । त्यसका केही प्रतिनिधि उदाहरणहरू यसप्रकार छन् ः
० संविधानका अन्तरवस्तुमा सहमति निर्माण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको नेतृत्व गर्नु चानचुने उपलब्धि होइन । यही नेतृत्व हो, जसले संविधानसभालाई असफल हुनबाट जोगायो र संसारकै राम्रोमध्येको संविधान निर्माण कार्यलाई सम्भव तुल्यायो । आपसको कटुतापूर्ण सम्बन्धलाई मित्रवत् नबनाई सहमति सम्भव थिएन । जनता र राष्ट्रको हितलाई केन्द्र भागमा राखेर सिद्धान्तनिष्ठ ढंगले बहस–छलफल नगरी आपसी सम्बन्धलाई मित्रवत् बनाउन पनि सम्भव थिएन ।
० निकट विगतको स्थानीय तहको निर्वाचनमा प्रकट भएको आपसी असमझदारी र अन्तरविरोधलाई किनारा लगाउँदै साझा घोषणापत्र र साझा उम्मेदवारका आधारमा वामपन्थी गठबन्धन निर्माण गरेर प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा जानु मामुली विषय थिएन ।
० अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा भए पनि नेपालमा भने संविधानअन्तर्गत भएको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी लोकप्रिय जनमत प्राप्त गर्नु, संघीय संसदमा दुई तिहाइनजिकको बहुमत प्राप्त गर्नु र सातमध्ये ६ प्रदेशसभामा सुविधाजनक बहुमत हासिल गर्नु र बहुसंख्यक स्थानीय तहमा नेतृत्व प्राप्त गर्नु साधारण उपलब्धि होइन ।
त्यसैगरी फरक–फरक पृष्ठभूमि, इतिहास र योगदान भएका दुई प्रमुख कम्युनिस्ट पार्टीहरूका बीचमा सम्पन्न एकता असाधारण महŒवको उपलब्धि हो । राष्ट्रिय राजनीतिलाई दिशा निर्देशन गर्ने र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई प्रेरणा प्रदान गर्ने यस घटनाको प्रभाव र परिणाम आउने दिनमा देखिँदै जानेछ ।
यो एकतालाई कांग्रेससँग हार्ने डरले गरिएको अवसरवादी एकता भनेर आरोपित वा अवमूल्यन गर्नु लघुताभाष बाहेक केही होइन । एकतापूर्व मात्र होइन, एकतापछि पनि सैद्धान्तिक, कार्यक्रमिक वा नीतिगत प्रश्नहरूमा छलफलको आवश्यकता छ र रहन्छ । यसको अर्थ सिद्धान्त, विचार, मूल्य र मान्यताहरूमा अत्यावश्यक छलफल नगरी वा निष्कर्षमा नपुगी हतारोमा पार्टी एकता गरियो भन्ने पनि होइन ।
कम्युनिस्ट पार्टीको नेतृत्वमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु । आफ्नो नेतृत्वमा बनेको संविधान आफैंले कार्यान्वयन गर्ने आधार निर्माण गर्नु । समृद्धि, सामाजिक न्याय र समाजवादतर्फको यात्राको नेतृत्व गर्ने ऐतिहासिक अवसरको सिर्जना गर्नु युगीन महŒवको उपलब्धि हो ।
म दोहो¥याएर भन्न चाहन्छु छिमेकी मित्रराष्ट्र चीनसँग ट्रेड एन्ड ट्रान्जिट प्रोटोकलमा हस्ताक्षर हुनु धेरै ठूलो उपलब्धि हो । यस घटनाले मुलुकको भूपरिवेष्टित अवस्थालाई भूजडित अवस्थामा रूपान्तरण गरेको छ । नाकाबन्दीको सम्भावनालाई सदाका लागि समाप्त गरेको छ । नाकाबन्दीलाई नाकाबन्दी भन्न हुँदैन, अप्ठेरोमा परिन्छ भन्ने पराजित मानसिकितालाई किनारा लगाउने, नाकाबन्दीलाई नाकाबन्दी भनेरै सामना गर्ने र परास्त गर्ने अभियानको नेतृत्व पनि यही नै हो । यही नेतृत्वले नेपालको स्वतन्त्र निर्णय क्षमता र राष्ट्रको स्वाभिमानलाई नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।
समग्रतामा भन्दा यही नेतृत्वको अगुवाइमा कमरेड पुष्पलाल, कमरेड मदन मण्डारीलगायत अग्रज नेताहरू, नेपाली कम्युनिस्ट आन्दोलनका सम्पूर्ण नेता कार्यकर्ता तथा सदस्यहरू र न्याय तथा प्रगतिका पक्षधर आमनेपाली जनताको चाहना सार्थक भएको छ । एकतावद्ध कम्युनिस्ट पार्टी, सबै तहमा कम्युनिस्ट पार्टीको नेतृत्वमा बलियो सरकार, राष्ट्रिय राजनीतिमै कम्युनिस्ट पार्टीको वर्चस्व र सबल नेतृत्वको चाहना साकार भएको छ । सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न र समाजवादतर्फको यात्रा तय गर्न फराकिलो राजमार्ग तयार भएको छ ।
गुटबन्दीको आरोप र यथार्थ
बैठकमा गुटबन्दीका सन्दर्भमा पनि काफी चर्चा भएको छ । वास्तविकता के हो ? तथ्य प्रस्तुत गर्न जरुरी छ । सचिवालयमा आजसम्म भएका एकाध निर्णयबाहेक सबै निर्णय सर्वसम्मतिका साथ भएका छन् । सबै निर्णय निश्चित मापदण्डका आधारमा गरिएका छन् ।
सुरुमा निश्चित मापदण्डका आधारमा प्रदेश र जिल्ला तहमा कार्यदलहरू गठन गरियो । प्रदेशमा साबिक इन्चार्ज र सहइन्चार्जहरू र जिल्लामा साबिक इन्चार्ज र अध्यक्षहरू कार्यदलमा रहने गरी निर्णय गरियो । वरिष्ठता र योग्यताका आधारमा प्रदेश कमिटी तथा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको नामावली सिफारिस गर्ने जिम्मेवारी दिइयो । कार्यदलको रिपोर्ट सचिवालयमा प्रस्तुत हुन नपाउँदै औपचारिक वा आधिकारिक रूपमा हेर्दै नहेरी विरोधमा बोल्ने क्रम सुरु भयो । सचिवालयले साबिक प्रदेश कमिटीमा रहेकालाई कायम राख्ने, पूर्वाञ्चल कमिटी, केन्द्रीय निकाय वा विभागमा रहेकाहरूलाई प्राथमिकता दिने र प्रदेश कमिटीमा संगठित गर्नुपर्ने प्रवेशीहरूको नाम पनि समावेश गर्ने भनेर नयाँ मापदण्ड तय ग¥यो ।
तदनुरूप कार्यदलहरूको सिफारिसलाई अद्यावधिक गरियो र सचिवालयमा प्रस्तुत भयो । उक्त प्रस्तावउपर व्यापक छलफल गरेर प्रदेश कमिटी गठन गर्ने निर्णय भयो । यद्यपि, प्रदेश कमिटीका एकाध सदस्यहरूका सम्बन्धमा केही कमरेडको असहमति रहेको छ । प्रदेश कमिटीका इन्चार्ज, सहइन्चर्जा र अध्यक्ष, सचिव तोक्ने सचिवालयको बैठकमा कमरेड माधव नेपाल अनुपस्थित हुनुहुन्थ्यो । उक्त बैठकमा केही निर्णय नगरौं भन्ने अध्यक्षद्वयको प्रस्ताव थियो । तर, बैठकमा सहभागी कमरेडहरूले निर्णय गर्नैपर्ने अडान राखेपछि बैठकले निर्णय गरेको हो । उक्त निर्णयका सम्बन्धमा कमरेड माधव नेपालको उपस्थितिमा पुनः छलफल भएको छ र बैठकले उक्त निर्णयलाई यथावत् राख्ने निर्णय गरेको छ । यद्यपि, उक्त निर्णयमा कमरेड माधव नेपालको असहमति कायमै छ ।
सचिवालयको सोही बैठकले प्रदेश कमिटीले पूर्णता नपाउँदासम्म प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव कमरेडहरूलाई जिल्ला तहमा एकीकरण सम्पन्न गर्न गृहकार्य गर्ने, सम्बन्धित तहका पूर्वकमिटी र तीनका पदाधिकारी तथा सदस्यहरूसँग्को परामर्श र सुझावसमेतका आधारमा जिल्लामातहतका सबै तहमा एकीकरण सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो । जिल्लामातहतको एकीकरण कार्य यही निर्णयका आधारमा अघि बढेको छ ।
के यसैलाई भनिन्छ गुटबन्दी ? कतिपय कमरेडहरूबाट पार्टीमा गुट रहेको, गुट रहने र गुटलाई मान्यता दिनुपर्ने दलिल सार्वजनिक रूपमा प्रस्तुत हुने गरेको छ । यही तर्कका आधारमा भेलाबैठक आयोजना गर्ने, त्यस्ता भेला वा बैठकहरूमा निश्चित विषयहरूमा निश्चित प्रकारको धारणा बनाउने र पार्टीभित्र र बाहिर संगठित रूपमा प्रस्तुत हुने अभ्यास गरिँदै छ । गुटबन्दीको विरोधका नाममा गरिने यसप्रकारको गुटबन्दीलाई रोक्नैपर्छ । पार्टीलाई विधिसम्म ढंगले सञ्चालन गर्नैपर्छ ।
(स्थायी कमिटी बैठकमा व्यक्त लिखित सुझावको एक अंश)

विधान समस्यौदा समिति गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा