25th May 2019, Saturday

E-budhabar

पार्टीलाई एकताबद्ध गर्न शीर्ष तहमा सर्वसम्मति



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरू पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपले एकताबद्ध गर्दै पुस मसान्तभित्रै पार्टी एकता टुंग्याउन सहमत भएका छन् । पाँच महिनापछि बसेको स्थायी समिति बैठक गत १२ गते सम्पन्न भएको थिायो । निरन्तर १२ दिनसम्म चलेको बैठकमा नेताहरूले खुलेर आफ्ना धारणा राख्दै पार्टी र सरकार सञ्चालनको कार्यशैलीगत कमजोरी सच्याउन जोड दिएका थिए ।
नेतृत्वको कमजोरी मात्र होइन, अहिलेसम्मका सबै कामका सकारात्मक चर्चाका साथै नकारात्मक आलोचनासमेत भएपछि अन्ततः शीर्ष नेताहरू पार्टीलाई एकताबद्ध बनाएर तत्काल एकीकरण टुंग्याउने निष्कर्षमा पुगेका हुन् । यसपटकको बैठकलाई नेताहरूले उन्नतस्तरको बहसपछि पार्टीलाई नयाँ ढंगले रूपान्तरण गर्ने कम्युनिस्ट पार्टीको संगठन सञ्चालनसम्बन्धी अभ्यासको संज्ञा दिएका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको अनौपचारिक छलफल र सुझबुझबाट तेस्रो स्थायी समिति बैठकले महŒवपूर्ण निर्णयहरू गरेको छ । समापनअघि बैठक चलिरहेकै बेला अध्यक्ष ओली र प्रचण्डले बैठकका निर्णयका विषयमा छलफल गरेका थिए । दुई अध्यक्षबीच भएको सहमतिपछि वरिष्ठ नेता माधवकुमार नेपालको समेत सुझावलाई ध्यान दिएर बैठक निष्कर्षमा पुगेको थियो । समापनका क्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले सरकार र पार्टी सञ्चालनका सन्दर्भमा देखिएका कमजोरी आत्मसात् गर्दै नदोहो¥याउने प्रतिबद्धता जनाएका थिए । लामो वैचारिक छलफलपछि विभिन्न कोणबाट आएका धारणालाई संश्लेषण गर्दै बैठकले पार्टी एकताका सन्दर्भमा महŒवपूर्ण निर्णय लिएको छ ।
अध्यक्षद्वयले सबै सदस्यको धारणा समेटिने गरी राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्ने गरी पुनर्लेखन हुने प्रतिबद्धता जनाएका छन् । यससँगै सरकार र पार्टी सञ्चालनका क्रममा देखिएका कमजोरीका पाटोहरू पनि प्रतिवेदनमा लेखिनेछ । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति तत्परता देखाउँदै आए पनि केही विवादास्पत नियुक्तिको सन्दर्भमा भएको कमजोरीलाई आत्मसात् गरेका छन् । दूरसञ्चार प्राधिकरणबाट दिगम्बर झालाई राजीनामा गराएर पार्टीको नेतृत्वमा देशभर भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्नुपर्ने माग गर्दै ४३ केन्द्रीय सदस्यहरूले बुझाएको ज्ञापनपत्रपछि उनले राजीनामा गरेका छन् । पार्टी विधानअनुसार बैठकमा बस्न भएको ढिलाइ, पार्टी एकतामा भएको ढिलाइ, सरकार सञ्चालनमा देखिएका कमजोरीलाई आत्मसात् गर्ने मात्र होइन, राजनीतिक प्रतिवेदन पनि परिमार्जनसहित पारित गर्न नेतृत्व तयार भएपछि नेकपा पंक्तिमा आशाको सञ्चार गरेको छ । पार्टी एकताबद्ध भएर पुर्नजागृत हुँदै सरकारलाई सफल पार्ने दिशामा परिचालित हुने विश्वास लिइएको छ ।
बैठकमा पार्टी नेतृत्वको धेरै आलोचना हुनुमा विधि, प्रक्रिया र पद्धतिमाथि उठेका प्रश्न र एकताको ढिलाइ थियो । त्यस विषयलाई नेताहरूले गहिराइका साथ आत्मसात् मात्र गरेनन्, आफ्ना तर्फबाट भएका कमजोरीहरूप्रति प्रत्यक्ष–अप्रत्यक्ष आत्मालोचित पनि बने । खासगरी युनिर्भसल पिस फेडेरेसनको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारका तर्फबाट र पार्टीका केही शीर्ष नेताबाट जुन स्तरबाट सहभागिता देखाए, त्यो आवश्यकताभन्दा बढी मात्र होइन, आमजनताले स्वीकार नगरेकाले केही कमजोरी रहेको निष्कर्षमा स्वयं नेताहरू पुगे । अध्यक्ष प्रचण्ड स्वयंले बैठकमा भएको छलफलको स्तरले आफूले उन्नतस्तरको विश्वविद्यालयबाट धेरै कुरा सिक्न पाएको प्रतिक्रिया व्यक्त गरे ।
पार्टी एकताको बाँकी काम निश्चित विधि, प्रक्रिया र मापदण्डका आधारमा छिटो सम्पन्न गर्न नौ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, वर्षमान पुन, शंकर पोखरेल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल रहेका छन् । शीर्ष नेताहरूको सहमतिमा कार्यदलको कार्यविधिबारे वरिष्ठ नेता नेपालले बैठकमा सविस्तार व्याख्या गरेका थिए ।
स्थायी समितिमा उठेको मतलाई समेत मध्यनजर गर्दै अध्यक्ष ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालनिकट तीन÷तीनजना नेताहरू कार्यदलमा समेटिएका छन् । उनीहरूलाई पार्टी विधानमा सुधार गर्नुपर्ने विषयदेखि केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पार्टी एकताका बाँकी सबै काम टुंग्याउने गरी खाका तयार पार्ने जिम्मेवारी दिइएको छ । कम्तीमा महिनाको एकपटक स्थायी समिति बैठक बस्नेगरी विधानमा सामान्य हेरफेर गर्नुपर्ने विषय बैठकमा उठेको छ । प्रदेश कमिटी गठन गर्दा मिचिएको मापदण्डको पुनर्विचार गर्नेदेखि जिल्लाका पदाधिकारी र जनसंगठनको नेतृत्व चयनसम्बन्धी विधि, प्रक्रिया र मापदण्डका आधारमा प्रस्ताव तयार पार्ने कार्यदेश कार्यदललाई दिइएको छ । त्यस्तै, केन्द्रीय सदस्यहरूको कार्यविभाजनका सन्दर्भमा केन्द्रीय विभागहरूको जिम्मेवारी बाँडफाँट, इन्चार्ज, सहइन्चार्जहरूको सूची तयार पार्ने, पोलिटब्युरो सदस्यको प्रस्ताव तयार पार्नेसम्मको शक्तिशाली म्याण्डेट कार्यदललाई दिइएको छ । अध्यक्ष ओली र प्रचण्डले २५ पुसभित्रै एकीकरण र कार्यविभाजनसम्बन्धी खाका तयार पार्न सोमबार कार्यदल सदस्यहरूलाई बोलाएर निर्देशन दिएका छन् । मसान्तसम्म उक्त खाकालाई सचिवालय र स्थायी समितिबाट पारित गरेपछि केन्द्रीय कमिटी बोलाउने नेकपाको तयारी छ । केन्द्रीय कमिटीबाट देशव्यापी प्रशिक्षण, भेला र आमसभा आयोजना गर्नेगरी देशव्यापी एकताको सन्देश महाअभियान सञ्चालन गर्ने, संगठनात्मक क्षेत्रमा देखिएको अहिलेसम्मको गतिशून्यताको अवस्था चिर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने सरकारको अभियानलाई साथ दिन पार्टी पंक्तिपरिचालित गर्ने नेकपाको तयारी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद

ShareTweet काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा